नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
वाशिङ्टन, ३० अगस्ट । संरा अमेरिकी रक्षा विभाग पेन्टागनका प्रवक्ता डाना ह्वाइटले बुधबार गएको जुनमा सम्पन्न ट्रम्प–किम जङ उन सिङ्गापुर वार्तापश्चात पनि कोरियाली प्रायःद्विपप्रति संरा अमेरिकी सैनिक अवस्थितिमा कुनै परिवर्तन नगरेको बताएकी छिन् ।
ह्वाइटले ट्वीटरमा ट्वीट गन्,ि ‘सिङ्गापुर सम्मेलनको निष्कर्ष पछि पनि हाम्रो सैनिक अवस्थितिमा कुनै परिवर्तन भएको छैन ।’
‘आगामी दिनको लागि तय गरिएका कुनै सैनिकअभ्यास रोक्ने कुनै प्रकारको निर्णय भएको छैन ।’ उनले भनिन् ।
संरा अमेरिका र कोरिया गणतन्त्रबीचको दरिलो नै रहने चर्चा गर्दै उनले कोरियाली प्रायःद्विपमा शान्ति, समृद्धि र स्थायित्वको लागि कूटनीतिक क्षेत्रले गरिरहेको प्रयासमा पूर्ण समर्थन जनाउँदै उच्च सैनिक शर्तकता र अनुगमन कायम रहने प्रस्ट पारिन् ।
यसअघि गएको मङ्गलबारमा संरा अमेरिकी रक्षा सचिव जेम्स माटिसले दक्षिण कोरियासँग तय भइसकेका कुनै पनि सैनिक अभ्यास रोक्ने संरा अमेरिकाको कुनै योजना नभएको प्रष्ट बनाइसकेका थिए ।
तर अर्को साल पनि दक्षिण कोरियासँगै सैनिक अभ्यासलाई निरन्तरता दिने वा नदिने भन्नेबारेमा भने कुनै निर्णय भइनसकेको पनि उनले जानकारी दिए । ‘हामी वार्ता कसरी अघि बढ्छ हेर्नेछौं, अनि हामी भविष्यको योजना हिसाब गरे अघि बढ्नेछौं ।’
संरा अमेरिकी उक्त भनाइको प्रतिक्रियामा बुधबार दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले संरा अमेरिकाले आफूलाई औपचारिकरुपमा सैनिक कार्वाही पुनःथालनी गर्नेसम्बन्धमा कुनै जानकारी नआएको बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनका प्रवक्ता किम इयु–कियुमले कोरियाली प्रायःद्विपमा आणविक निशस्त्रीकरणको प्रगतिलाई हेरेर यो विषयमा थप कुरा अघि बढाउन सकिने बताए ।
किम जङ उन र मुन जाए इनबीच आसन्न तेस्रो शिखर वार्ताको सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले आगामी बैठक प्योङयाङ र वाशिङ्टनको सम्बन्धमा आएका केही गतिरोधका समस्या हल गर्न महत्वपूर्ण हुने बताए ।
Leave a Reply