तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, २३ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल–भारतबीच खुला सीमा भएको हुँदा जन्मको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्थाले नेपाल सिक्किमको दुरवस्थामा पुग्ने खतरा रहेको बताउनुभएको छ ।
शनिबार आयोजित नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको परिषद्मा बोल्दै उहाँले भन्नुभयो, ‘‘भारतकै प्राध्यापक मुकेशकुमार सिंहले ४० लाख भारतीयले नेपाली नागरिकता पाएको लेखेका छन् । त्यस परिस्थितिमा जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने कानुनी प्रावधान नेपालको हितविपरीत हुनेछ ।’’
मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘चिकित्सा शिक्षामा रु. ३५ लाख शुल्क लिन पाउने कार्यदलको प्रतिवेदनको समर्थन गर्ने र निःशुल्क शिक्षाको आवाज नराख्ने डा. गोविन्द केसीको अनसन कामदार वर्गको पक्षमा छैन ।’’
सांसद सुवालले सामाजिक सुरक्षाअन्तर्गत बालपोषणसँगै बच्चा गर्भमा रहँदा र जन्मेपछि सुत्केरी आमालाई पोषण व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
‘‘शिक्षकहरुले नयाँ पुस्ताका विद्यार्थीहरुलाई देशभक्त, इमानदार, भ्रष्टाचारविरोधी बनाउने गरी शिक्षा दिनु आवश्यक छ’’, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले दक्षिण एसियाली देशलाई भारतीय शासक वर्गले एउटै सुरक्षा छातामा ल्याउन खोजेको नेमकिपाको विश्लेषण बिम्स्टेकको सैन्य अभ्यासबाट प्रमाणित भएको बताउनुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना साँय्जूले ओली सरकारको कमजोर कार्यशैलीका कारण हिजो समृद्धि र विकासको चर्को कुरा गर्ने सत्तापक्षीय सांसदहरूको घमण्ड एकै वर्षमा फुस्रो भएको बताउनुभयो ।
उहाँले सरकारको सबभन्दा बढी आलोचना स्वंय सत्तापक्षीय सांसदबाट भइरहेको प्रसङ्गमाथि चर्चा गर्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समसामयिक शैक्षिक अवस्था र शिक्षकहरूका समस्याबारे बोल्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगनाथ सुजखूको सभापतित्वमा भएको परिषद्मा चक्रबहादु चाकतू, गणेशराम थुसा, राजाराम दाहाल, सुरोज प्रजापति, विष्णुराम दुमरु, रवीन्द्र थापालगायत जिल्लाका चारै नगरपालिकाका शिक्षक नगर समितिका प्रतिनिधिहरूले बोल्नुभएको थियो ।
Leave a Reply