भर्खरै :

नेपालमा रेलमार्ग परियोजनाले चीन र भारतलाई व्यापार सम्बन्धमा नजिक ल्याउनेछ

हु विजिय
चिनियाँ प्रधानमन्त्री ली खस्याङको आमन्त्रणमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओली म·लबारदेखि आइतबारसम्म चीनको औपचारिक भ्रमणमा छन् । ओलीको भ्रमणको क्रममा चीनको दक्षिणपश्चिमी तिब्बती स्वशासित क्षेत्रको केरुङदेखि नेपालको राजधानी काठमाण्डौसम्म रेलमार्ग जोड्ने जस्ता भौतिक पूर्वाधार निर्माण परियोजनामा सहकार्य गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
चीनले सन् २०१४ मा सिगात्सेसम्म रेलमार्ग सञ्जाल बिस्तार गरिसकेको छ । बेइजिङले चीन र नेपालको सिमाना केरुङसम्म सो रेलमार्गको थप बिस्तार गर्न काम गरिरहेको छ । त्यो परियोजना आगामी सन् २०२० सम्ममा पुरा गर्ने लक्ष्य राखिएको छ । केरुङ र काठमाण्डौसम्मको रेलमार्ग सम्बन्ध जोड्न सके दुई देशबीच एकीकृत रेलमार्ग सञ्जाल स्थापना गर्न सक्नेछ ।
नेपालको नयाँ सरकाले यो योजनाप्रति सकारात्मक धारणा राख्दै आएको छ । म·लबार ग्लोबल टाइम्सस“ग कुरा गर्दै ओलीले चीनस“ग नेपालको सहकार्यको पहिलो प्राथमिकता रेलमार्ग परियोजना नै हुने बताएका थिए । ‘हाम्रा दुई देशहरू अन्तरसीमा रेलमार्ग सम्बन्ध स्थापनाको लागि गम्भीरतापूर्वक काम गरिरहेको छ ।’
सबै कुरा सोचेजस्तो अघि बढे एकीकृत रेलमार्ग सञ्जाल वास्तविकतामा परिणत गर्न लामो समय लाग्नेछैन । दक्षिण एसियामा व्यापार, कनेक्टिभिटी(सम्बन्ध) र आर्थिक एकताको लागि यो रेलमार्ग कोशेढ·ा सावित हुनेछ ।
चीन र भारतको बीचमा रहेको नेपाल अन्तर्राष्ट्रिय व्यापारमा लामो समयदेखि भारत निर्भर रह्यो किनभने हिमाली देश नेपालको समुद्र जोड्न कुनै बाटो छैन । चीन र नेपाल यदि रेलमार्गबाट जोडिए द्वीपक्षीय व्यापार बढ्नेछ । नयाँ दिल्लीको प्रभावलाई कम गर्ने अवसर पनि नेपाललाई प्राप्त हुनेछ । रेलमार्गप्रति भारतको चासो हुनु स्वाभाविक हो तर यो परियोजना भारतलगायत कुनै तेस्रो देशप्रति रणनीतिक रुपमा लक्षित हुनेछैन ।
चीन, नेपाल र भारतबीच एउटा एकीकृत रेलमार्ग सञ्जाल निर्माण गर्ने चाहना पुरा गर्न यो रेलमार्ग पहिलो कदम मात्र हुनेछ । यदि यी तीन देशहरू मालबाहक रेलहरूबाट जोडिए भारतले चीनमा कृषिजन्य उत्पादनजस्ता बस्तुको निर्यातमा वृद्धि गर्न सक्नेछ । मालबाहक रेल समुद्री जहाजभन्दा चा“डो र हवाई यातायातभन्दा सस्तो हुनेछ ।
भारत र नेपालबीच स्थलमार्ग सम्बन्ध छ । तर अन्तर्राष्ट्रिय व्यापारको लागि त्यो स्थलमार्ग अपुग छ । यदि भारतले नेपाली शहरहरूमा रेलमार्ग सञ्जाल बिस्तार गर्न चाहे चीनले सहयोग गर्न कन्जुस्याइँ गर्नेछैन ।
चीन, भारत र नेपालबीचको एकीकृत रेलमार्ग सञ्जाल तीन देश जोड्ने अन्तर हिमालय आर्थिक क्षेत्रको लागि प्रमुख आधार बन्नेछ । चीनस“ग नेपालको बढ्दो सहकार्यबाट आत्तिनुभन्दा नयाँ दिल्लीको लागि त्रिदेशीय आर्थिक क्षेत्रलाई अझ नजिकको सहकार्यका साथ अघि बढाउने उत्तम विकल्प हुनसक्छ ।
लेखक ग्लोबल टाइम्सका संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *