भर्खरै :

नेपालको गुप्तचर संस्था र गत वर्ष भदौको उपद्रव

नेपालको गुप्तचर संस्था र गत वर्ष भदौको उपद्रव

देशविरुद्धको गतिविधि गर्नेहरूलाई निगरानी गराउन राज्य संयन्त्रद्वारा गुप्तचर संस्थाहरू पनि बन्दोबस्त गरिएका हुन्छन् । नेपालमा वि.सं. २००८ सालमा नेपाल प्रहरी मातहत राष्ट्रिय अनुसन्धान विभाग खडा गरिएको थियो । वि.सं. २०४२ सालमा ‘नेपाल विशेष ऐन २०४२’ अनुसार नेपाल जनसम्पर्क कार्यालय नामकरण गरियो । यो जनसम्पर्क कार्यालयले तत्कालीन पञ्चायती सरकारविरुद्ध गतिविधिको जासुसी गर्न, आन्तरिक गुप्तचरी गर्न र देशविरुद्धको गतिविधि नियन्त्रण गर्न प्रतिजासुसी वा बाह्य गुप्तचरी पनि ग¥यो ।
पञ्चायती सरकारले देशभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, आवासलगायत माग गर्ने नेता र कार्यकर्ताहरूलाई बहुदल पक्षधर र पञ्चायती व्यवस्थाविरोधी कल्गी लगाएर दमन गर्न आन्तरिक गुप्तचरीलाई जोड दियो । यसो हुनुमा तत्कालीन राजतन्त्र समर्थकहरूको कमजोरी थियो । सरकारसँग काम, माम, शिक्षा, उपचार, आवास माग गर्नु जनताको अधिकार हो । यसलाई पञ्चायती सरकारले वक्रदृष्टि राखेर दमन गरेको गलत थियो । पञ्चायती सरकारको बाह्य गुप्तचरले असल नियत राखी भारत प्रवासमा बसेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, आवासको लागि आवाज उठाएका देशभक्त नेपाली जनताका नेताहरूको हत्या गराउने दुष्प्रयाससमेत गरायो । देश र जनताको हितमा बोल्ने नेता र कार्यकर्तालाई भारत प्रवासमा खेदेको तत्कालीन पञ्चायती सरकार र यसको नेतृत्वको कमजोरी थियो ।
बहुदलीय व्यवस्था पुनः स्थापनायता शासक दलहरूको अन्तरिम सरकारले विसं २०४७ सालमा ‘राष्ट्रिय अनुसन्धान विभाग’ नामकरण ग¥यो । देशविरुद्ध र विदेशी गतिविधि निगरानी गर्ने प्रतिजासुसी संयन्त्रलाई यही तुहाइयो । अहिलेसम्म नेपालमा प्रतिजासुसी एकाइ नबन्दा गत वर्ष भदौ २३ र २४ गते भएको निहत्था जनताको हत्या र देशभरि आगजनीलगायत उपद्रवको छानबिन गर्न समस्या भएको कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । यो विभाग (नेसनल इन्भेस्टिगेसन डिपार्टमेन्ट) लाई जिम्मेवारी र कर्तव्य बहन गराउनेभन्दा पनि शासक दलले आफ्ना कार्यकर्ता भर्ना गर्ने थलो बनाउनमा प्रतिस्पर्धा बढ्यो । चुरोटको बट्टामा तोक लगाएर शासक दलहरूले विभागमा कर्मचारी नियुक्ति बढाएपछि विभागको आन्तरिक र बाह्य जासुसीमा ¥हास आयो । पालैपालो सरकारमा पुगेका शासक दलहरूमध्ये एउटालाई ढाल्ने र अर्कोलाई राख्ने काममा पनि गुप्तचर संस्था संलग्न भएको बाहिरियो । यसैको सिलसिला २०८२ भदौ २३ र २४ गतेको उपद्रवपश्चात् सरकार ढाल्ने र बनाउनेमा नेपाली सेनाको समेत संलग्नता भएको बाहिरियो ।
शासक दलहरू फुटाउने र जुटाउनेमा पनि गुप्तचर संस्था संलग्न भएको सार्वजनिक भयो । कार्की आयोगको प्रतिवेदनमा उल्लेख भयो – “बाह्य जगत्ले नयाँ प्रविधि प्रयोग गरी जनमतलाई प्रभाव पा¥यो ।” यसलाई प्रस्ट रूपमा अथ्र्याउँदा संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले फेसबुक, डिस्कर्ड, रेडिटमार्फत नयाँ पुस्तालाई भड्काएको र गत वर्षको भदौ २३ र २४ गतेको उपद्रव मच्चाउन लगाएको हो । सो प्रतिवेदनमा उल्लेख छ – “पत्रकार र बौद्धिक समूह आदिलाई प्रभावमा पार्न बाह्य जगत् लागिपरेको हुन्छ ।”
प्रतिवेदनमा बाह्य देशले आफ्ना प्रतिस्पर्धी मुलुकलाई निगरानी गरेको पनि उल्लेख छ । यसको घुमाउरो अर्थ संरा अमेरिकी साम्राज्यवादले यतिबेला फ्रान्स, ग्रीस, इटली, स्पेन, जर्मनीलगायत युरोपका देशहरूमा तोडफोड, आगजनी गराइरहेकोलाई पनि अग्रीम सङ्केत गरेको हो । संरा अमेरिकाको सञ्चारमाध्यम ‘दि ग्रेजोन’ ले रास्वपाका पाँच नेताको नाम उल्लेख गरी संरा अमेरिकी गुप्तचर संस्था सीआईएअन्तर्गत संस्थाहरूमार्फत नेपालमा करोडौँ डलर पठाई उपद्रव गराएको सार्वजनिक ग¥यो ।
काठमाडौँ उपत्यकाभित्रका डाँडाहरूमा बनाइएका गुम्बाहरूमा पनि नेपाल सरकारले अनुगमन गर्नुपर्ने कार्की आयोगको प्रतिवेदनको सुझाव हो । गत वर्ष भदौ २३ गते टीओबीका मोटरसाइकल चालकहरूले काठमाडौँमा मच्चाएको उपद्रवले नेपाली भूमि चीनविरुद्ध प्रयोग भएको प्रश्नसमेत उठेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव मच्चाउनेहरूबारे नेपालको गुप्तचर संस्थासँग कुनै ज्ञान नभएको वा नगन्य मात्र ज्ञान भएको पनि प्रतिवेदनमा उल्लेख छ । यो संवेदनशील विषयतर्फ देशभक्त नेपाली जनता सचेत हुनु जरुरी छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको बेला पनि नेपालको गुप्तचर संस्था असफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *