भर्खरै :

तालिवान प्रमुख कमाण्डर सहित २१ जना मारिए

कुन्दुज, अफगानिस्तान, ५ कात्तिक  ः सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक जना प्रमुख कमाण्डरसहित कम्तीमा २१ जना तालिवान लडाकू मारिएका छन् ।
अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मुल्लाह मन्सुर मारिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सरकारी सेनाका एक जना प्रवक्ता गुलाम हजरात कारिमीले सोमबार भन्नुभयो, “कुन्दुज प्रान्तका लागि तालिवान लडाकूहरुको सैन्य प्रमुख मुल्लाह मन्सुरसहित २१ जना सुरक्षा कारबाहीमा मारिएका छन् ।”
सुरक्षा कारबाहीमा परी अरु ३० भन्दा बढी लडाकू पनि घाइते भएको उहाँले जानकारी दिनुभयो ।
पछिल्ला केही घण्टामा इमाम साहिब जिल्लाका विभिन्न ठाउँमा धेरै पटक विस्फोटनका घटनाहरु भएका थिए ।
सैन्य अधिकारीहरुले सरकारी सेना तर्फको क्षतीका बारेमा कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *