प्रधानमन्त्रीको भारत भ्रमण मजदुर र किसानको हकलाई प्राथमिकतामा राख !
- मंसिर ८, २०८३
मानिसको ज्ञानको चक्षु कहिले खुल्छ र कहिले बन्द हुन्छ ? त्यो मानिसपिच्छे फरक हुन्छ । कसैलाई शौच गरिरहँदा ज्ञान फुर्छ त कसैलाई बस बिसौनीमा बस कुरिरहँदा फुर्छ ।
कसैलाई नेपालले भारतको भूमि अतिक्रमण गरेको ‘दिव्य ज्ञान’ प्रधानमन्त्री भएपछि प्राप्त हुन्छ । त्यस्तै कसैलाई स्थानीय तह सबल भए सङ्घीयता पनि सबल हुने ‘दिव्य ज्ञान’ प्रधानमन्त्री पदबाट खुर्मुरिएपछि प्राप्त हुन्छ ।
प्रम बालेनको नेपालले भारतको जमिन अतिक्रमण गरेको ‘दिव्य ज्ञान’ यथार्थमा स्वामी भक्ति हो, आफूलाई पदमा पु¥याएकाप्रतिको गुणको पैँचो तिरेको हो । तर, त्यसलाई सच्चा नेपाली जनताले राष्ट्रघात ठह¥याएका छन् । जनताले त्यो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाई माफी माग्न आवाज उठाइरहेका छन् ।
विगतमा एक प्रधानमन्त्रीले ‘नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकाली’ को विपरीत महाकाली नदी ‘साझा नदी’ भनेका थिए । ‘साझा नदी – आधा पानी’ भनेर ‘सन्त ज्ञान’ दिएका थिए । परिणाम हाम्रो देशको सिमाना नै खुम्चियो । तर, उनी त्यो राष्ट्रघात नसच्याएरै संसारबाट बिदा भए ।
त्यस्तै अर्का प्रम र प्रमका दावेदारहरूले महाकाली सन्धि गरे, पश्चिमबाट सूर्य उदाउने, भू–उपग्रहबाट विद्युत् निर्यात गर्ने जस्ता बहुलट्ठीपूर्ण हल्ला गरेर राष्ट्रघात गरेका थिए । तिनीहरू जीउँदै छन् तर अझै प्रायश्चित गरेका छैनन् । कहिले गर्ने हो त्यो पनि अज्ञात छ ।
भर्खरै एमाले अध्यक्ष केपी ओलीले प्रदेश सभा र स्थानीय तहको संवैधानिक महत्व र बन्दोबस्तबारे दिएको अभिव्यक्ति अहिले चर्चामा छ । उनको कथन छ, स्थानीय तह सबलीकरण हुँदा देशलाई कुनै हानि नहुने । स्थानीय तहलाई स्वायत्तता दिनुपर्ने । स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ । सक्षम स्थानीय तहबाटै जनताले सङ्घीयताको अनुभूत गर्न पाउँछन् ।
उनले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने पनि बताएका छन् ।
तर, उनी प्रम पदमा छँदा २०७६ वैशाख २४ गते प्रतिनिधिसभाको रोस्ट्रमबाट भनेका थिए– प्रदेश र स्थानीय सरकारहरू स्वतन्त्र नरहेको बरु सङ्घीय सरकारको मातहतमा रहेको दाबी गरे ।
ओलीले प्रदेश र स्थानीय सरकारहरू केन्द्रीय सरकार मातहत काम गर्नु अनौठो नभएको पनि बताएका थिए ।
उपर्युक्त एउटै व्यक्तिको पदमा हुँदा र नहुँदाका फरक अभिव्यक्ति आकाश–जमिन फरक भएको सबैले बुझेका छन् । हिजोको असंवैधानिक अभिव्यक्ति मैमत्ताको परिणाम थियो भने अहिलेको पद गुम्दाको छटपटाहट देखिएको छ । जे होस् सात वर्षपछि बुद्धिको बिर्को खुलेको सर्वत्र अनुभव गरिएको छ । यसले, सत्तामा जाने हाम्रा नेताहरू कति दूरगामी रहेछन्, छेपारोले भन्दा कति धेरै रङ्ग फेर्दा रहेछन् भन्ने बुझ्न सजिलो भएको छ ।
आन्दोलनको बेला शिक्षक, विद्यार्थी, कर्मचारीलगायतलाई सडकमा उतार्नेहरू सत्तामा पुगेपछि शिक्षक, विद्यार्थी, कर्मचारीले राजनीति गर्नु हुँदैन भन्ने पाखण्डहरूको कुरा गरेरै साध्य छैन ।
जे होस्, पूर्वप्रम ओलीले सात वर्षपछि आप्mनो असंवैधानिक अभिव्यक्ति सच्याएको छ । अब, वर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको राष्ट्रघाती अभिव्यक्ति कहिले सच्याएर माफी माग्ने हो ? संसद्को अभिलेखबाट कहिले हटाउने हो ? कति वर्षपछि यो काम सम्पन्न हुने हो ? व्यग्र प्रतिक्षाको विषय छ ।
– विजयराज कार्की, भक्तपुर
Leave a Reply