भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
- आश्विन २७, २०८३
भक्तपुर, २७ असोज । छालिङ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शुभकामना आदानप्रदान, चियापान तथा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्लाका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चाडपर्वमा भोजभतेर गर्दा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर भोजन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रायः नेपालीलाई चिनी रोग, ब्लड प्रेसर, ग्यास्ट्रिक, थाइराइड, मुटु रोग, मृगौला रोग लाग्ने हुँदा सबै सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले शिक्षित र सचेत मानिसहरू गाउँ–ठाउँका समस्याहरू बुझी समाधान गर्नेतर्फ लाग्नुपर्ने र एक अर्कालाई सहयोग गर्ने भावना जागृत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले महँगी बिचौलिया, कालाबजारिया, घुसखोरी तथा भ्रष्टाचारीहरूलाई नियन्त्रण गर्न नसकेको बताउनुभयो ।
ख्वप अस्पतालका नर्सिङ इन्चार्ज सुजना बासुकलाले बालबालिका तथा अन्य व्यक्तिहरूलाई दिइने तथा खाने पोषणसम्बन्धी र फरक–फरक रोग भएका बिरामीहरूले खाने पोषणबारे प्रशिक्षण दिनुभयो ।
छालिङ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सानुमाया लागेजुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा केन्द्रका परिचालिका जीना चाकतु र गणेश माविका प्रअ इन्द्रबहादुर फोजूले देश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीलाई विजया दशमी र शुभ दीपावलीको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
यसैबिच नेपाल मजदुर किसान पार्टी, चानपा –६ नगरकोटको आयोजनामा प्रशिक्षण, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा, चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गरी चाडपर्व मनाउनुपर्ने, अरुको देखासिकी गरी अनावश्यक खर्च गर्ने नहुने, मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अतिथि फोजुले वर्तमान सरकारले मा.वि. प्रथम र मावि द्वितीय श्रेणीका शिक्षकहरूलाई ५० लाखसम्मका चारपाङ्ग्रे सवारी साधन खरीद गर्न सहुलियत दरमा ऋण दिने, मा.वि. तृतीय, निमावि, प्राथमिक तहका शिक्षकलाई रु. ४ लाखसम्म दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण दिने नीति बनाउनु, स्थायी शिक्षकहरूलाई मात्र प्रोत्साहन भत्ता दिने र अस्थायी, करार, अनुदान, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई प्रोत्साहन भत्ता नदिने नीति बनाउनु, १८ जनाको मन्त्रिमण्डलमा १४२ जना स्वकीय सचिव नियुक्ति गरी राज्यको ढुकुटीमा रजाइँ गर्नु सुशासन होइन, कुशासन हो भन्नुभयो ।
नेमकिपा, चानपा – ६ का अध्यक्ष कुमार तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समितिका पूर्वअध्यक्ष शङ्खबहादुर थिङ र सचिव सरोज तामाङले पनि चाँगुनारायण नगरपालिका तथा वडाले विकासमा पक्षपात गर्ने गरेको र विकास कार्यमा व्यापक भ्रष्टाचार हुने गरेको बताउनुभयो ।
Leave a Reply