भर्खरै :

बाराही पीठ विकास समितिको १२ औँ साधारणसभा सम्पन्न

बाराही पीठ विकास समितिको १२ औँ साधारणसभा सम्पन्न

भक्तपुर, ११ मङ्सिर । बाराही पीठ विकास समितिको १२ औँ साधारणसभा तथा पाचौँ अधिवेशन समितिका भूतपूर्व कार्यबाहक अध्यक्ष एवम् ज्येष्ठ नागरिक हरिबहादुर चगुठीको प्रमुख आतिथ्यमा समितिका अध्यक्ष अनन्तप्रसाद धौभडेलको सभापतित्वमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि चगुठीले समितिले सन्तोषजनक रूपमा काम गरिरहेको बताउनुभयो भने अध्यक्ष धौभडेलले सबै सदस्यहरूले इमानदारीताका साथ आ–आफ्नो कर्तव्य पूरा गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले भक्तपुरको कला, संस्कृति, संस्कार र परम्परालार्ड संरक्षण गर्दै आएको र नगरपालिकाले खेल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभयो ।
वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले विकास समितिले अन्य सामाजिक कार्यहरू गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष सुनिता प्रजापति (अवाल) ले सबैले हातेमालो गर्दै निःस्वार्थ भावनाले सबैको सेवा गर्नुपर्ने बताउनुभयो ।
विकास समितिका सचिव शिवशरण भुजु र कोषाध्यक्ष कृष्णगोपाल चगुठीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित ग¥यो ।
अधिवेशनले अनन्तप्रसाद धौभडेललाई अध्यक्षमा र कृष्णगोपाल चगुठी तथा सुनिता प्रजापति (अवाल) लाई सदस्यमा सर्वसम्मतबाट निर्वाचित ग¥यो । निर्वाचनमण्डलका संयोजक गम्भीरमान ज्याख्वले निर्वाचित पदाधिकारीलाई शपथग्रहण गराउनुका साथै शुभकामना मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *