भर्खरै :

के भारतमा ६–८ महिनाअघि नै नेपालमा गत वर्ष भदौको उपद्रवबारे चर्चा चलेको हो ?

के भारतमा ६–८ महिनाअघि नै नेपालमा गत वर्ष भदौको उपद्रवबारे चर्चा चलेको हो ?

गतवर्ष भदौ २३ गते निहत्था जनताको हत्या र भोलिपल्ट भदौ २४ गते देशभरि झैँ आगजनी गराइएका दोषीहरूलाई अझै कारबाही भएको छैन । भदौ २४ गते एमालेका तत्कालीन प्रधानमन्त्री केपी ओली सेनालाई राजीनामा दिएर १२ दिन बेखबर भए । नेपालको संविधानअनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर राजीनामा दिनुपर्ने हो । राष्ट्रपति रामचन्द्र पौडेलले सेनामार्फत पेश भएको तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामा स्वीकृत गरी चौथो दिन भदौ २७ गते नेपालको संविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला काकीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरे र प्रतिनिधिसभा भङ्ग गरी नयाँ निर्वाचन मिति घोषणा गरे । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको उपद्रवबारे छानविन गरी प्रतिवेदन पेश गराउन असोज ५ गते विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा आयोग गठन गरे । यो आयोगको प्रतिवेदनमा आरोपी अपराधीहरूलाई पनि कार्वाही भएको छैन ।
कार्की आयोगले गत फागुन २१ गतेको निर्वाचनपछि प्रतिवेदन पेश ग¥यो । प्रतिवेदनमा नेपाली सेनाको भूमिकाबारे यसरी उल्लेख गरिएको छ– “दोस्रो दिन भदौ २४ गते पनि कफ्र्यु जारी गरिएको थियो । त्यसदिन पनि सेना परिचालन भएन । फलस्वरूप इतिहासमै नभोगेको आगजनी, लुटपाट र तोडफोडका घटनाहरू भए । भदौ २४ गते विध्वंसका घटनाहरूमा सेनाकै संरक्षण रहेको सिंहदरवार परिसर र राष्ट्रपति भवनसमेत आगजनी तोडफोड भइ क्षतिविक्षत हुँदासम्म सेनाको भूमिका करिब निष्कृय जस्तै रह्यो । कष्टकर समयबाट गुज्रिरहेको समयमा सेनाबाट शान्ति सुरक्षा स्थापनामा ठुलो सहयोग पुग्ने जनअपेक्षा थियो । तर, सेनाबाट समयमै सहयोग प्राप्त नहुँदा देशले ठुलो क्षति ब्यहोर्नुप¥यो ।”
राष्ट्रिय सुरक्षा नीति, २०७३ को दफा ३.३.२.१ मा स्थानीय प्रशासनको नियन्त्रणभन्दा बाहिरको परिस्थिति उत्पन्न भएमा आन्तरिक सुरक्षा कायम गर्न सेनाले सहयोग गर्ने भन्ने उल्लेख छ । स्थानीय प्रशासन ऐनको दफा ६ (२) मा दङ्गाग्रस्त क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापना गर्न नसक्ने भएमा ‘सेनाको सहयोग लिनसक्ने’ बन्दोवस्त छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालय र जिल्ला परिसर प्रभागहरूले भदौ २३ र २४ गतेको असामान्य स्थिति नियन्त्रण गर्न सेनाको सहयोग माग गरे बमोजिम नपाएको कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ ।
त्यस सङ्कटको बेला प्रशासन र प्रहरीका अधिकारीहरूले माग गरेबमोजिम सेनाबाट सहयोग नपाएको उल्लेख गरेको पनि कार्की आयोगको प्रतिवेदनले बोलेको छ । यसकारण, कार्की आयोगको प्रतिवेदनमा थप उल्लेख भयो, “भदौ २४ गतेको घटनामा सेनाले महत्वपूर्ण स्थानलगायत अन्य सरकारी संरचनाहरूको सुरक्षा गर्न नसकेको देखिन्छ ।”
सशस्त्र प्रहरी ऐन, २०५८ संशोधन २०७४ को दफा ८ मा “…नेपाली सेना सञ्चालन भएको अवस्थामा सम्बन्धित ठाउँको सशस्त्र प्रहरी समेत नेपाली सेनाको मातहतमा रहने बन्दोवस्त छ ।
यसरी आन्तरिक शान्ति सुरक्षामा पनि सेना नै निर्णायक भएको देखिन्छ । तर, भदौ २३ गते सिंहदरवारबाट अपराह्न १२ बजे सङ्घीय संसद् भवन बानेश्वरमा शान्ति सुरक्षा कायम गर्न गाडीमा बसेको सेना अवरोध छिचोल्न नसक्दा नेपाल प्रहरीको सुरक्षामा अपराह्न ३ बजेमात्र पुगेको यथार्थ पनि कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यतिबेला बानेश्वरमा गोली हानाहान र सङ्घीय संसद् भवनको पर्खाल र ढोका तोडफोड भइसकेका थिए । सेनालाई अवरोध छिचोल्न नसक्ने गरी ढिलो हुन कसले नियन्त्रण ग¥यो ? यो प्रश्नको जवाफ एक दिन आउने नै छ ।
राष्ट्रिय अनुसन्धान विभागमा भएका २२ हजार बढी कर्मचारीको उपयोग खास नभएको लामो समयदेखि चर्चा थियो । तत्कालीन सरकारले बाह्य गुप्तचरीबाट कुनै सूचना प्राप्त गर्न सकेन । नेपालमा भारतको प्रतिगुप्तचरीको बन्दोवस्त भएको सरकारको दाबी पनि प्रभावकारी भएन । भारतको निम्ति नेपालको तत्कालीन राजदूत शङ्कर शर्माले खुलासा गरे– “६/८ महिनादेखि नेपालमा सरकार ढल्दै छ भन्ने कुराहरू भारतमा आएको र चाखपूर्वक हेरिएको थियो । भारतका राजदूत शर्माले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ‘सरकार ढल्दै छ’ भनी भारतमा चलेको यो कुरा तत्कालै नेपाल सरकारलाई जानकारी गराएको थियो कि थिएन ? यो प्रश्नको जवाफ ओलीले र शङ्कर शर्माले नेपाली जनतालाई दिनु जरुरी छ । किनभने, शङ्कर शर्मालाई देश आगजनी हुने ६–८ महिना अघि नै थाहा थियो । शङ्कर शर्मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा विवादित थिए भने संरा अमेरिकाको राजदूत हुँदा नेपालले संरा अमेरिकी कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौताको आधार तयार गरेका हुन् । यो कोणमा शङ्कर शर्मा नेपालको हित नचाहने एक ‘कठपुतली’ सावित हुन्छ ।
जिल्ला जिल्लाको गुप्तचर निकायबाट सरकारलाई पठाएको खामबन्दी पत्रहरू भदौ २४ गते जलाइएको सिंहदरवारभित्रको मुख्य सचिवको कार्यकक्षमा भेटिएको पनि कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । भदौ २४ गते सङ्घीय संसद् भवन, सिंहदरवार, सर्वोच्च अदालत, शीतल निवासलगायत आगजनीमा प्रयोग भएको रसायन जाँच नेपालमा नहुने हुँदा भारतमा पठाइएको नतिजा पनि प्राप्त नभएको कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै भदौ २४ गते नेपाल प्रहरीको ख्ष्अतयच अयलतचय िबाट देशभरिका प्रहरी कार्यालयमा ‘तोडफोड, लुटपाट र आगजनी भए पनि प्रतिकार नगर्नू’ भनी आदेश पठाएको हुँदा प्रहरीको मनोबल घटेको यसअघि नै बाहिरिएको हो । यस्तो देशघाती आदेश दिने सरकारका अधिकारी को हो ? सार्वजनिक हुनु जरुरी छ ।
संरा अमेरिका, युरोप र भारतको अनुदानमा सञ्चालित नेपालका गैरसरकारी संस्थाहरूले सरकारको समानान्तर बजेट खर्च गरेर आफ्ना कठपुतली बनाएको सरकारमा गएकाहरूलाई थाहा छ । कतिपय गैरसरकारी संस्थाहरूले नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्दै आएको अघिल्ला सरकारहरूलाई थाहा भएकै हो । तर, ती शासक पार्टी र नेताहरूले नै आफ्ना कार्यकर्ताहरूलाई त्यस्ता हस्तक्षेपकारी गैरसरकारी संस्थाहरूमा ‘जागीर’ खान पठाए । यसबारे संरा अमेरिकी सञ्चार माध्यम ‘द ग्रेजोन’ ले रास्वपाका कतिपय नेताहरूलाई २ करोड डलरभन्दा बढी पठाएर भदौ २३ र २४ गतेको उपद्रव गराएको सार्वजनिक गरेकै हो । यो विषयमा सचेत नभएका तत्कालीन सरकारका नेताहरू पनि दोषमुक्त हुने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *