भर्खरै :

देवगणहरू तलेजुमा प्रस्थान

देवगणहरू तलेजुमा प्रस्थान

– नारायणमान वनमाला
सांस्कृतिक नगर भक्तपुरको जीवित देवीका रूपमा पुजिने मानव समाजमा आधारित नवदुर्गा देवगण जात्रा यस वर्षको सर्वप्रथम खः प्याखंको नाच भक्तपुर दरबार स्क्वायर तलेजु भवानी मूलचोक क्षेत्रभित्र सम्पन्न गर्न मङ्सिर १० गते बिहीबार बेलुका ६ बजेबाट नवदुर्गा मन्दिर द्यो छेँबाट देवगणहरू प्रस्थान हुने गरिन्छ । सोही दिन यस वर्षको अन्तिम था पूजा सम्पन्न हुने गरी आगं पूजा नवदुर्गा मन्दिरमा सम्पन्न गरी जात्रा शुभारम्भ गरिन्छ । देवगणहरू तलेजु मूलचोकमा प्रस्थान गरेपछि तलेजु भवानीको पूजा ग्रहण गरी मू बाहाँ लिकेगु जात्रा हुने गरिन्छ । परम्पराअनुसार बाला च¥हेपश्चात् नवमी र दशमीको दिन अर्थात् २०८३ पुस ३ गते शुक्रबार र ४ गते शनिबारबाट काठमाडौँ पशुपति क्षेत्रलगायत जय वागेश्वरी मन्दिर आँगनमा सर्वप्रथम ङालाकेगु जात्रा शुभारम्भ हुने परम्परा रहेको छ । देवगण जात्राकै क्रममा योमरी पुन्हिको दिनबाट मध्यपुर थिमि नगरभित्र हप्तादिन जात्रा हुने र त्यसपछि टोखा नगरपालिका क्षेत्र, चपली, बुढानीलकण्ठ न.पा., चदीखेल, गोकर्ण नगरपालिकालगायतमा ङालाकेगु जात्रा हुने गर्छ । पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं. ९ त्वचाबाट वापे पाछेकेगु जात्रा सुरु हुन्छ । यसरी नै चैत महिनासम्म ङालाकेगु जात्रा सञ्चालन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *