अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
यु निन
संरा अमेरिका र मेक्सिको सिमाना नाघेर आउने मानिसहरूस“गै ल्याइएका बालबालिकालाई आफ्ना अभिभावकबाट अलग राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी कानुनले विभिन्न सङ्घ–संस्था र उच्च ओहदाका मानिसलाई आक्रोशित बनाएको छ । तथापि गएको सोमबारसम्म पनि ट्रम्प ‘संरा अमेरिका कुनै आप्रवासी शिविर बन्न नसक्ने र शरणार्थीलाई पाल्ने ठाउँ बन्न नसक्ने’ बताइरहेका थिए ।
ट्रम्पले आफ्नो निर्णयको बचाऊ जसरी गरे पनि सिमाना नाघेर पाउने बालबालिकालाई आफ्ना अभिभावकबाट अलग बनाउनु अन्धराष्ट्रवादी अभ्यास हो । ट्रम्पले अप्रवासी नीतिलाई अन्धराष्ट्रवादी आ“खाले हेरेका छन् । उनको विचारमा विगतका अप्रवासी नीतिहरूले न्यून ज्यालादारी रोजगारीमा प्रतिस्पर्धा बढाएको छ । संरा अमेरिकाको राष्ट्रभाषा अङ्ग्रेजीमाथि खतरा बढायो । सामाजिक सेवामा सरकारी खर्च बढायो । अपराध र आतड्ढवादको खतरालाई बढायो । त्यसकारण संरा अमेरिकाको दक्षिणी सिमानाबाट भइरहेको अनियन्त्रित बसाईसराई र मध्यपूर्वबाट आइरहेका शरणार्थीहरूको बाढीलाई रोक्नुपर्दछ । यसअघि उनले संरा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउने कुरा ल्याएका थिए । साथै सात वटा मुसलमान देशहरूका मानिसलाई संरा अमेरिकामा आउन रोक्ने कानुनमा हस्ताक्षर गरेका थिए ।
अमेरिका प्रथमको सिद्धान्तमा आधारित भएर राष्ट्रपति ट्रम्पले ल्याएका आर्थिक र वैदेशिक नीति पनि अन्धराष्ट्रवादी छन् । आर्थिक रुपमा उनले संरा अमेरिकामा रोजगारीको रक्षाको वकालत गरेका छन्, स्वतन्त्र व्यापारको विरोध गरेका छन् । अरु देशहरूले संरा अमेरिकास“ग असमान व्यापार गरिरहेको आरोप लगाउ“दै हिंडिरहेका छन्–ट्रम्प महोदय । कूटनीतिक रुपमा उनले पेरिस जलवायु परिवर्तन सम्झौताबाट हात झिकेका छन् । ट्रम्पले संरा अमेरिका नेतृत्वमा रहेका देशहरूस“ग पनि आफूले दिंदै आएको सैनिक सुरक्षा वापत पैसा दिनुपर्ने माग गरिरहेका छन् ।
संसारको एक मात्र महाशक्तिमा अन्धराष्ट्रवादी ज्वरो बढ्नु खतराको सड्ढेत हो । अन्धराष्ट्रवाद विश्वव्यापीकरणको लागि चुनौती हो । अन्धराष्ट्रवाद र संरक्षणवादको बिस्तारले विश्वव्यापीकरणको प्रक्रियालाई अवरुद्ध बनाउने गर्दछ । आजको विश्व बन्दोबस्तलाई भत्ताभु· बनाउनेछ । विगतमा संरा अमेरिकाले प्रायशः चीनलगायत केही देशलाई आर्थिक राष्ट्रवादी भएको भन्दै औंला तेर्साइने गरेको थियो । तर आज वास्तविकता सतहमा आएको छ । यथार्थमा ट्रम्पको क्रुर अन्धराष्ट्रवाद सबैभन्दा ठूलो खतरा बनिरहेको छ । संरा अमेरिका विद्यमान सैनिक र आर्थिक शक्ति सहित अन्धराष्ट्रवादको उच्चतातिर गएको अवस्थामा त्यसले निकै दुःखदायी परिणाम निम्त्याउनेछ । यस्तो अवस्थाले अधिनायकवादी शासनको उदय गराउनेछ ।
आजको अवस्थामा संरा अमेरिका संसारमै अस्थिरता निम्त्याउने सबभन्दा ठूलो कारण हो भन्दा अतिश्योक्तिपूर्ण नहोला । उसैको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा दखल पुगिरहेको छ । विश्वव्यापिकरणको प्रक्रियामा अनिश्चयको बादल मडारिरहेको छ । तर के संरा अमेरिकाले भोगिरहेका समस्या ट्रम्पको अन्धराष्ट्रवादी नीतिले समाधान गर्न सक्ला ? ट्रम्पको अन्धराष्ट्रवादले संरा अमेरिकालाई अन्ततः कहाँ पु¥याउने हो, त्यो त हेर्न बा“की नै छ ।
यस्तो अवस्थामा चीन सौम्य बन्नुपर्दछ । बदलिंदो परिस्थितिमा समाहित बन्नुपर्दछ र संरा अमेरिकास“ग नयाँ तरिकाबाट व्यवहार गर्नुपर्दछ ।
ग्लोबल टाइम्स
Leave a Reply