भर्खरै :

ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

बामाको, २८ भदौ ः गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । ट्रकमा ८० जनाभन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए ।
प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । स्थानीय समय अनुसार सोमबार राति साये क्षेत्रको मध्य भागमा दुर्घटना भएको हो ।
“दुर्घटनामा परेका मध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजी कार्य भइरहेको छ,” सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ ।
मालीमा सडक र सवारी साधनको खराब अवस्थाका कारण बेला बेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।  (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *