वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
– जमिला
अङ्ग्रेजी बुलेटिन ‘दि सोलिडारिटी’ को अङ्क ६ हालै प्रकाशित भयो । सोलिडारिटीका हरेक अङ्कले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नेमकिपाको दृष्टिकोण पाठकमाझ राख्दै आइरहेको छ । राष्ट्रिय वृत्तमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि नेमकिपालाई चिनाउने बुलेटिनको रूपमा सोलिडारिटी परिचित हुँदैछ । ‘दि सोलिडारिटी’ अन्तर्राष्ट्रिय एवम् नेपालका विभिन्न राजनीतिक उतारचढावबारे नेमकिपाको स्पष्ट दृष्टिकोण र विश्लेषण अन्तर्राष्ट्रिय समुदायबीच प्रस्तुत गर्ने एउटा दबु हो भन्दा उपयुक्त हुन्छ । विचारको आदानप्रदान जस्तो अति महत्वपूर्ण कार्य गरिरहेको सोलिडारिटी नियमित प्रकाशनको अपेक्षा पाठकहरू गर्छन् ।
यो पटक सोलिडारिटी नेमकिपाको ४५ औँ स्थापना दिवसलाई प्रमुख विषय बनाई प्रकाशित भयो । नेमकिपा स्थापनाका मुख्य–मुख्य आधारहरूलाई बुलेटिनले प्रकाश पारेको छ । नेमकिपा संशोधनवाद, साम्राज्यवाद, भारतीय विस्तारवादविरुद्ध तथा नेपाली कामदारवर्गको पक्षमा सङ्घर्षरत जनताको पार्टी हो भन्ने सन्देश सोलिडारिटीले दिन्छ । नेमकिपाको गौरवपूर्ण इतिहासका केही पृष्ठहरू पनि यो अङ्कले समेटेको छ । यस अङ्कको सम्पादकीयले नेमकिपाको सैद्धान्तिक अडान तथा गर्विलो योगदानको सङ्क्षिप्त चर्चा गरेको छ ।
पाकिस्तानमा सैन्य हस्तक्षेप गरी विभाजित गर्दा नेमकिपाले त्यसको कडा विरोध गर्दै अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरेको घटना आज पनि अत्यन्त स्मरणीय छ । हिजो पाकिस्तान, सिक्किममा मात्र होइन आज श्रीलङ्का, नेपाललगायत दक्षिण एसियाली मुलुकमा भारत प्रत्यक्ष हस्तक्षेप गर्दैछ । भारतले नेपालको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपविरुद्ध सोलिडारिटीले निरन्तर बोल्दै आइरहेको छ ।
माक्र्सवाद – लेलिनवाद र माओ त्सेतुङ् विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा आत्मसात् गर्दै अघि बढिरहेको नेमकिपाको रातो झण्डा सधैँ उँचो फहरिएको छ र फहरिरहने छ । का. रोहितको यो दृढ अडानलाई सोलिडारिटीले महत्वका साथ अघि सारेको छ ।
यस अङ्कको विशेष आकर्षणको रूपमा का. रोहितसँगको अन्तर्वार्ता प्रस्तुत छ । अन्तर्वार्ताको अध्ययनले पाठकलाई नेमकिपाको बलियो राजनीतिक आधार र ऐतिहासिक पृष्ठभूमिको जानकारी मिल्नुका साथै नयाँ जनसङ्घर्षको निम्ति प्रेरणा मिल्छ । कार्यकर्ताहरूलाई देश र जनताको निःस्वार्थ सेवा गर्न उत्साहित गर्ने का. रोहितको अन्तर्वार्ताले अझ समर्पित भावनाका साथ अगाडि बढ्न कार्यकर्तालाई हौस्याउँछ । का. रोहितको आशावादी विचारले अन्तर्वार्ता अझ ओजपूर्ण बनेको अनुभूत हुन्छ ।
उहाँ भन्नुहुन्छ – “नेमकिपाका इमानदार कार्यकर्ताहरू देश र जनताप्रति अटल विश्वास गर्दै आफ्नो यात्रालाई चालु राख्दैछन् । प्यास लाग्यो भनी विष खाने कम्युनिष्ट र वामपन्थीहरू नाङ्गिदैछन्, राजनीतिक उकाली ओरालीमा नेमकिपा निष्ठा र जनताप्रतिको विश्वासको कारण हिमालजस्तै अटल र कञ्चन छ ।” वर्तमान राजनीतिक परिवेशको सटिक विश्लेषण र नेमकिपाको भूमिकाबारे यथेष्ट जानकारी अन्तर्वार्तामा पाइन्छ ।
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा जिल्ला – जिल्लामा सम्पन्न विविध कार्यक्रमहरूको जानकारी, सन्देश र झलकहरू यस बुलेटिनले पस्केको छ । नेमकिपाको इतिहास, भूमिका, सङ्घर्षका विषयमा चर्चा गरिएको एस.आर.को लेखले नेमकिपालाई थप चिनाउने काम गर्दछ । नेमकिपाको ३० औँ राष्ट्रिय परिषद्ले पारित गरेका अन्तर्राष्ट्रिय प्रस्ताव एवम् परिषद्को सन्देश यस अङ्कले प्रस्तुत गरेको छ । भेनेजुयलामा संरा अमेरिकाले गरेको अन्यायपूर्ण हस्तक्षेप, हिन्द–प्रशान्त रणनीति, चीन–अमेरिका व्यापार युद्धका विरुद्धमा उठिरहेको आवाज यस अङ्कले प्रस्तुत गरेको छ । त्यतिमात्र होइन, प्रजग कोरियामा संरा अमेरिकाले थोपरिराखेको नाकाबन्दी हटाउन आह्वानसमेत गरेको छ ।
का. रोहितद्वारा लिखित ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकको तेस्रो तथा अन्तिम खण्ड सोलिडारिटीमा समाविष्ट छ । यस खण्डमा नेपालको परिवेशमा अक्टोबर क्रान्तिको महत्वबारे चर्चा गरिएको छ । का. रोहितको अत्यन्त महत्वपूर्ण पुस्तकहरूमध्ये एक ‘अक्टोबर क्रान्ति र यसको महत्व’ अङ्गे्रजी भाषामा प्रकाशित हुनु आपैmमा हर्षको विषय हो । विदेशी मित्रहरूले समेत का. रोहितको विचार अध्ययन गर्ने अवसर पाउनेछन् ।
चीनको आधुनिक राजनीतिक इतिहासको विषयमा छोटो चर्चा गरिएको सृजनाको लेख जानकारीमूलक छ । नेपालको कम्युनिष्ट आन्दोलनबारे चर्चा गरिएको नीरजको लेखले नेपालको वर्तमान राजनीतिक अवस्था बुभ्mन मद्दत गर्दछ । नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेको आरोह अवरोहलाई शब्दचित्रद्वारा प्रस्तुत गरिएको यस लेखले नेमकिपा कसरी जनताको पक्षमा उभियो भन्ने स्पष्ट दृष्टान्तसमेत पस्केको छ ।
चीनको खुलापन र सुधारको नीति, एक क्षेत्र एक मार्ग अगुवाइबारे छलफल गरिएको सुनिलको लेखले यसबारे थप अध्ययन गर्न उत्साहित गर्छ । धमिलो पानीमा माछा मार्ने संरा अमेरिकाको दुष्ट प्रवृत्ति, नीतिविरुद्ध एस.एस.को लेखमा छलफल गरिएको छ । हरेक सानो तथा स्वतन्त्र देशमाथि थिचोमिचो गर्ने, हस्तक्षेप गर्ने संरा अमेरिकाको ‘ब्वाँसो नीति’ चालू छ । लिविया, सिरियामा संरा अमेरिकाले गरेका दमन, दक्षिण चीन सागर विवाद त्यसैका दृष्टान्तहरू हुन् । साम्राज्यवादी अमेरिकाका गलत कदमहरूविरुद्ध यस लेखमा चर्चा गरिएकोे छ ।
यस अङ्कभित्र भेनेजुयलामा संरा अमेरिकाले गरेको हस्तक्षेपविरुद्ध नेमकिपाको वक्तव्य समाविष्ट छ । सि चिङ फिङलाई अध्यक्ष रोहितको सन्देश, कोरियाली मजदुर पार्टीलाई नेमकिपाको बधाई सन्देश, साम्राज्यवादविरोधी योद्धा माइकल लुकासलाई चिठ्ठी, टानौडा (ठूलो आँधी) बाट प्रताडित क्यूवाली जनतालाई सन्देशका साथै थुप्रै अरू जानकारीमूलक सामग्री यस अङ्कमा छ ।
‘सोलिडारिटी’ संवेदनशील समुदायलाई लक्षित गरी प्रकाशन भइरहेको एउटा महत्वपूर्ण बुलेटिन हो । यसको नियमित प्रकाशनको बौद्धिक समुदायबाट अपेक्षा गरिनु स्वाभाविक हो । बुलेटिनको रङ्गीन साज–सज्जाको प्रशंसा नगरी बस्न सकिन्न । सोलिडारिटीको प्रत्येक अङ्क उत्तिकै सङ्ग्रहणीय एवम् पठनीय छ । यस अङ्कको निम्ति सोलिडारिटी प्रकाशन समितिप्रति साधुवाद ।
Leave a Reply