नमुना फाउन्डेसनको आयोजनामा ‘मलाई घर फर्काऊ’ प्रदर्शनी
- मंसिर १३, २०८३
काठमाडौँ, १२ मङ्सिर । रास्वपाको नेतृत्वमा बनेको सरकारको निर्णय अपरिपक्व, अदूरदर्शी मात्र होइन विवादास्पद रहेको बेलाबखत प्रकाशमा आएकै हो । सरकार गठनलगत्तै सरकारले गरेको निर्णय सुरुदेखि नै अपरिपक्व र विवादास्पद बनेको थियो । कति सरकारी निर्णय अपरिपक्व भएकै कारण अदालतले बदर गरेको थियो । थोरै समयमा धेरै काम गर्ने हेतुले अपरिपक्व निर्णय हुँदा विवाद र असन्तोष बढेको हो । सरकारबाट स्वीकृति प्राप्त हरेक पत्रिकाले सरकारको विज्ञापन छापेबापत पत्रिकाको वर्गीकरणअनुसार पत्रिकाले महिना महिनामा लोक कल्याणकारी सेवाको रकम पाउँदै आएको हो । तर, सरकारले लोक कल्याणकारी बापत पाउँदै आएको विज्ञापनको सेवा हटाउने निर्णय ग¥यो ।
सरकारी विज्ञापन गोरखापत्रजस्ता सरकारी पत्रिकालाई मात्र दिने सरकारले निर्णय गरेपछि देशभरका सञ्चारकर्मी र सञ्चारजगत्ले विरोध गरे । सञ्चारजगत्ले सडक सङ्घर्ष पनि ग¥यो । कति सञ्चार क्षेत्रले सरकारी कार्यक्रम बहिष्कार गर्ने र सरकारी समाचार नछाप्ने अभियान पनि चलाए । यसरी सञ्चार क्षेत्रले थालेको आन्दोलनको कारण निजी सञ्चार क्षेत्रले पाउँदै आएको विज्ञापनबापत्को रकम सरकारले फेरि दिने निर्णय ग¥यो । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्ति हुँदा पनि विवाद भयो र सडक सङ्घर्ष गरियो । उनको नियुक्तिको विषयमा मुद्दासमेत प¥यो । रिटमा आनीको नागरिकताको वैधानिकसम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले सार्वजनिक पदमा नियुक्त गर्न नहुने उल्लेख छ । नियुक्ति बदर गर्न र अन्तरिम आदेश जारी गर्न माग गर्दै परेको रिटमा अदालतले छलफलको लागि मङ्सिर १४ गते बोलाएको छ । सरकारले गत जेठमा कोषका विभिन्न पदमा नियुक्तिका लागि आवेदन मागेको थियो । उपाध्यक्षसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएकामा उपाध्यक्ष पदमा मात्रै १०४ जनाको आवेदन परेको थियो । तर, सरकारले आवेदकहरूको मूल्याङ्कन, छनोटको आधार र अन्तर्वार्ताको विवरण सार्वजनिक नगरी आनीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।
त्यस्तै पूर्वप्रहरी महानिरीक्षक
(आईजीपी) दानबहादुर कार्कीलाई म्याद हुँदै हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्दा पनि विवाद र विरोध भयो । सरकारी सो निर्णयविरुद्ध निज कार्कीले पदमा फर्काउन अन्तरिम आदेशको माग राख्दै अदालतमा निवेदन हालेका थिए । मनोजकुमार केसीको नियुक्ति तत्काल रोक्न माग गर्दै कार्कीले राखेको रिटबारे अदालतले अन्तरिम आदेश जारी गरेन । तर, अदालतले नियुक्तिको वैधताबारे अन्तिम फैसला गरेको छैन । आफ्नो