“गाजाका चिहान खन्नेहरू” – १
- आश्विन २६, २०८३
नयाँदिल्ली, १३ अक्टोबर (एएफपी) । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।
दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ । प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।
सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्कय सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताउनुभएको छ ।
दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो । दशकौँदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाड्नुभएको थियो ।
प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो
भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।
जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दसौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । आयोगले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
छत्तिस वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाउनुभएको छ । उहाँहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकाहरूलाई कहाँ लगिएको छ भन्ने जानकारी सङ्कलन गर्छ । त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ ।
विद्यार्थी नेतृ नेहा बोहराजस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उहाँ चर्चामा आउनुभएको छ । २९ वर्षीया बोहरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल हुनुभएको थियो । पछि उहाँले आफूजस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोगमात्र भएको, रणनीति नभएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।
केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा परेपछि बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट उम्कने प्रयास गरेका थिए । पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डोसमेत लगाएका छन् । बलिउड अभिनेत्री रिचा चढ्ढाले पनि प्रदर्शनकारीको सहमतिबिना तस्बिर खिचिने गरेको उल्लेख गर्दै अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिनुभएको थियो ।
प्रहरीको कडा निगरानी र धरपकडबिच भारतीय युवा प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् ।
Leave a Reply