भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद गर्ने दूधको रकममा घोटाला भयरहेको बेला बेला सञ्चारमाध्यममा बाहिरिएको हो । समाचारअनुसार डीडीसीले किसानसँग खरिद गरेको दूधको रकम किसानको खातामा नगई कर्मचारीको खातामा कसरी गयो ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहितले १२ करोड रुपैयाँभन्दा बढी रकम घोटाला गरेको कसुरमा ८ जनालाई पक्राउ ग¥यो । १७ वटा कृषि तथा पशुपालन सहकारीबाट कर्मचारीहरूले रकम बुझेको सीआइबीको दाबी छ । सबै रकमको हिस्सा महाप्रबन्धक झासम्म पुगेको सीआइबीको थप दाबी हो ।
लालीगुराँस पशुपालन फर्मबाट मात्रै कर्मचारीको खातामा चार करोड ४२ लाख रुपियाँ गयो । तत्कालीन महाप्रबन्धक झाका पारिवारिक सदस्य रितेश राय यादवको खातामा लालीगुराँस पशुपालन फर्मबाट एक करोड ८६ लाख रूपैयाँ र भैरवपुर भैँसी पालन पशुपन्छी फार्मबाट रितेशका नाममा ६९ लाख ११ हजार रूपैयाँ पुगेको सीआइबीको दाबी हो ।
विभिन्न कृषि फर्महरूबाट रामकेवलको खातामा एक करोड १४ लाख रुपैयाँ, रामकेवलका छोरा डीडीसीका कर्मचारी जितेन्द्रकुमार यादवको खातामा २७ लाख रूपैयाँ समेत एक करोड ३२ लाख रुपैयाँ गएको सीआइबीको दाबी छ । जोरपाटी दुग्ध उत्पादन संस्था भरतपुरलगायत कृषि फर्महरूबाट जुनियर टेक्निसियन मनहरि शर्माको खातामा एक करोड १५ लाख रूपैयाँ जम्मा भएको छ ।
सिम्ले दुग्ध खरिद बिक्री फर्मबाटजुनियर प्राविधिक सहायक विजयकुमार यादवले ४६ लाख १३ हजार रुपैयाँ, डीडीसीका कर्मचारी शिवनन्द रायले दैनिक पारिश्रमिकका नाममा विभिन्न कृषि फर्मबाट एक करोड ६९ लाख रुपैयाँ र नवीन राय यादवले एक करोड ९३ लाख रुपैयाँ बुझेको सीआइबीको दाबी हो ।
सीआइबीले गत जेठ १३ गते डीडीसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौँ दुग्ध संस्थानको कार्यालय बालाजुमा छापा मारेर सबै कागजात नियन्त्रणमा लिएपछि उक्त रहस्य खुलेको हो । सुशान्त पशुपालन केन्द्र, लालीगुराँस पशुपालन फर्म, एमएनएमबी भैँसी पालन तथा कृषि फर्म, सिर्जना पशुपालन तथा कृषि फर्म, जयनरी पशु विकास फर्म, सक्रिय महिला दुग्ध उत्पादन सहकारी संस्था, सर्लाही एकीकृत कृषि तथा पशुपन्छी फर्म, सर्लाही डेरी उद्योग, जयप्रिय कृषि तथा सहकारी संस्था लि., अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लि., जोरपाटी दुग्ध उत्पादन सहकारी संस्था लि., सिम्ले दुग्ध खरिद बिक्री फर्म, राप्ती हरियाली दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, सर्लाही कृषि तथा पशुपन्छी फर्म, पन्त पशुपालन फर्म, सोडारी गाई फर्म र भैरवपुर भैंसी पालन पशुपन्छी फर्मबाट कर्मचारीहरूले रकम बुझेको अनुसन्धानमा खुलेको छ ।
डीडीसीले विभिन्न दुग्ध तथा कृषि सहकारी संस्थाहरूबाट ल्याएको दुधकोचिल्लो पदार्थ, दूध र पानी छुट्याएपछि बन्ने पदार्थ (एसएनएफ) को आधारमा दुधको मूल्य तोक्छ । कर्मचारीहरूले किसानलाई दूधमा भएको चिल्लो पदार्थ र एसएनएफ नबताई लुकाउने र गलत रेकर्ड देखाएर रकम असुल्ने गरेका छन् । कर्मचारीहरूले किसानलाई सम्पर्क गरी आफूले चिल्लो पदार्थको मात्रा बढाइदिएको रकम बराबर आफूलाई फिर्ता गर्न दबाब दिन्थे । कर्मचारीहरूले कहिले दूध बिग्रेको बहाना गरी कहिले अन्य बहानामा किसानसँग रकम असुल्ने गर्छन् ।
महाप्रबन्धक झाको पालामा किसानलाई भुक्तानी गर्नुपर्ने रकम ८५ करोड बाँकी रहेको छ । किसानलाई रकम भुक्तानी नगरी डीडीसी डुबाउन लागिपर्ने भ्रष्ट कर्मचारीहरूको सम्पत्ति राष्ट्रियकरण किन हुँदैन ? सरकारी संस्थानलाई घाटामा पु¥याउने यस्ता भ्रष्ट कर्मचारीहरूको साँठगाँठ शासक दलका नेता र मन्त्रीसम्म पुगेकै हो ? डीडीसीले नगरकोट र सल्लाघारीको दूध सङ्कलन केन्द्र बन्द गरेको यसरी नै भ्रष्टाचार गर्न हो ? के रास्वपा सरकारले डीडीसीको चीजको विज्ञापन यसरी भ्रष्टाचार गराउन गरेको हो ?
Leave a Reply