भर्खरै :

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

काठमाडौं, २३ भदौ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा हुने बिम्स्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । चौतर्फी विरोधको कारण सरकारले सो सैन्य अभ्यासमा सहभागी नबन्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारको उक्त निर्णयबारे भन्नुभयो, ‘‘नेपाल बिम्स्टेकको संयुक्त सैन्य अभ्यासमा सहभागी बन्ने छैन । यो सरकारको औपचारिक निर्णय हो ।’ तर उहाँले सो सैन्य अभ्यासमा नेपाल सहभागी नहुुनुको कारणबारे भने केही भन्नुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *