नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सुरेन्द्रराज गोसाई
प्रजग कोरियाको भूमिमा सन् २०१४ मा पाइला टेक्दा हाम्रो आफ्नै आँखाले कोरियाली समाजवादका आश्चर्यजनक निर्माण तथा उपलब्धि र एक किसिमको चमत्कार देख्यौँ ।
विश्वकै सुन्दर राजधानी सहर प्योङयाङ, वेस्ट सी बारेज (West Sea Barrage), विशाल जनअध्ययन गृह (Great People’s Study House) समाजवादको सफलतामध्येका केही उदाहरण हुन् । साम्राज्यवादसामु नझुकी एउटा देशले आफ्नो स्वाधीनता, जनताको स्वाभिमानको रक्षा गर्नसक्छ भन्ने उदाहरण हो प्रजग कोरिया । समाजवादप्रतिको अगाढ आस्था, राज्य र पार्टी नेतृत्वप्रतिको वफादारी र स्नेह प्रजग कोरियाको बेजोड गुण हो । यो विश्वमै विरलैमात्र देखिने दृष्टान्त हो । राज्य र पार्टी अर्थात् कोरियाली मजदुर पार्टीको जनताप्रतिको चिन्ता, चासो, इमानदारी र समर्पण पनि संसारमा दुर्लभ मान्न सकिन्छ । यो पनि समाजवादको सफलता या देन हो ।
चञ्चल तथा हँसिला बालबालिका, जिज्ञासु तथा अध्ययनशील विद्यार्थी, लडाकू तथा सङ्घर्षशील युवा, समाजवादप्रति प्रतिबद्ध बुद्धिजीवी, मेहनती मजदुर, सदा विजयी तथा बफादार सेना, जनतामा फलामे अनुशासन र अभिभावकतुल्य राज्यको नेतृत्व प्रजग कोरियाको अत्यन्तै सुन्दर पक्ष हो भन्ने अनुभव धेरैको छ । यी नै विशेषताले कोरियाको अझ उज्यालो भविष्यको सङ्केत गर्दछ ।
शत्रुसामु कहिल्यै नझुक्ने बरु रगतको अन्तिम थोपा बाँकी रहेसम्म बहादुरीपूर्वक लड्ने प्रजग कोरिया र कोरियाली जनताको संस्कृति हो । योे उच्च संस्कृतिले कोरिया र कोरियाली जनतालाई विश्व राजनीतिक दबुमा पृथक बनाएको प्रस्ट छ । कोरियाको नयाँ पुस्तामा पनि साम्राज्यवादप्रतिको घृणा र अन्तिम विजय हासिल गरेरै छोड्ने दृढ सङ्कल्प अर्को अत्यन्त चम्किलो पक्ष हो ।
कोरियाले देखाएको आत्मनिर्भरता र आत्मगौरवको बाटो नेपाली जनताको निम्ति पनि अनुकरणीय छ । आफ्नै खुट्टामा उभिएर क्रान्ति सफल बनाउने, आर्थिक क्रान्ति अगाडि बढाउने र समाजवादी निर्माण अभियान सफलतापूर्वक अगाडि बढाउने क्षमता प्रजग कोरिया र कोरियाली जनताले देखाएको छ, यो पनि विश्वका जनताको निम्ति उत्साहको विषय हो । दशकौं अघिदेखि प्रजग कोरिया नाकाबन्दीमा छ तर कोरियाली भूमिमा पुग्दा सङ्कटको सङ्केत पनि देखिएन । बरु कोरियाली जनता हाँसो, खुसी, उमङ्ग र आनन्दको सार्थक जीवनमा बाँचिरहेको आफ्नै आँखाले देख्दा हामीले गर्वको अनुभव ग¥यौँ ।
प्रजग कोरिया शान्तिकामी, सौन्दर्यप्रेमी, प्रकृतिप्रेमी, कलाकार र बौद्धिकहरूको देश हो भन्ने अनुभूति कोरियाली भूमिमा पाइला टेक्ने जो कसैलाई हुन्छ । प्रजग कोरिया र त्यहाँको नेतृत्वबारे फैलाइएका हल्लामा सत्यको सामान्य अंशसमेत नभएको हरेकले महशुस गर्नेमा कुनै शङ्का छैन । बरु प्रतिक्रियावादीहरूको हल्लाको राजनीतिप्रति दया जाग्नेछ ।
चरम नाकाबन्दीबीच शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिको क्षेत्रमा कोरियाले हासिल गरेका अभूतपूर्व सफलता समाजवादप्रति आस्था राख्नेहरूको निम्ति गौरवको विषय हो । समाजको बुद्धिजीवीकरण गर्ने अभियान स्वयं विश्वको निम्ति बलियो तथा तेजिलो उदाहरण हो र समाज विकासमा कोरियाले दिइरहेको उपायप्रति संवेदनशील समुदाय गर्व गर्छन् ।
संरा अमेरिका र प्रजग कोरियाबीच हालै भइरहेका वार्ताहरूलाई नजिकबाट अध्ययन गर्नेहरू अझै उच्च सतर्कता एवं सावधानी र अझ बढी कूटनीतिक कौशलको अपेक्षा गर्छन् । प्रजग कोरियाको नेतृत्वले पछिल्लो समय देखाएको राजनीतिक तथा कूटनीतिक परिपक्वता अत्यन्त सकारात्मक सङ्केत भएको र उत्साहवद्र्धक रहेको कूटनीतिका अध्येताहरू बताउँछन् । साथसाथै ल्याटिन अमेरिकाको समाजवादी देश क्युवा र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्धको विकास भएर फेरि तिक्ततामा परिणत भएको ताजा तर तीतो घटना अस्वीकार गर्न नमिल्ने पनि त्यतिकै यथार्थ हो । विगतमा इराकलाई षड्यन्त्रमूलक ढङ्गमा संरा अमेरिकाले धोका दिएको पनि त्यति धेरै अगाडिको विषय होइन भन्नेबारे हामी अवगत छौँ ।
समाजवादी देश प्रजग कोरियाको इतिहास विजयको इतिहास हो भन्ने पुष्टि फेरि पनि कोरियाली जनताले गर्ने हाम्रो विश्वास छ । प्रजग कोरिया र साम्राज्यवादविरोधी वीर कोरियाली जनतालाई नेपालका न्यायप्रेमी तथा सचेत जनताको तर्फबाट हार्दिक शुभकामना ।
(कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा मङ्गलबार भएको ‘साम्राज्यवादविरोधी सङ्घर्षमा प्रजग कोरिया’ विषयक विचार गोष्ठीमा व्यक्त विचार–सं)
Leave a Reply