भर्खरै :

तःमुंज्या भाषा, कला, संस्कृति र राजनीतिक बहस गर्ने थलो

तःमुंज्या भाषा, कला, संस्कृति र राजनीतिक बहस गर्ने थलो

भक्तपुर, २७ असोज । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११४७ एवं छठ पर्वको अवसरमा सोमबार डकर्मीहरूबिच शुभकामना आदानप्रदान भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपालभाषा साहित्य तःमुंज्याका संयोजक उकेश कवांले चाडपर्वमा डकर्मीहरूले विशेष गरी खानपिनमा ध्यान दिएर रचनात्मक कार्यहरू गरी आफ्नो टोल, समाज र देशको निम्ति योग्य व्यक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालभाषा साहित्य तःमुंज्याको सुरुआत र त्यसले समाजमा पारेको प्रभावबारे प्रकाश पार्दै साहित्यले समाजमा भएका विकृति, विसङ्गगति, अन्याय अत्याचारबारे जनचेतना फैलाउने तथा भाषा, कला, संस्कृति र राजनीतिक बहस गर्ने थलोको रूपमा विकास भइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरुले डकर्मीहरूलाई एकत्रिट गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्गठित शक्तिले शोषक र सामन्तहरू पनि झुक्ने विचार व्यक्त गर्नुभयो ।
नेक्राडकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश दुमरुको सभापतित्वमा भएको सो कार्यक्रममा कृष्णप्रसाद गोर्खालीले स्वागत मन्तव्य दिनुभयो ।
कार्यक्रममा सूर्यनारायणले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *