महिलाका अधिकारसम्बन्धी कानुन र यसको व्यावहारिक कार्यान्वयन : कानुनमा समानता, व्यवहारमा विभेद
- आश्विन २८, २०८३
(वर्तमान परिप्रेक्ष्यमा ‘बौद्धिक व्यक्तित्वहरूको भूमिका’ बारे मङ्गलबार आयोजित भेलामा स्रस्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले व्यक्त गर्नुभएको मन्तव्य – सं.)
आज हामी बुद्धिजीवीहरूको भूमिकाबारे विचार विमर्श गरिरहेका छौँ । यस कार्यक्रममा केही कुरा राख्ने अवसर दिनुभएकोमा सर्वप्रथम आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
बुद्धिजीवीको परिभाषा, अर्थबारे फरक–फरक दृष्टिकोण देखिन्छ । मलाई लाग्छ, प्रत्येक मानिस बुद्धिजीवी हो । बुद्धि नभएको मानिस संसारमा कतै हुँदैन । बुद्धिको मात्रा वा परिमाण फरक होला, परन्तु बुद्धिहीन असल वा खराब मानिस हुँदैन । मानिसमात्र होइन पशुपन्छीलगायत सबै प्राणीमा आ–आफ्नै प्रकारको बुद्धि हुन्छ । जसरी प्रत्येक मानिसमा तापक्रम विद्यमान हुन्छ तर सधैँ ज्वरो आयो भनिँदैन । निश्चित मात्राभन्दा बढी तापक्रम भयो भनेमात्र ज्वरो आयो भनिन्छ । तर, लासमा ताप हुँदैन, चिसो हुन्छ ।
बुद्धिलाई अथ्र्याउँदा शैक्षिक प्रमाणपत्रलाई मात्र आधार बनाउनु बुद्धिको गलत परिभाषा हो । बुद्धि कसैले पढेर आर्जन गर्छ त कसैले परेर वा अनुभवले । यहाँनिर एउटा किस्सा उल्लेख गर्दा सान्दर्भिक हुनेछ– कुनै मानिसलाई जहिले पनि टाउको दुख्थ्यो । धेरै डाक्टर देखाए, थरीथरीका औषधि पनि खाए । तर, निको भएन । एक दिन त्यो मानिस कमिज सिलाउन सूचिकार कहाँ पुग्छ र नाप दिन्छ । त्यसक्रममा उसले सूचिकारलाई कमिजको कलर (गला) घाँटीमा टम्म हुने गरी सिउन भन्छ । तब सूचिकारले भन्छ– घाँटी टम्म वा कस्सिएको लगाउँदा टाउको दुख्न सक्छ । त्यो मानिसले कलर अलि खुकुलो बनाई लगाउन थालेपछि टाउकोको दुखाइ आफै निको भयो । यहाँ डाक्टर पढेका बुद्धिजीवी भए, सूचिकार परेर वा अनुभवले बुद्धिजीवी भएको देखिन्छ । यस्ता किस्सा हामीले प्रशस्त सुनेका र पढेका पनि छौँ । यसको अर्थ डाक्टर मूर्ख वा सूचिकार बुद्धिमान भन्न खोजेको होइन, भनाइको तात्पर्य बुद्धिमात्र भएर हुँदैन ज्ञान पनि हुनुपर्छ । नढाँटी भन्ने हो भने ज्ञानबिनाको बुद्धि सहकारीमा करोडौँको बचत भएर पनि उपचार गर्न नपाई मृत्युवरण गर्नुपर्नेको सम्पत्ति वा धनजस्तै हो । त्यसैले बुद्धिका साथै ज्ञान पनि भएका नै साँचो अर्थमा बुद्धिजीवी हो । मलाई लाग्छ, शिक्षाले बुद्धि र बुद्धिले निःसन्देह चेतना दिन्छ, अनि ज्ञानले सही–गलत, उचित–अनुचितको शिक्षा दिन्छ । चेतनाले मानिसलाई फाइदा हुने र बेफाइदा हुने कुरा सिकाउँछ भने ज्ञानले ठीक–बेठीकको निक्र्योल गर्दछ । त्यसैले, हाम्रो समाजलाई प्राणी जगतको सर्वश्रेष्ठ मानिएको मानिसमा ज्ञानसहितको बुद्धिको आवश्यकता छ । त्यस्ता बुद्धिजीवीले मात्र सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पु¥याउन सक्छन् । आजको सन्दर्भमा पनि यिनैहरूले आफ्नो भूमिका सर्वोत्कृष्ट ढङ्गले निर्वाह गर्न सक्छन् जस्तो लाग्छ ।
हरेक युग र समाजका बुद्धिजीवीहरूको भूमिका र योगदानले नै हामी आजको अवस्थामा आइपुगेका हौँ । यदि ऐतिहासिक कालदेखिका बुद्धिजीवीहरूले आफू र परिवारकेन्द्रित भएको भए, बलेको मुढोमात्र तापेको भए, शासकहरूको हरेक हुकुमलाई आँखा चिम्लेर शिरोधार्य गरेको भए पृथ्वी आज पनि चेप्टो नै हुन्थ्यो, सूर्यले पृथ्वीलाई घुमिरहेकै हुन्थ्यो, स्पार्टाकसहरू जन्मिने नै थिएनन्, कम्युनिस्टहरूले घोषणापत्र छापिने पनि थिएनन्, सर्वहारावर्गको राज्यको त कल्पना पनि हुने थिएन । भनाइको तात्पर्य शक्तिको अगाडि विचार सधैँ र सबैले त्वं शरणम् गरेनन् । त्यसैले परिवर्तन, विकास र प्रगति सम्भव भयो । त्वं शरणम् गर्नेहरू हराउँदै गए वा इतिहासमा कुख्यात भए तर साँचा बुद्धिजीवीहरूले आफ्नो भूमिका, दायित्व र कर्तव्यलाई उत्कृष्ट ढङ्गले निर्वाह गरे ।
गत वर्षको जेन–जेड आन्दोलन र विध्वंशपछि देश अगाडि बढिरहेको छ कि पछाडि धकेलिरहेको छ ? यसतर्फ प्रत्येक इमानदार बुद्धिजीवीले आफ्नो दिव्यचक्षु उघार्न ढीलो गर्न नहुने देखिन्छ । विगतका शासकवर्गले जस्तै एक थोक भन्ने र अर्को थोक गर्ने प्रवृत्ति र संस्कारलाई बहुमतको आडमा वर्तमान शासक दलले हाकाहाकी पुनरावृत्ति गरिरहेको सर्वत्र दृष्टिगोचर भइरहेको छ । मध्यमवर्गको पक्षपाती वर्तमान शासक दलले नयाँको ढ्वाङ फुकेर विद्यमान कतिपय क्षेत्रका बन्दोबस्त र संरचनालाई नियोजित रूपमा बिनाविकल्प खलबल्याउन थालेको छ । वर्तमान सरकारका कतिपय कार्यशैलीले देशको अस्तित्वलाई नै आघात पु¥याउने दुष्प्रयास गरिरहेको विपक्षीको आरोपमात्र होइन व्यवहारमा पनि देखिन थालेको छ । रास्वपाका प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट नेपालले भारतको भूमि मिचेको जस्तो राष्ट्रघाती अभिव्यक्ति दिएपछि सुस्ता क्षेत्रमा भारतीयहरूले थप बलमिचाइ र हेप्न थालेको छ । नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र भारतीय पक्षबाट गतिविधि तथा तटबन्ध निर्माणमा अवरोध पु¥याउनेजस्ता घटनाहरू भएका छन् ।
बहुमतको सरकारका गलत कामबारे राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत पुष्टि हुन थालेको छ । ग्रेजोनको रिपोर्टले यस्तै भनिरहेको छ ।
आफ्नालाई काखी च्याप्ने र पोस्ने सिंहदरबारमा जाने र बस्नेहरूको परम्परा हो । त्यसलाई निरन्तरता दिन ‘नयाँ’ को आवरणमा शासकवर्ग खप्पिस देखिएको छ । हिजोका लम्पसारवादीहरूको चरित्र र प्रवृत्तिलाई आजकाले फरक ढङ्गमा दोहो¥याइरहेका छन् । यो खतरनाक कुरा हो । अझ ठुलो खतरा देशलाई कमजोर र पङ्गु बनाई देशकै सार्वभौमसत्ता र स्वतन्त्रतालाई च्याखेमा थाप्ने अपराध मिहीन ढङ्गमा हुन थालेको आभास र आशङ्का सर्वत्र गर्न थालिएको छ । यस्तो अवस्थामा बुद्धिजीवीहरूको काँधमा आपूmलाई साँचो बुद्धिजीवी प्रमाणित गर्ने ठुलो जिम्मेवारी आएको छ । समयले भनिरहेको छ – उठ, जाग बुद्धिजीवीहरू ! समय घड्के पछुताउने बाहेक कुनै विकल्प रहने छैन ।
बुद्धिजीवी कुनै देशका हुँदैनन्, विश्वका जिम्मेवार नागरिक हुन्छन् । विश्वका धेरै देशमा संरा अमेरिकाले आतङ्कपूर्ण ज्यादति गरिरहेको छ । प्यालेस्टिन र गाजा, भेनेजुयला, इरान आदि ठाउँमा अमेरिकाले गरिरहेको काम अपराध हो । इतिहास खोतल्ने हो भने अल्याख आतङ्कवादी घटना भेटिन्छ । त्यसको विरोध र प्रतिकार गर्नु प्रत्येक बुद्धिजीवीको नैतिक दायित्व र कर्तव्य हो । हाम्रो विरोध र प्रतिकारले आतङ्कपीडित जनताको आत्मबल बढ्छ । भोलि आपूmलाई पर्दा साथ र सहयोग पाइन्छ ।
यस्तो विषम परिस्थितिमा पनि केही बुद्धिजीवी भनाउँदाहरू कोही हाहुमा र कोही लहैलहैमा निहीत स्वार्थको लागि आफ्नो ज्ञानबिनाको बुद्धि खर्चिरहेका छन् । तर, कतिपय बुद्धिजीवीहरू ज्ञानसहितको आफ्नो बुद्धिलाई देशको हित, जनताको कल्याणका साथै समाजलाई सभ्य र सुसंस्कृत बनाउन हरप्रकारका बाधा–अवरोधको सामना गर्दै, पन्छाउँदै आफ्नो भूमिका र दायित्व निर्वाह गरिरहेका छन् । त्यसको सिको र अनुसरण गर्दै हामी सबैले आ–आफ्नो क्षेत्रबाट होस्टेमा हैँसे गर्न सकौँ – यही आजको आवश्यकता हो ।
Leave a Reply