भर्खरै :

देश र जनताको सेवा गर्न इमानको राजनीति आवश्यक

देश र जनताको सेवा गर्न इमानको राजनीति आवश्यक

काठमाडौँ, ११ मङ्सिर । देश र जनताको निःस्वार्थ र इमानपूर्वक सेवा गरिरहेको एक दल नेपाल मजदुर किसान पार्टी हो । देश र जनताको निःस्वार्थ र इमानपूर्वक सेवा गर्न नै यो पार्टी स्थापना भएको हो । देशका सबै दलहरू नेमकिपाजस्तो भइदिएको भए देशमा शोषण, अन्याय अत्याचार हुने थिएन† भ्रष्टाचार अनियमितता हुने थिएन । अरु दलका नेता, कार्यकर्ताहरू देशमा नेमकिपाले जस्तै काम गर्न आफ्ना कार्यकर्ताहरूसित भाषण त गर्छन् तर व्यवहारमा लागू गर्दैनन् । जनताको विश्वास जित्न नेमकिपाका नेता कार्यकर्ताजस्तै लोभमा नफस्न, पदको दुरूपयोग नगर्न सल्लाह दिन्छन् । इमानको राजनीतिले देशमा नेमकिपाको छवि छुट्टै छ । दाग नलाग्ने पार्टीको रूपमा परिचित, देशको निम्ति नेमकिपाजस्तो पार्टी चाहिन्छ भन्ने विचार राजनीतिज्ञको मात्र होइन बुद्धिजीवीहरूको भनाइ रहेको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, सबै दलहरू नेमकिपाजस्तो भए देश कहाँ पुगिसक्यो होला† देशको विकास कति उचाइमा पुग्यो होला† भ्रष्टाचार र अनियमितता पनि धेरै हदसम्म हट्यो होला ।
यसरी देश र जनताप्रति समर्पित भई छुट्टै पहिचान, प्रतिष्ठा र परिचय बोकेको दल र दलका नेता तथा कार्यकर्तालाई अन्य दलका कति नेता र कार्यकर्ताहरूले हिलो छ्यापेर जनताको मन भाँड्ने काम गरिरहेका छन् । देश र जनताको पक्षमा काम गर्नुपर्ने सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू पनि आफूले गर्नुपर्ने काम नगरी, आफ्नो कमजोरी औँल्याएर सुधार गर्नुको सट्टा अरु दल र दलका नेताहरूले काम गरेनन् भनी आफ्नो कमजोरी ढाकछोप गर्ने काम गर्दै छन् । नेमकिपा र नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले गरिरहेको काम हेर्न अरु दलका नेता तथा कार्यकर्ताहरू भक्तपुर नगरमा अवलोकन गर्न आइरहेको कुरा सबैसामु छर्लङ्ग छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सफाइ, खेलकुद आदि क्षेत्रमा कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन अन्य दलका जनप्रतिनिधिहरू भक्तपुर आउँछन् र सिकेर, बुझेर फर्कन्छन् । अरु स्थानीय तहको निम्ति भक्तपुर नगरपालिका अध्ययन गर्ने, सिक्ने र बुझ्ने प्रशिक्षण केन्द्रजस्तै बनेको छ । नेमकिपाका जनप्रतिनिधिहरू जितेको भक्तपुर नगरपालिकाले जस्तै काठमाडौँमा पनि पूर्वप्रमुखले काम गरेर देखाउने कुरा बताएकै हुन् । तर, रास्वपाको सङ्कीर्ण विचारका केही नेता तथा कार्यकर्ताहरू नेमकिपाकै विरोध गरेर आफूलाई आनन्द भएको महसुस गर्छन् ।
देश विकास गर्न सन्तुलित राजनीति गर्नुपर्छ भन्ने अवधारणा नेमकिपाको हो । सङ्कीर्ण र जातीय राजनीति गर्न नहुने मान्यता नेमकिपाको हो । नेमकिपा विदेशी हस्तक्षेपको विरोधमा छ । नेपाली भूमि मिचेर आफ्नो देश विस्तार गर्ने कार्यको नेमकिपा विरोध गर्छ । नेपाल–भारतको अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाउन नहुने पक्षमा नेमकिपाको अडान यथावत छ । समाजवादउन्मुख
