क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ
- जेष्ठ २८, २०८३
राजन
भारतीय मिडिया कति तल्लो तहमा झरेर रिपोर्टिङ गर्छन् भन्ने कुरा त हामी नेपालीले महाभूकम्पको समयमा नै थाहा पाइसकेका थियौँ । तर त्यसको निरन्तरता हालसालैमात्र विश्व मानचित्रमा विकसित हुँदै गएको घटनाक्रमले थप पुष्टि गरेको छ ।
हालैमात्र भारतले रुससँग गरेको एस. ४०० मिसाइल डिफेन्स सिस्टम ४ बिलियन डलरमा खरिद गर्ने सम्झौतालाई संसारमा कसैले नगरेको अद्वितीय कामको रूपमा प्रचार गरेको थियो । जग हँसाउने गरी यति धेरै उत्ताउलिन जरूरी थिएन । भारतले मात्र यस्ता हतियार पाएझैं गरी पाकिस्तान र चीन अब भारतको अगाडि किरा फट्याङ्ग्रा सावित भएझैं गरी भारतीय मिडियाले लगातार फुकेका थिए । जबकि यस्तो सिस्टम चीनले केही वर्षअगाडि नै पाइसकेको छ । रुसले आफ्नो प्रतिद्वन्द्वी सैनिक गठबन्धन नाटोभित्रको देश टर्कीलाई समेत एस. ३०० दिने भएको छ र सिरियामा हालै डेलिभरी दिइसकेको छ । अर्कोतिर इरानलाई निकट भविष्यमा दिने भएको छ ।
केही समय अगाडिको कुरा हो, प्रजग कोरियाका नेता किमको चीन भ्रमणको अर्को एउटा ऐतिहासिक घटनालाई पनि अत्यन्त आधारहीन, सतही ढङ्गबाट प्रसारण गरिएको थियो । यो कार्यक्रम हेर्ने जो कोहीले पनि सहजै अनुमान गर्नसक्थ्यो भारतीय मिडिया कति कलुषित मनोभावको थियो भनेर । कार्यक्रमको सुरूमै धर्मलाई पूरै बन्देज लगाइएको अधर्मीहरूको देश प्रजग कोरियाका तानाशाह भन्ने भाव झल्किने गरी प्रस्तुत गरिएको थियो । यो त्यही देशको मिडिया हो जहाँ जनावरलाई पूजा गरेर मान्छेलाई जनावर बनाइन्छ । के चाहिँ सत्य हो भने कम्युनिष्टहरू धर्मलाई अफिमको रूपमा लिन्छन् जुन कुराको पुष्टि उनकै भारतमा भइरहेको छ । कर्ममा भन्दा धर्ममा विश्वास गर्ने भएर मान्छेको बलि दिएर देउता खुसी पार्ने देश भारत नै हो । भारतीय मिडियाको तर्क कति आधारहीन थियो भने भारतलाई घेर्न चीन र प्रजग कोरिया मिलेको रे । समाचारलाई कौतुहलपूर्ण बनाउने नाममा यति नीच तर्क नगर्नुपर्ने हो तर दास मानसिकता संस्कारमा हुर्केको प्रायोजित समाचार बनाउनमा पोख्त भारतीय मिडियाको विशेषता नै भएको छ । संसारको एक नम्बरको साम्राज्यवादी अमेरिकालाई चुनौती दिने देश प्रजग कोरियालाई भारतसँग गलफत्ती गर्ने फुर्सद पनि सायद नहोला । जहाँसम्म चीनको कुरा छ अहिलेको अवस्थामा चीनले भारतलाई प्रतिस्पर्धी पनि ठानेको छैन । त्यसैले भारतलाई घेर्ने नै हो भने चीनलाई प्रजग कोरियाको सहयोग चाहिन्छ जस्तो लाग्दैन । यो हदैसम्मको निकृष्ट पत्रकारिता हो ।
५ हजार किलोमिटर दूरीमा रहेको भारतसँग कहीँबाट सिमाना नजोडिएको एक सार्वभौम राष्ट्र प्रजग कोरिया आफ्नो नजिकको छिमेकी मित्र चीनसँग आफ्नो मुलुकको हित कसरी हुन्छ भनेर छलफलका निम्ति भएको किमको भ्रमणमाथि हीनताबोधले ग्रस्त भारतीय मिडियालाई यति सा¥हो किन टाउको दुखाइ ? वास्तवमा यो आ–आफ्नो वर्गीय चरित्र र साम्राज्यवादीहरूको औजारको रूपमा भारतीय मिडियाहरू प्रयोग भइरहेको दरिलो प्रमाण हो ।
अर्को कुरा भारतीय मिडिया आफू बिक्न जे पनि गर्छन् । भारतीय मिडियामा चीन हावी रहन्छ किनकि भारतमा चीन सजिलोसँग धेरै बिक्छ जसरी नेपालमा भारत बिक्छ । चीनविरोधी हावा फैलाएर आफ्नो टीभी च्यानल बिकाउन होडबाजी नै चल्छ, आजकल भारतमा । भारत चीनसँग दाजिन पाउँदा आफैलाई ठूलो ठान्दोरहेछ । कतिसम्म भने चिनियाँ सामान बहिष्कार गरौं भनेर भारतीय झण्डा फहराउँदै जुलुस गरेको दृश्य टीभीमा देखाउँछ तर उनीहरूले बोकेको भारतीय झण्डा पनि चीनमा बनेको कुरा चाहिँ भन्दैनन् ।
हालैमात्र भारतमा एकताको प्रतीकको रूपमा सरदार बल्लभभाइ पटेलको सालिक अनावरण गरिएको थियो । जुन संसारको अहिलेसम्मको सबैभन्दा अग्लो मूर्तिको रूपमा लिइएको छ । भारतीय सञ्चारमाध्यमले सबैभन्दा अग्लो मूर्ति भन्दै गर्दा यसभन्दा अघिको सबैभन्दा अग्लो चीनको ‘स्प्रिङ टेम्पले’ अब दोस्रो भएको कुरा बडो स्वाद लिदै भनेका थिए । तर चाखलाग्दो कुरा के छ भने भारतको ‘एकता मूर्ति’ लाई बाहिरबाट ढाक्ने सम्पूर्ण काम चीनमा भएकोे थियो ।
समय थियो, दोक्लाम विवाद भर्खरैमात्र सकिएको । चीनको उहानमा चीनका राष्ट्रपति सि चिन फिङ र भारतका प्रधानमन्त्री मोदीबीच शिखर वार्ता भएको थियो । तर भारतीय सञ्चारमाध्यमहरू भेटवार्ताबारे यति तुच्छ भाषामा प्रस्तुत भए, यो शिखरवार्ता चीनको लागि बाध्यता र भारत आफ्नो हात माथि पार्न सफल भएको छ भनेर दोक्लाम विवादसँग जोडेर प्रचार गरे । जबकि मोदी आफैले चीन गएर दोक्लाम विवादपछिको समयलाई सामान्य पार्न खोजेका थिए ।
अर्को एउटा घटना, एकताका भारतीय महिला विश्व सुन्दरी प्रतियोगितामा प्रथम भएकी थिइन् । त्यसबारे भारतीय मिडियाको हेडलाइन जोसुकैको निम्ति लाजमर्दो थियो । हेडलाइन थियो । “नारी सुन्दरी महाशक्ति राष्ट्र ‘भारत’ !” जुन देशमा सबभन्दा बढी बलात्कारका घटना घट्छन्, जुन देशमा २० करोड नारी कुपोषणले ग्रसित छन्, जहाँ नारी वस्तुको भाउमा बिक्री हुन्छन्, त्यस्तो देशका नारी विश्वमा महाशक्ति रे ! लाज पचेका ! विश्व सुन्दरीको नाममा सौन्दर्य प्रशाधन बनाउने कम्पनीले भारतीयहरूलाई ‘मुर्गा’ बनाएको पछिमात्र थाहा पाएछ, भारतीय मिडियाले ।
आफूभन्दा ठूलाको टाङमुनि नै छिर्ने र आफूभन्दा सानोलाई होच्याउने भारतीय मिडियाको विशेषता रहेको अर्को घटना, भारतीय प्रधानमन्त्री अमेरिकाको भ्रमणमा हुँदा राष्ट्रपति ट्रम्पसँगको भेटको दृश्य टीभीमा देखाउँदै प्रस्तोताले भने “यो मोदी र ट्रम्पको भेट चीन र पाकिस्तानले देख्यो भने ईष्र्याले कुन हालतमा पुग्छ होला ?” हैट् ! अमेरिकी गुलामी !
भारतीय न्यूज च्यानलको विश्वसनीयता संसारमै न्यून त्यसै भएको होइन । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) को लागि रिर्चा एडलमनद्वारा गरिएको सर्वेक्षणअनुसार भारतीय मिडिया विश्वमा दोस्रो अविश्वनीय मिडियामा पर्छ । संविधानले दिएको वाक् स्वतन्त्रतालाई दुरूपयोग गरी आफ्नो फाइदाको लागि भारतीय मिडिया समाचार सम्प्रेषण गरिरहेको छ । कुनै घटनालाई चाहिनेभन्दा बढी प्रतिक्रिया दिने गर्छ, भारतीय मिडिया । सस्तो लोकप्रियताको लागि मनगढन्ते समाचार बनाउने, सर्वसाधारण जनतालाई क्षणिक खुशीको भ्रममा पारेर ‘टीआरपी’ बढाउने यस्ता गतिविधिलाई सुधार नगर्ने हो भने भारतीय समाजलाई दिग्भ्रमित त पार्ने नै छ, अर्कोतिर बाँकी विश्वले भारतीय मिडियाबाट आउने समाचारलाई पत्याउनै छाड्नेछ ।
Leave a Reply