किशोर उपन्यास ‘देवी’ सहित पाँच पुस्तक विमोचित
- मंसिर १२, २०८३
भक्तपुर, ११ मङ्सिर । ‘कृत्रिम बुद्धिमत्ताको माध्यमबाट आयआर्जनको अवसर सृजना गरौँ’ भन्ने नारासहित दुमलाचा युवा बचत समूह भ.न.पा.–४ ले पाँचदिने एआई तालिम कार्यक्रमको शुभारम्भ भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ को भूतपूर्व वडा सदस्य राजेन्द्र माकले विश्वव्यापी रूपमा आयआजर्नको डिजिटल अनलाइन सिस्टमको प्र्रविधिलाई उपयोग गरी सफल उद्यमी बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले मानिस सामाजिक प्र्राणी भएकोले समाजमा भएका विभिन्न गतिविधिहरूलाई सामाजिक सञ्जालमार्फत सही विचार प्रचार गर्न सकेमा समाजमा भएको विभिन्न नकारात्मक गतिविधिलाई कम गर्न सके तालिमको उद्देश्य पूरा हुने बताउनुभयो ।
एआई तालिमको माध्यमबाट आयआजर्नको अवसरलाई उपयोग गर्ने उद्देश्य राखी सञ्चालन भएको यस तालिमले समाजमा भएको नकारात्मक पक्षलाई निरुत्साहित गरी सकारात्मक पक्षको प्रोत्साहन गर्ने वातावरणको सृजना गर्न यस तालिमको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भनी उहाँले शुभकामना दिनुभयो ।
दुमलाचा युवा बचत समूहका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार पञ्चरत्न सैँजुले दुमलाचा युवा बचत समूह २०७० सालमा गठन भएपछि आर्थिक गतिविधिलाई मात्र होइन सामाजिक सेवा गर्ने भावनालाई विकास गर्ने विभिन्न सामाजिक क्रियाकलाप, परम्परागत सांस्कृतिक गतिविधिलाई प्रोत्साहन दिने कार्यक्रम, विभिन्न सरसफाइ र स्वास्थ्यसम्बन्धी शिविर, प्रवचन, शुभकामना आदानप्रदान कार्यक्रम आर्यआर्जन हुने विभिन्न सीपमूलक तालिमहरूको सञ्चालन गरी सामाजिक दायित्व निर्वाह गर्ने कार्यलाई स्थापनाकालदेखि नै निरन्तरता दिएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक श्रीराम कासिछ्वाले तालिमबाट सिकेका सीपबाट नयाँ पुस्तालाई आयआर्जन गर्न सक्षम बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति दुमलाचा युवा बचत समूहका अध्यक्ष राधेश्याम सैंजूले तालिमको सुरुआतदेखि अन्तिम दिनसम्म निरन्तर सहभागी भई प्रविधिमैत्री सीप सिकेर आफ्नो पारिवारिक जीवनलाई आर्थिकरूपले सबल बनाउन आफ्नोतर्फबाट योगदान गर्नसक्ने सक्षम परिवारको महत्वपूर्ण सदस्यको रूपमा स्थापित गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।
दुमलाचा युवा बचत समूहका सचिव दीपक जाकिबञ्जारले सञ्चालन गरेको उक्त कार्यक्रममा पुरुषोत्तम जाकिबञ्जारले स्वागत गर्नुभएको थियो ।
Leave a Reply