भर्खरै :

सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत, १२ मङ्सिर । विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको १०६ आँै जन्म दिनका अवसरमा शनिबार ‘जनताको प्रजातन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले नेपाल मजदुर किसान पार्टीले कामदार जनतालाई सचेत पार्दै समाजवादी व्यवस्था स्थापना गर्न लागिरहेको बताउँदै संशोधनवादीहरूले हँसिया हथौडा अङ्कित झन्डा बोकेर कामदार जनतालाई धोका दिएको चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी दसौँ सुर्खेत जिल्ला सम्मेलन तयारी समिति सुर्खेतका संयोजक एवम् कर्णाली प्रदेश समिति सदस्य हरिबहादुर बोहराले एङ्गेल्सलाई उहाँको बुबा उद्योगपति बनाउने सोचमा हुनुहुन्थ्यो तर समाजको व्यापक शोषण, दमन र अन्याय देखेपछि सर्वहारा वर्गको मुक्तिको लागि जीवनभर लागेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिका सदस्य धनेन्द्र विकले पुँजीवादी प्रजातन्त्र र जनताको प्रजातन्त्रबिचको अन्तरबारे चर्चा गर्दै मजदुर किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिसहितको प्रगतिशील सरकार हुने र यो सरकारले बहुमत कामदार जनताको हितमा काम गर्ने तर पुँजीपतिवर्गले विदेशी पुँजी र पँुजीपतिवर्गको मात्र सेवा गर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा दसाँै सुर्खेत जिल्ला सम्मेलन तयारी समितिका सदस्यहरू गणेश खड्का, अकल राना, चेतन पौडेल, अम्मर भण्डारीले बोल्नुभएको थियो । अङ्गबहादुर शाही र ऐनबहादुर शाहीले गीत गजल प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम आयोजक समिति नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समिति अध्यक्ष कुस्माखर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *