भर्खरै :

देश जलेको क्लिप

  • कार्तिक १७, २०८३
  • प्रीति
  • कविता
देश जलेको क्लिप

हिजो,
बिचौलिया न्यायाधीश भेट्थे
आज,
न्यायाधीश बिचौलिया भेट्छन्
घुस खुवाउने र खानु
कारोवार त एउटै हो
किनभने,
यो जेन्जीको सरकार हो
हिजो,
सिंहदरबार सम्पदा थियो
आज,
सिंहदरबार खरानी भयो
किनभने,
सुरक्षा निकाय मौन थियो
‘वी डिड इट’ बोलेकै थियो
देश जलेको क्लिप
सञ्जालमा राखेकै थियो
आतङ्कमा चुनाव गराएर
सरकारमा पुगेकै हो ।
(२०८३ कार्तिक १६ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *