एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ बारे – १
- मंसिर १०, २०८३
बहालवाला आईजीपी दानबहादुर कार्कीलाई रास्वपा सरकारले २०८३ कार्तिक १८ गते प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्ति गरेको र नयाँ आईजीपीमा तत्कालीन एआईजी मनोजकुमार केसीलाई नियुक्त गरेको विषयमा कार्कीको निवेदन परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतबाट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासबाट मङ्सिर २ गते जारी केसीलाई सर्वोच्च अदालतमा मङ्सिर ४ गते उपस्थित हुने गरी पठाइएको म्याद अदालतका कर्मचारी कार्यालय समयसम्म प्रहरी प्रधानकार्यालयमा पर्खेर बस्दा पनि बुझाउन नसकिँदा मङ्सिर ४ को पेसी प्रभाव प¥यो । मङ्सिर ४ का दिन सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको इजलासमा महान्यायाधीवक्ता नारायणदत्त कँडेललाई उपस्थित गराएर मङ्सिर ९ गतेको पेसीमा आईजीपी केसी र मन्त्रिपरिषद्मा कार्कीलाई हटाउनेसम्बन्धी निर्णय पेस गर्ने आदेश भयो ।
यस घटनाबारे निवेदन कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सरकारबाटै अदालतको आदेश अवज्ञा भएको बताए भने अर्का वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले पनि अदालतको म्याद नबुझ्ने अवस्था हुनु गलत भएको बताए ।
सरकारले कानुनविपरीत गरेको निर्णयलाई सच्याउने वा कानुनविपरीत काम हुन नदिने गरी आदेश दिने अदालतको जिम्मेवारी हो । तर, अदालतका न्यायाधीशहरू कतिपय ‘शासक दलका कार्यकर्ता’ बनेको विषयलाई कसले खारेज गर्ने हो ? सर्वोच्चका न्यायाधीश फुँयाललगायत बिचौलिया इनमलाई भेट्न होटलमा पुगेको यसअघि नै सार्वजनिक भएको हो ।
पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषबहादुर कार्कीले थबहीको सरकारी कमलपोखरी र बगैँचासमेत व्यक्तिको नाममा दर्ता गरी १५ तलाको ‘छायाँ कम्प्लेक्स’ व्यापारिक भवन बनाइएको विषय अदालतमा पुगेको बेला विभागमा भएको सरकारी कागजसमेत ‘उपलब्ध नभएको’ भनी जवाफ पठाई सरकारी सम्पत्तिमा हानि नोक्सानी गरेको पनि सार्वजनिक भएको हो । यस विषयमा पनि न्यायालयसँगै रास्वपा सरकारको आँखा खुलेन ।
न्यायालय र सरकारको यो अवस्था कहिले सुध्रिने हो ?
केदार र साथीहरू, ठमेल, काठमाडौँ ।
Leave a Reply