देश जलेको क्लिप
- कार्तिक १७, २०८३
तिमीले भन्यौ
‘मेरो देशभक्तिमा शङ्का नगर्नू’
तर
तिमीले संसद्मा बोल्यौ
‘नेपालले भारतको जग्गा मिच्यो’
तिमी
दलाई लामाको जन्म दिवसमा लाग्यौ
तिब्वत विखण्डनको भेला खोज्यौ
के यसैको परिणाम
तिमी दिल्लीमा
विदेशमन्त्री आउँदा उठ्यौ ?
के विदेशमन्त्री उठ्न¬पर्ने होइन ?
खोइ कहाँ छ,
तिमीले उठाएका
लिम्पियाधुरा, कालापानी
लिप¬लेक, सुस्ता ?
कहाँ छ, सम¬न्द्रसम्म प¬ग्ने
तिम्रो पारवाहन अधिकार ?
तिमीलाई
बिर्सने रोग कसरी लाग्यो ?
तिमी
नेपालीलाई भाडाको सिपाही बनाउने
गोर्खा भर्ती खारेज किन गर्दैनौ ?
नेपाललाई भारतको स¬रक्षा छातामा राख्ने
सन् १९५० को सन्धि खारेज किन गर्दैनौ ?
के तिमी
द¬ई अर्ब डलर माग्न गएका हौ ?
कि १२० जनाको जन्तिमा गएका हौ ?
त्यसैले
तिम्रो देशभक्तिमा शङ्का थियो
तिमी मेयर बन्नेदेखि नै
अहिले पुष्टि भयो !
(२०८३ मंसिर ७ गते)
Leave a Reply