नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
इस्तानबुल, ४ मार्च । साउदी पत्रकार जमाल खास्सोगीको मृत शरीर टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदूतको निजी निवासको प्राङ्गणमा एउटा अग्नीभट्टी (ओभन) बनाई नष्ट गरिएको समाचार सार्वजनिक भएको छ । अल जजिरा अरबिकले आइतबार राति प्रसारण गरेको वृत्तचित्रअनुसार साउदी वाणिज्यदूतावासभित्र हत्या गरिएका पत्रकारको शवलाई एक हजार डिग्री सेल्सियसको तापक्रम रहेको भट्टीमा नष्ट गरिएको थियो । खास्सोगीको हत्यापछि उनको शरीरका टुक्राहरू वाणिज्य दूतको आवासमा पु¥याइएको निष्कर्षसहित टर्कीका अधिकारीहरूले सो स्थानको स्थलगत अवलोकन गरिसकेका छन् ।
साउदी वाणिज्य दूतले दिएको निर्देशनअनुसार अग्नीभट्टी बनाएका एक मजदुरले भट्टी निकै गहिरो र एक हजार डिग्रीभन्दा बढी तापक्रम थेग्न सक्ने खालको भएको बताए । त्यत्ति तापक्रम धातु पगाल्न मनग्य हुने बताइएको छ ।
पत्रकारको शरीरका अङ्ग जलाइएको सत्य छोप्न सो भट्टीमा अर्को एक टुक्रा मासु डढाइएको थियो ।
अल जजिराले खास्सोगीका केही मित्र, उनका जीवनसाथी, टर्कीनिकट केही पत्रकार र केही पूर्व राजनीतिक, सञ्चार तथा सुरक्षा अधिकारीहरूसँगको अन्तर्वार्ताको आधारमा सो वृत्तचित्र बनाएको बताइएको छ ।
टर्कीका अनुसन्धान अधिकारीहरूले दूतावास भवनका भित्तामा खास्सोगीका रगतका टाटा फेला पारेका थिए ।
साउदी अरबका राजकुमारका तीखो आलोचक मानिएका खास्सोगी गएको अक्टोबर २ बाट इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्रै बेपत्ता भएका थिए । उनी आफ्नो विवाहसम्बन्धी केही कागजात लिन दूतावास पसेका थिए ।
साउदी अरबको दूतावासले सुरुमा पत्रकार जमाल सुरक्षित रुपमा दूतावासबाट बाहिरिएको दाबी गरिरहेको थियो । तर एक सातापछि उनको दूतावासभित्रै हत्या भएको पुष्टि भएको थियो ।
टर्कीका अनुसन्धान अधिकारीहरू खास्सोगीको हत्या गर्न साउदी सरकारले कम्तीमा पन्ध्र जनाको हत्यारा टोली परिचालन गरेको बताउँछन् ।
Leave a Reply