भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
- आश्विन २७, २०८३
भक्तपुर, २७ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगरपालिका–४ बोलाछेँ एकाइ समितिको आयोजनामा विजयादशमी, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा मङ्गलबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले समाजमा रहेका विकृति र विसङ्गति नियन्त्रण गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो । नयाँ पुस्तालाई असल संस्कार, साहित्य र संस्कृतिबारे सिकाउँदै पुर्खाले सिर्जेका कला तथा संस्कृतिको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वस्थ जीवनका लागि खानपान, व्यायाम र सरसफाइमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र सुवालले बढ्दो महँगी नियन्त्रण, बन्द उद्योग–कलकारखाना सञ्चालन र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । दसैँ–तिहारलाई रचनात्मक गतिविधिमा उपयोग गर्न सके आदर्श समाज निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
स्थानीय हरिसुन्दर सुवालले सांस्कृतिक स्तर उकास्न आफ्नो ज्ञान समाजको हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो । पूर्वजनप्रतिनिधि राजेन्द्र माकले मादक पदार्थ सेवन र मोबाइल तथा सामाजिक सञ्जालको लतप्रति सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिकी सचिव मञ्जु लाखा र सदस्य रञ्जना सुवालले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक गतिविधिमा महिलाको सक्रिय सहभागिताको महत्वबारे चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको वडा नं. ४ समितिकी उपाध्यक्ष एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ, बोलाछेँ समितिकी अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक समितिकी सचिव रामलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा दुमलाचा सांस्कृतिक परिवारको ‘न्हुँगु वासिङ मेसिन’ ख्याल, साइनिङ एकेडेमीको मगर नृत्य, बाँसुरीबाट मालश्री धुन, कुथुछेँ समाज तँचाको फाकंदली प्याखँ तथा जनसेवा आधारभूत विद्यालय र ब्राइट स्टार ई. स्कूलका विद्यार्थीहरूको नृत्य प्रस्तुत गरिएको थियो ।
Leave a Reply