नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
वासिङ्टन, २० फागुन (एएफपी) । अमेरिकी सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियरसहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदले औपचारिक छानबिन गर्न लागेका हुन् ।
अमेरिकी संसद्को न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्गसमेतका ६० व्यक्ति तथा संस्थामाथि संसद्ले छानबिन गर्न लागेको जानकारी दिए ।
संसद्मा विपक्षी डेमोक्रयाटिक पार्टीका वरिष्ट सदस्यसमेत रहका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अवरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताए । हाल अमेरिकी संसद्मा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ ।
सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ ।
धेरैजसो विश्लेषकले राष्ट्रपति ट्रम्पविरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाइको विषय बनेको जनाएका छन् । यी अनुसन्धान खासगरी ट्रम्पका व्यवसाय तथा परोपकारी कार्यका साथै कर छलीमा केन्द्रित भएका छन् ।
ट्रम्पका पूर्वनिजी वकिल माइकल कोहेनले पनि बुधबार संसदीय समितिसमक्ष लामो बयान दिएका छन् । सांसदले हालसम्म सार्वजनिक नभएका अरु तथ्य बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए ।
सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अवरोध गरेको देखिएको बताए । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी सङ्घीय जाँच व्यूरो (एफबीआई) समक्ष स्वीकारेका थिए ।
ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआइका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए ।
Leave a Reply