विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
लक्ष्मणराज जोशी
साहित्यका विविध विधामध्येको एक पत्रसाहित्य विधाबारे एउटा सिङ्गो पुस्तक पढ्ने अवसर दिएकोमा सर्वप्रथम प्रकाशक र लेखकप्रति आभार व्यक्त गर्दछु ।
लेखक सुन्दर वासीले ‘पत्रसाहित्यमा रोहित’ शीर्षकको पुस्तक अद्योपान्त पढेपछि हरिबहादुर श्रेष्ठ र का. रोहितको नामबाट प्रकाशित पुस्तकहरूको गहन र विशद अध्ययन गरेको तथ्य सहजै अनुभूति हुन्छ ।
पुस्तकमा पत्रसाहित्यको उद्भव, अर्थ, तत्व, वर्गीकरण, विकास र परम्परालगायतका विस्तृत जानकारी दिइएको छ । पुस्तकमा पत्रसाहित्यका प्रकाशित विविध पुस्तक र फुटकर रचनाहरूको चर्चा गरी विश्लेषण गरिएको छ । यसबाट पत्रसाहित्यबारे टुक्राटाक्री जानकारी भएका पाठकलाई पत्रसाहित्यको एउटा भण्डारमै पु¥याएर अध्ययन गराएको छ । त्यसैले लेखक साधुवादका पात्र छन् ।
हरिबहादुर श्रेष्ठको नामबाट प्रकाशित साइन्स र डाक्टर पढ्ने भाइ बहिनीलाई चिट्ठी, मार्ग निर्देशन र का. रोहितको नामबाट प्रकाशित जेलका चिट्ठीहरू आदि नपढ्ने यस सभामा विरलै होलान् । आफूलाई अझ सचेत, सजग र ऊर्जाशील बनाउन धेरैले दोहो¥याई तेह¥याई पढेका होलान् । ती पुस्तकका विषयवस्तुलाई लेखक वासीले आप्mना अध्ययन र ज्ञानबाट थप विश्लेषण गरेका छन् । यसले पाठकहरूलाई ती पुस्तकको महत्व र अर्थ बुझ्न अझ सरल र सहज बनाएको छ ।
प्रकाशकीयमा भनिएजस्तो ‘जेलका चिट्ठीहरू’ जस्तो विशिष्ट कृतिबारे शोधपत्र तयार हुनु र शोधलाई परिमार्जन गरी ‘पत्रसाहित्यमा रोहित’ पुस्तक प्रकाशन हुनु खुसीको कुरा हो । त्यसले शोधपत्र तयार गर्न र पुस्तकाकारमा प्रकाशित गर्न परिमार्जन गर्न लेखक वासीले गरेको मिहिनेत सार्थक हुने विश्वास छ ।
पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रमा फसाइएका तत्कालीन नेमकिसंका अध्यक्ष का. रोहितले अर्धाङ्गीनी शोभाको नाममा लेख्नुभएका २१ वटा चिट्ठीहरूको सङ्गालो जेलका चिट्ठीहरूलाई केन्द्रविन्दुमा राखेर तयार गरिएको शोधपत्रले साहित्यिक विधामा ‘पत्रसाहित्य’ लाई मौलिक विधाको रूपमा स्थापित गर्न दरिलो टेवा दिने आशा छ ।
जेलका चिट्ठीहरूमा के छ भन्नेबारे लेखक वासीले पृष्ठ १२८ मा लेखेका छन्–
“जेलका चिट्ठीहरूमा देशको चिन्ता छ । देशको कला, संस्कृतिको चिन्तन छ । नेपाली सभ्यताको गौरव र खस भाषाको रूपमा मात्र होइन, सबै नेपाली जातजातिको साझा भाषाको रूपमा नेपाली भाषा अनि साहित्यको समृद्धिको आकाङ्क्षा छ । संसारका प्रसिद्ध साहित्यकार, दार्शनिक, कलाकार, वैज्ञानिकहरूको प्रेरक प्रसङ्ग र जीवनीहरूको चर्चा छ । नेपाललाई संसारमा चिनाउन योग्य, सक्षम, असल र आदर्श व्यक्ति निर्माणमा ठूलो चासो छ । पत्रहरूमा बालमनोविज्ञानलाई पनि अत्यन्तः नजिकबाट अध्ययन गरिएको छ ।”
“यसरी जेलका चिट्ठीहरूको विषयवस्तुमा विविधता पाइन्छ । नेपाली पत्रसाहित्यको विकास क्रममा जेलका चिट्ठीहरूले विशिष्ट योगदान पु¥याएको छ । नेपाली पत्रसाहित्यलाई गुणस्तरीय बनाउन जेलका चिट्ठीहरू अर्थपूर्ण र सार्थक देखिएको छ । यसकारण समालोचकहरूले नेपाली पत्रसाहित्यमा जेलका चिट्ठीहरूलाई अद्वितीय कृतिका रूपमा उच्च मूल्याङ्कन गरेका छन् ।”
पुस्तकमा अगाडि भनिएको छ– “नेपाली साहित्यिक दबुलीमा रोहितद्वारा लिखित जेलका चिट्ठीहरू पत्रसाहित्यले विशिष्ट स्थान हासिल गरेको छ । नेपाली पत्रसाहित्यमा रहेको गुणात्मकताको अभाव पूर्ति गर्ने काम जेलका चिट्ठीहरूले गरेका छन् । जेलका चिट्ठीहरू श्रीमान् श्रीमतीबीचको प्रेमालाप पत्रसाहित्य होइन । यसले नेपाली भाषा, विश्व साहित्य, संस्कृति, शिक्षा, बालमनोविज्ञान, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक उतारचढावबारे रोहितको दृष्टिकोणलाई मुखरित गरेको छ । जेलका चिट्ठीहरूमा रोहितको व्यक्तिगत जीवन र उनको पारिवारिक पृष्ठभूमिबारे प्रकाश पारिएको छ । जेलका चिट्ठीहरूले नेपालको प्रजातान्त्रिक तथा देशभक्तिपूर्ण आन्दोलनका अद्वितीय अगुवा रोहितको जीवनका विभिन्न पक्ष र दृष्टिकोण उजागर गरेको छ । यसकारण जेलका चिट्ठीहरू नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (का. रोहित) को आत्मसंस्मरण हो भन्दा समीचीन होला ।”
यसरी अध्ययन गर्नैपर्ने राम्रा कृतिमा लेखक वासीले राम्रै शोधपत्र तयार गरेका छन् । यसको सराहना गर्नैपर्छ र बधाई दिनैपर्छ । यद्यपि यहाँ आफूले पुस्तक अध्ययन गर्दै जाँदा गरिएको टिपोटबारे केही चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
शोधपत्रलाई परिमार्जन गरिए पनि पुस्तक अध्ययन गर्दा शोधपत्र पढेकै अनुभूति हुन्छ । शोधपत्रमा एउटै कुरा धेरै ठाउँमा दोहोरिंदा अध्ययनमा कता कता असहजताको अनुभव भयो ।
पुस्तकको शीर्षकमा ‘पत्रसाहित्यमा रोहित’ मात्र लेखिँदा रोहित को होला भन्ने लाग्नसक्छ । हामीले चिनेको का. रोहित जेलका चिट्ठीहरूका लेखक पनि हुनुहुन्छ । पुस्तकका लेखक वासीले जेलका चिट्ठीहरूका लेखक राजनीतिक व्यक्तित्व भएको पनि लेखेका छन् । त्यसैले का. या कामरेड रोहित लेखेको भए पाठकहरू रत्तिभर भ्रमित हुने थिएनन् ।