म्याद छँदै सो पदबाट हटाएर प्रम बालेनको विशेष सुरक्षा सल्लाहकार राखेकोमा पूर्वमहानिरीक्षक कार्कीको आपत्ति हो । पूर्वमहानिरीक्षक कार्कीको कुनै कैफियत या अनियमितता छ भने त्यसको कानुनी प्रक्रिया अपनाउनुपर्ने मत पनि छ । मुद्दा परेको आनी छोइङ डोल्मा र दानबहादुर कार्कीको फैसला कसरी आउने हो ? त्यो अहिले विचाराधीन अवस्थामा रहेको छ । तर, यी दुई मुद्दाको प्रकरणले देशमा थप हलचल ल्याएको छ ।
सरकारले लगाएको शिक्षा कर पनि विवादै रह्यो । शिक्षक, अभिभावक र विद्यार्थीहरूले पनि सो निर्णयको व्यापक विरोध गरेपछि प्रम बालेनले फिर्ता लिने आश्वासन दिए । तर, अहिलेसम्म फिर्ता लिइएको छैन । सुकुमवासी बस्ती उठिबासको पनि विरोध भयो । उनीहरूको व्यवस्थापन भएपछि बस्ती हटाइएको भए सायद सरकारको त्यति विरोध हुँदैनथ्यो । हप्ताको दुई दिन बिदा र ढिलो गरी कक्षा सञ्चालनको पनि व्यापक विरोध भयो । मङ्सिर १० गतेको ‘राजधानी’ मा ‘सार्वजनिक जग्गामा छायादेवी कम्प्लेक्सको रजगज : १२ वर्षमा ५२ पटक सर्वाेच्चको इजलास घुमेको विवाद कहिले होला छिनोफानो ?’ शीर्षकको समाचार छापियो । सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरी ऐतिहासिक कमलपोखरीको जग्गा व्यक्तिगत नाममा पु¥याइएको र त्यसमा व्यापारिक संरचना निर्माण गरिएको दाबीसहित २०७१ सालमै अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले रिट तथा मुद्दा दायर गरेका थिए । सर्वाेच्च अदालतको इजलासमा यो प्रकरणको मुद्दा ५२ पटक पुगिसक्दा पनि सुनुवाइले गति लिन सकेको छैन । संयुक्त इजलासमा १० वर्षसम्म मुद्दा चल्दा १४ पटक हेर्न नमिल्ने, पाँच पटक हेर्न नभ्याउने र पटक पटक स्थगित गरिएको थियो ।
सरकारले सार्वजनिक जग्गा र पोखरीको संरक्षण गर्नुपर्छ; जीवन्तता दिनुपर्छ । प्रमाण र तथ्यको आधारमा सरकारले सार्वजनिक जग्गा र पोखरी जोगाउन छायादेवी कम्प्लेक्सको भवन भत्काउनुपर्छ भन्ने वकिलहरूको मत हो । अदालतका न्यायाधीशहरूले पनि कसैको दबाबमा नपरी, प्रलोभनमा नपरी ऐतिहासिक प्रमाणको आधारमा सार्वजनिक जग्गा र कमलपोखरी कायम गर्ने प्रक्रिणलाई अघि बढाउने जनताको विश्वास छ । गुठी संस्थान ऐन, २०३३ र मालपोत ऐन २०३४ मा गुठी जग्गामा मोही कायम गर्न नहुने बन्दोबस्त गरिएको छ । भूमिसम्बन्धी ऐन २०२१ ले नेपाल सरकारको स्वामित्वको जग्गामा मोही हक नलाग्ने व्यवस्था गरेको छ । त्यस्तो जग्गामा के कसको कारण मोही हक कायम हुन गयो र कसरी व्यक्तिको हुन गयो ? त्यस्तो जग्गामा नामसारी र रैतानी परिणत कसरी भयो ? त्यस्तो जग्गामा ठुलो भवन कसरी ठड्यो र भवन शिलान्यास गर्न मन्त्रीहरू कसरी किन गए ? आदि प्रश्न अहिले उठिरहेको छ ।
Leave a Reply