नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जर्मन सांसदहरु Tobias Plfuger, Gabriele Katzmarek र Anke Domscheit Berg ले भक्तपुरमा सोमबार भेट गर्नुभयो । उक्त अवसरमा नेपालका लागि जर्मन राजदूत च्यलबमि क्अजबभायच को पनि सहभागिता थियो ।
सांसद सुवालले नेपालको संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक भएको जानकारी गराउनुभयो । उहाँले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा जर्मन सरकारको सहयोग यहाँका जनतामा ताजा स्मरणमा रहेको बताउनुभयो ।
सांसद सुवालले २०७२ को भूकम्पमा जिल्लामा २८ हजार र भक्तपुर नगरका ८ हजार घर क्षति भएको उल्लेख गर्दे सहरभित्रका अझै आधाभन्दा बढी भत्किएका घर पन्छाउने र पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा जीर्णोद्धार र विकास कार्य जनताको सहभागितामा आर्थिक अनुशासनमा रहेर अघि बढिरेहको चर्चा गर्नुभयो ।
जर्मन सांसद त्यदष्बक ले सफा नगर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्दै भूकम्पपछि भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो र आगामी दिनमा पनि सहकार्य जारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भाषानुवाद सम्पदा एवम् विकासविज्ञ रवीन्द्र पुरीले गर्नुभएको थियो भने जर्मन दूतावासका सञ्जीवजी र महतोजीको पनि उपस्थिति थियो । यसअघि जर्मन सांसदहरुले लाय्कू, तौमढी र दत्तात्रयको दृश्यावलोकन गर्नुभएको थियो । उहाँहरु चार दिनअघि नेपाल आउनुभएको थियो । उहाँहरूको म·लबार फिर्ता हुने कार्यक्रम रहेको छ ।
Leave a Reply