संविधानको माग नेमकिपाकै हो । बनेको संविधान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लोकपत्यारको लागि होइन कार्यान्वयनको निम्ति हो । देशमा जातीय हिंसा नहोस्† जातजातिबिच हिंसा नभड्कियोस् भनेरै प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण हुनुपर्ने र सन्तुलित विकासकै निम्ति प्रदेशको क्षेत्र हिमालदेखि तराईसम्म हुनुपर्ने सुझाव संविधानसभाको निर्वाचनकै बेला नेमकिपाले अघि सारेको हो । नेमकिपाले स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्छ भनी दशकौँदेखि माग गर्दै आएको हो । वर्षौँदेखि कमाउँदै आएको किसानलाई मोही हक कायम गरेरै मात्रै द्वैधस्वामित्व अन्त्य हुनुपर्छ भन्ने माग पनि नेमकिपाको हो । नेमकिपाले उठाएका सबै विषय देश र जनतासित सम्बन्धित छ । नेमकिपाले कहिले पनि दलगत र व्यक्तिगत स्वार्थको राजनीति गरेन । यही कारण नेमकिपाको छबि बढेको हो† नेमकिपा अरु दलको निम्ति प्रकाशस्तम्भ भएको हो ।
देश र जनताको पक्षमा संसद्मा आवाज उठाउने दल नेमकिपा नै हो । संसद्मा अन्य ठुला दलहरू भए पनि व्यवहारतः प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने दल नेमकिपा हो । प्रदेशसभामा पनि नेमकिपाले उठाएको विषय देश र जनताकेन्द्रित नै हुन्छ । प्रदेश र संसद्मा नेमकिपाले उठाएको विचार देशभरिका जनताले बडो चासोका साथ सुनिरहेका र हेरिरहेका छन् । स्थानीय तहमा पनि नेमकिपाका जनप्रतिनिधिले खेलेको भूमिका देशभरका स्थानीय तहको लागि नमुना बनेको छ । नेमकिपाका जनप्रतिनिधि र सांसदहरू देश र जनताप्रति जिम्मेवार छन्† उनीहरू पदको दुरूपयोग गरी सम्पत्ति कुम्ल्याउँदैनन्† जहाँ गए पनि इमानपूर्वक काम गर्छन् । यस्तो स्वच्छ छवि भएको दल र दलका नेता तथा कार्यकर्ताहरूलाई गाली गरेर, झूटको खेती गरेर जनताको मन भाँड्ने काम सत्तासीन दलका नेता तथा कार्यकर्ताहरूले गर्दै छन् । यस कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा संलग्न भएका युवाहरूको नेतृत्वमा बनेको रास्वपाका स्थानीय नेता तथा सांसदहरू नै परेका छन् । स्थानीय तहको निर्वाचनमा जनताको मत लिन उनीहरू भ्रम र सतहीको राजनीति गर्दै छन् ।
नेमकिपाले बोकेको सिद्धान्त र विचार अरु कम्युनिस्ट पार्टीले आत्मसात गरेको भए नेमकिपाका जनप्रतिनिधिले झैँ अरु दलका जनप्रतिनिधिले काम गरेका भए कुन ठाउँ र गाउँको विकास नहोला । हरेक स्थानीय तहले शिशु स्याहार केन्द्र, आदर निकेतन खोलेको भए कति शिशु, शिशुका आमा र ज्येष्ठ नागरिकहरूको हित हुन्थ्यो होला । भक्तपुर नगरपालिकाझैँ देशभरका नगरपालिका र गाउँपालिकाहरू नमुना स्थानीय तह हुन्थ्यो होला । सरसफाइ, सम्पदा संरक्षण र पारदर्शी स्थानीय तह हुन्थ्यो होला । ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुर नगरलाई पारदर्शीको नमुना नगर मात्र होइन सफा र स्वच्छ छविको नगर रहेको बताएको थियो । गाउँ, नगरको विकास गर्न देशभरिका स्थानीय तहमा नेमकिपाका जनप्रतिनिधिहरू हुनु आवश्यक छ । यसको लागि स्थानीय जनता पनि सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *