भर्खरै :

युद्धको स्रोत नै संरा अमेरिका

एकातिर भियतनाममा संरा अमेरिका र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको दोस्रो सम्मेलन हुँदैछ भने अर्कोतिर दक्षिण अमेरिकाको स्वतन्त्र र प्रजातान्त्रिक देश भेनेजुयलामा गृहयुद्ध गराउन अमेरिकी साम्राज्यवादको ट्रम्प प्रशासन पूर्वमा शान्ति र पश्चिममा आक्रमणको मुद्दा देखाउँदैछ । साधारण जनता एउटै सरकार वा ट्रम्प प्रशासनको दोहोरो नीति के हो भनी जिज्ञासा राख्दैछन् ।
अमेरिका भन्नाले पश्चिमी गोलाद्र्ध वा उत्तर र दक्षिण अमेरिकी महादेशलाई नै सङ्केत गर्छ । तर, दक्षिण अमेरिकामा स्पेनियाली र अन्य यूरोपेली साम्राज्यवादीहरूले थिचोमिचो र उपनिवेश बनाएको हुँदा दक्षिण अमेरिका र क्यारेबियाली क्षेत्रलाई नै ल्याटिन अमेरिका भन्ने गरिन्छ ।
संरा अमेरिकाका पाँचौ राष्ट्रपति मुनरोले ‘अमेरिका अमेरिकीहरूको हो’ भन्ने नीति अगाडि सारे । त्यसको अर्थ हो – अमेरिकामा यूरोपेलीहरू नआउन् अर्थात् उपनिवेश बनाउन नआउन् भन्ने चेतावनी दिनु हो । त्यसबेला अमेरिका भर्खर उठ्दो साम्राज्यवादी शक्ति थियो ।
तर, आज परिस्थिति उल्टो छ । संरा अमेरिका आज ¥हासोन्मुख अवस्थाको साम्राज्यवाद हो । संसारका विभिन्न देशमा उसको डेढसय ठाउँमा सैनिक अखडाहरू छन् । यूरोपेली देशहरू ‘उत्तर एटलान्टिक सन्धि सङ्गठन’ (नाटो) को नाममा संरा अमेरिकाको नेतृत्वमा एक सैनिक सङ्गठन छ । कोरिया, भियतनाम, अफ्रिका, अफगानिस्तान, इराक, लिविया, सिरिया आदि युद्धमा अमेरिकी साम्राज्यवादले ती देशमा ठूलो जन–धनको क्षति ग¥यो तर उसले जसरी नाफा कुम्ल्याउने अनुमान गरेको थियो, त्यसअनुसार उसले नाफा पाउनुभन्दा बदनामी, शत्रुता, प्रतिकार र बदलाको आक्रोशमात्र पायो ।
संसारका हरेक विद्यालयका विद्यार्थीहरूले समेत थाहा पाए – संरा अमेरिका भनेको युद्धको श्रोत र हतियारको व्यापारी हो, हत्या–हिंसा र विध्वंसको सौदागर हो । यस अर्थमा हिजो उसले संसारलाई तर्साउन सक्यो तर आज उसको कर्तुतले सबै शान्तिप्रिय देश र संवेदनशील जनता अमेरिकी नीतिलाई युद्धकामी र विध्वंसकारी नीतिको रूपमा बुझ्दैछन् ।
एकातिर ल्याटिन अमेरिकामा क्युवा, भेनेजुयला, बोलिभिया र निकारागुआजस्ता प्रजातान्त्रिक र आफ्ना देशका जनताको सुख–शान्तिको निम्ति सङ्घर्षरत मुलुक छन् भने अर्काेतिर संरा अमेरिका ती देशहरूमाथि पहिलेजस्तै व्यापारको नाममा लुटपाट गर्ने, डलर आतङ्कले सबै देशहरूको अर्थतन्त्र कब्जा गर्ने र आफ्नै आदेशमा शासन चलाउने काम गर्दैछ । भेनेजुयलाका जनताबाट निर्वाचित राष्ट्रपति माडुरो हुँदाहुँदै अर्कै एक अमेरिकी कठपुतलीलाई राष्ट्रपति घोषणा ग¥यो । त्यस षड्यन्त्रलाई मान्यता दिएको खण्डमा सारा अमेरिकी देशहरूमा एक–एक गरेर वाशिङ्गटनबाटै राष्ट्रपति र प्रधानमन्त्रीहरू नियुक्ति गर्नेछ ।
यसकारण संयुक्त राष्ट्र सङ्घमा रूस, चीन आदि महत्वपूर्ण देशहरूले स्वतन्त्र र सार्वभौम भेनेजुयलामाथिको हस्तक्षेपलाई अस्वीकार गरे ।
मुनरो नीतिको ठीक उल्टो ट्रम्प प्रशासनले यूरोपेली साम्राज्यवादीहरूसँग भेनेजुयला र अमेरिकी देशहरूमा हस्तक्षेप गर्न गुहार माग्दैछ । तर, स्पेनबाट क्याटालोनिया टुक्रिँदैछ, बेलायत यूरोपेली सङ्घबाट बाहिरिने झञ्झटमा फस्दैछ, फ्रान्समा मूल्यवृद्धि र तलब घटाएको विरोधमा पहेँलो लुगा लगाउने आन्दोलन चालू छ । फ्रान्स र जर्मनी आफ्नै सेना बनाएर अमेरिकी सेनालाई पैसा तिर्नु नपर्ने चाजोपाँजो मिलाउँदै छन् । साम्यवादसँग लड्न यूरोपमा स्थापना गरेको ‘नाटो’ लाई अर्थात् अमेरिकी सेनालाई हरेक यूरोपेली देशसँग आफ्नो रक्षा बजेट दुई प्रतिशत अनिवार्य ‘कर’ माग्दैछ ।
अरबका देशहरूमा जात, भाषा र धर्मको भेदको बिउ छर्दै आपसमा भाइ–भाइ लडाउँदै हतियार बेच्दैछ ।
यस्तै बेला अमेरिकी र भारतीय सैन्य गठबन्धनमा बङ्गाल खाडीका छिमेकी देशहरू भारत, श्रीलङ्का, बङ्गलादेश, नेपाल, भुटान, म्यानमार र थाइल्याण्ड गरी बिम्स्टेक भन्दै एक नयाँ सङ्गठन बनायो र त्यसको लगत्तै मलेसिया र सिङ्गापुर मिलाएर ‘हिन्द–प्रशान्त’ सङ्गठन बनाउँदैछ ।
यसकारण ट्रम्प प्रशासन पूर्वको युद्धको सम्भावनाबाट भाग्न प्रजग कोरियासँग ‘शान्ति सम्झौता’ को खेल देखाउँदै शान्ति वार्ता प्रचार गर्दै पश्चिमी गोलाद्र्धमा लडाइँको तयारी गर्दैछ । तर, समय अगाडि बढिसकेको हुनाले ‘हिन्द–प्रशान्त’ नाराले पनि अमेरिकी साम्राज्यवादको पतनलाई रोक्न सक्नेछैन । अन्तर्राष्ट्रिय परिस्थितिले यही बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *