भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
- आश्विन २७, २०८३
भक्तपुर, २७ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका खाद्य पसलहरूमा बजार अनुगमन भयो ।
अनुगमनमा पूर्ण ट्रेडर्सले भक्तपुर नगरपालिकामा किराना पसलमा दर्ता गरेको पाइएकोले पूर्ण ट्रेडर्स पनि दर्ता गर्न र पसल नवीकरण नभएकोले नवीकरण गर्न टोलीले निर्देशन दियो ।
जे.एन्ड जे. किराना पसल नवीकरण गर्न, सरसफाइमा ध्यान दिन, सामान व्यवस्थित तरिकाले राख्न र पेटीमा नराख्न, म्याद नाघेकोको र बिग्रेको सामान छुट्टै छुट्याएर राख्न निर्देशन दिइयो ।
मेरो श्रेष्ठ किराना पसल र कक्षपति किराना स्टोरमा पनि निरीक्षण गरियो । केही पसलबाट म्याद नाघेका सामानहरू नष्ट गरियो ।
त्यस्तै विनायक फुड स्टोर ‘ख’ श्रेणीमा दर्ता भइराखेकोले ‘क’ श्रेणीमा अपग्रेड गर्न निर्देशन दिइयो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका राजन लिवी, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य सङ्घका वैकुण्ठ मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुलाको सहभागिता थियो ।
Leave a Reply