फागुन २६ गते अर्थात् आज श्रद्धेय अध्यक्षज्यूको जन्म दिन हो । यस शुभ अवसरमा श्रद्धेय अध्यक्षज्यूको सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना दिन चाहन्छु ।
पुस्तकको संस्करणमा पहिलो नलेखी मितिमात्र लेखिँदा अमिल्दो लाग्यो । संस्करण पहिलो लेखेर मिति पनि राखेको भए सुनमा सुगन्ध हुने थियो । गोरखापत्रमा सायद धनकुटातिरका कुनै पाठकले लेखेको ‘सम्पादकलाई चिट्ठी’ हरू सङ्कलन गरी पुस्तकाकारमा प्रकाशित भएको कतै पढेको थिएँ । त्यसलाई पनि शोधपत्र या पुस्तकमा उल्लेख गरिएको भए राम्रै हुन्थ्यो भन्ने लाग्छ ।
अमर सहिद गंगालालको चिट्ठी उद्धृत गरिएकोले पुस्तकको ओजन बढेको छ । त्यस्तै भारतका अमर सहिद भगत सिंहको चिट्ठी, अन्नालुई स्ट्रङ्गको ‘लेटर्स फ्रम चाइना’ को पनि चर्चा या उल्लेख गरिएको भए पत्रसाहित्यलाई थप टेवा पुग्थ्यो ।
पुस्तकको पृष्ठ ६१ मा हरिबहादुर श्रेष्ठको दोस्रो कथासङ्ग्रह ‘एकादेशको कथा’ लेखिएको छ । पहिलोको नाम पनि उल्लेख गरेको भए थप जानकारीमूलक हुन्थ्यो ।
पुस्तकको पृष्ठ ६३ मा २०१७ सालपछि रोहितले स्थानीय निकायको निर्वाचनमा भाग लिएको, जनवर्गीय सङ्गठन र राष्ट्रिय पञ्चायतको निर्वाचनमा भाग लिएको व्यहोरा तथ्यसँग मेल खाँदैन । त्यसलाई सुधार्नुपर्ने देखिन्छ ।
त्यस्तै पृष्ठ ८० मा पास्नीमा सुवानले के रोज्यो भन्ने सन्दर्भमा खाद्य पदार्थभन्दा पुस्तक, कलमलगायतको वस्तु बालकले रोज्यो वा छोयो भन्ने अर्थमा लिइन्छ ।
पृष्ठ ८१ मा भक्तपुर काण्डको बेला पञ्चायती राज्य आतङ्क भक्तपुर र काठमाडौं उपत्यकाभित्र मात्र होइन बाहिरसम्म चलाइएको थियो ।
पृष्ठ ८९ मा ‘२०३४ सालमा प्र.ने.म.कि.सङ्घ को निर्माण गरियो’ र पृष्ठ ९० मा ‘२०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको’ लेखिएको छ । यसले पाठकहरू भ्रमित हुने देखिन्छ, अतः सच्याउनु आवश्यक छ ।
पुस्तकमा का.रोहितका कान्छो छोराको नाम सुवान र विवेक दुईवटा लेखिएको छ । त्यसबारे हामी अलमलमा नपरे पनि अरु पाठक भ्रमित हुने देखिन्छ । त्यस्तै पृष्ठ १०६ मा भारतीय साहित्यकार प्रेमचन्दका छोराको नाम विमल होइन अमृत राय र पृष्ठ १२२ मा सवाना आजमीका बुबा निकात आजमी नभई सøयीद अख्तर हुस्सेन रिज्वी हुनुपर्ने जो कैफी आजमीको नामले सुपरिचित थिए ।
पुस्तकमा केही मुद्रा राक्षस हुँदाहुँदै समग्रमा लेखक वासीले राम्रा पत्रसाहित्यको राम्रो विश्लेषण गरी नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेका छन् । उनको कलम अथक रूपमा निरन्तर चलिरहोस् शुभकामना । धन्यवाद !
Leave a Reply