भर्खरै :

‘चीन–अमेरिका एउटै दिशातिर अघि बढ्नुपर्ने’ ः वाणिज्य मन्त्री शान

बेइजिङ, चीन, २१ फागुन (रासस÷सिन्ह्वा) ः चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले मङ्गलबार बताउनुभएको छ ।
दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै पक्षले एउटै दिशातिर अघि बढ्नु आवश्यक रहेको उहाँको भनाई छ ।
वाणिज्य मन्त्री शानले तेह्रौं राष्ट्रिय जन कांग्रेस दोस्रो अधिवेशनको उद्धाटन समारोहपछि ’मन्त्री च्यानल’मा उक्त भनाई राख्नुभएको हो ।
आपसी सम्झौता भएमा चीन र अमेरिका दुवै मुलुकलगायत विश्वको आर्थिक विकासको लागि पनि हितयुक्त हुने विश्वास पनि मन्त्री चुङले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *