भर्खरै :

मुलुकी देवानी तथा फौजदारीसंहिताका प्रमुख विशेषताहरु – ४

केही कसूर र सजाय
नयाँ कसूर कायम भएका र अन्य केही कसूर तथा सजायः–
कसूर
– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हातहतियार र खरखजाना जम्मा गर्ने, सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्ने,
– नेपाल सरकार वा संवैधानिक संरचना पल्टाउने नियतले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्ने वा हातहतियारसहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्ने
– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने
– नेपालको अन्तर्राष्ट्रिय सीमा अतिक्रमण गर्ने, सीमास्तम्भ हटाउने, सीमास्तम्भ राखिएको ठाउँ वा सीमाीतम्भ परिवर्तन गर्ने
– नेपालको प्रतिनिधिक गरी खेल खेल्ने खेलाडीले खेलमा मिलेमतो गरी खेल्ने वा खेलाउने (Match Fixing)
– जातिहत्यासम्बन्धी कसूरअन्तर्गत आमहत्या गरेमा
– नेपालविरुद्ध जासूसी गर्ने
– राष्ट्रपति वा संसदलाई धम्की दिने
– अनुसन्धान वा अभियोजन अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतापूर्वक अनुसन्धान वा अभियोजन गरेमा
– गैरकानुनी भेला गर्ने
– हुलदङ्गा गर्ने
– सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्ने
– सार्वजनिक सेवा अवरुद्ध गर्ने
– सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा सार्वजनिक सम्बन्धलाई खलल पार्ने नियतले झूटा अपवाह फैलाउने
– संवेदनशील सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्ने
– झूटा प्रमाण बनाउने
– कसूरदारलाई आश्रय दिने
– सङ्क्रामक रोग फैलाउने
– एच.आई भी. वा हेपाटाइटिस बीको जीवाणु रोग फैलाउने
– खाद्यपदार्थमा मिसावट गर्ने
– झुक्यानमा पारी खाद्यपदार्थ बिक्री वितरण गर्ने
– बिक्री गर्ने उपभोग्य वस्तु बिक्री नगरी जम्माखोरी गर्ने
– घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्ने
– हिंस्रक वा अन्य पशुपन्छी राख्दा पूर्वसावधानी नअपनाई लापरबाही गर्ने
– राष्ट्रिय गान, झण्डा वा निसाना छापको अपमान वा क्षति गर्ने
– राष्ट्रिय विभूतिको अपमान गर्ने
– यातना दिने
– छाउपडीमा राख्ने वा त्यस्तो अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्ने
– विवाहमा लेनदेन गर्ने तथा दाइजो नदिएको कारण सताउने
– आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्ने
–आत्महत्या गर्न दुरुत्साहन दिने
– व्यक्ति बेपत्ता पार्ने
– अपहरण गर्ने वा शरीर बन्धक लिने
– जबरजस्ती करणी गर्ने
– हाडनाता करणी गर्ने
– सरकारी कर्मचारीले थुनामा रहेका व्यक्तिसँग मञ्जुरीले नै करणी गरेमा
– आफ्नो संरक्षण र सुरक्षामा रहेका व्यक्तिसँग मञ्जुरीले करणी गरेमा
– कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग मञ्जुरीले नै करणी गर्ने
– इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्ने
– मञ्जुरीबिना मानव शरीरमा कुनै परीक्षण गर्ने
– जोखिमपूर्ण औषधि बिक्री वितरण गर्ने
– औषधीमा मिसावट गर्ने वा मिसावट गरेको औषधि बेच्ने
– म्याद नाघेको औषधि बिक्री वितरण गर्ने
– एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्ने
– निमार्णको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरेमा वा मालको परिणाम घटीबढी पार्ने
– आपूर्तिको काम गर्दा कमसल वा घटी परिमाणमा माल, वस्तु वा सेवा आपूर्ति गर्ने
– सम्पत्तिको आपराधिक गर्ने (अर्काको सम्पत्ति बेइमानीको नियतले उपयोग, हानि नोक्सानी वा हिनामिना गर्ने)
– आपराधिक उपयोग गर्ने (आफ्नो जिम्मा वा संरक्षणमा रहेको सम्पत्ति करार वा सम्झौता विपरीत अर्कालाई उपयोग गर्न दिने वा हक टुटाई अरुलाई गर्ने)
– आपराधिक लाभ (एक्टर्सन) लिने (अरुलाई धम्क्याई निजबाट लाभ लिने)
– बैङ्क नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा बैड्ढ नोटमा लेख्ने
– चौपायालाई यातना दिएमा वा आफूले पालेका पशुपक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रुपमा छोड्ने
– अनुमतिबिना कसैको तस्वीर खिचेमा वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउने
– एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसम्म राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाउने ।
सजाय
– जन्मकैद
– पच्चीस वर्षसम्म कैद
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना (सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा थप तीन वर्षसम्म कैद)
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना
– जन्मकैद
– पच्चीस वर्षसम्म कैद
– सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– छ वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– कसूरदारलाई हुने कैदको अनुपातमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (नवजात शिशुको मृत्यु भएकोमा जन्मकैद र अन्यको मृत्यु भएकोमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना)
–पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना
– पन्ध्र वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
– सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना
– महिलाको उमेरको आधारमा सात वर्षदेखि बीस वर्षसम्म कैद
– करणी हुनेहरूबीचको नाताको आधारमा एक वर्षसम्म कैददेखि जन्मकैदसम्म
– तीन वर्षसम्म कैद
– तीन वर्षसम्म कैद
– चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेमा जन्मकैद र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद)
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेमा ज्यान मारेसरह र अङ्गभङ्ग भएमा अङ्गभङ्ग गरेसरह)
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेकोमा ज्यान मारेसरह)
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना
– तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना
– तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
२.४ मुलुकी फौजदारी कार्यविधिसंहिता
मौखिक वा विद्युतीय माध्यमबाट कसूरको सूचना दिन सकिने
कुनै कसूर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने व्यक्तिले सोको सूचना मौखिक रुपमा वा विद्युतीय माध्यम (इमेल वा अन्य) बाट समेत दिनसक्ने ।
पक्राउ पुर्जी जारी गर्नुअघि अनुमति लिनुपर्ने
कुनै व्यक्तिलाई तत्कालै पक्राउ गर्नुपर्ने भएमा पक्राउ गर्नुपर्ने कारण खुलाई मुद्दा हेर्ने अधिकारीबाट अनुमति लिनुपर्ने ।
जरुरी पक्राउ पुर्जी जारी पक्राउ गर्न सकिने
कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नभएमा वा व्यक्ति भाग्ने, उम्कने वा प्रमाण, दसी वा नष्ट गर्ने अवस्था भएमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी तत्काल पक्राउ गर्नसक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *