विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, २३ माघ । एउटा संकायको विद्यार्थीलाई अर्कै संकायमा अध्ययनरत भनी त्रुटिपूर्ण विद्यार्थी परिचय पत्र गल्ती नसच्याई विद्यार्थीलाई वितरण गर्न खोजिएको विषयलाई लिएर नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस एकाई समितिले आइतबार क्याम्पस प्रशासनको ध्यानाकर्षण गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनबाट व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई मानविकी संकाय भनी उल्लेख गरेको र त्रुटि भएको जानकारी हुँदाहुँदै पनि गल्ती नसच्याई लापरवाही र गैरजिम्मेवारीपूर्ण तरिकाले परिचय पत्र वितरण गर्न खोजिएको हुँदा ध्यानाकर्षण गरेको समितिका अध्यक्ष मिलन गणेजूले बताउनुभयो । पहिले पहिले पनि यस किसिमका गैरजिम्मेवारपूर्ण क्रियाकलाप क्याम्पस प्रशासनबाट हुने गरेको उल्लेख गर्दै त्यस्ता गल्तीहरुको न्यूनिकरणको निम्ति नेक्राविसंघ र क्याम्पस प्रशासनबीच भएको सहमतिअनुसार Machine Readable Electronic ID Card तत्काल वितरण गर्न संघले माग गरेको छ ।
Leave a Reply