विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नीरज लवजू
– पुस्तकको नाम ‘पत्रसाहित्यमा रोहित’ भए पनि पुस्तकको धेरै हिस्सा का. रोहितको पुस्तक ‘जेलका चिठीहरू’ मा सङ्कलित चिठीहरूकै चर्चामा खर्चिएको छ । १३६ पृष्ठको पुस्तकमा ७३ पृष्ठ ‘जेलका चिठीहरू’ कै चर्चामा खर्चिएको छ ।
– हरिबहादुर श्रेष्ठको नाममा रोहितले लेखेका अन्य चिठीहरूभन्दा ‘जेलका चिठीहरू’ थप महत्व बोकेको कृति भएको पुस्तकका लेखकले सङ्केत गरेका छन् । अन्य चिठी साहित्यलाई बढीमा साढे तीन पृष्ठमात्र दिएका छन् । त्यसकारण यसलाई मूलतः ‘जेलका चिठीहरू’ कृतिको कृतिगत अध्ययन भन्नुपर्छ ।
– लेखकले ‘जेलका चिठीहरू’ लाई ‘माक्र्सवादी सौन्दर्यचेतबाट ओतप्रोत’ भनेका छन् । (पृष्ठ १३१–१३२) तर, त्यसको कहीं कतै पनि पुष्ट्याईँ दिइएको छैन । कुन पत्रको कुन विचार माक्र्सवादी सौन्दर्यचेतबाट ओतप्रोत भन्नेबारेमा पुस्तकमा कहीँकतै उल्लेख भएको देखिँदैन । लेखक समाजवादी यथार्थवादी धाराका पथप्रदर्शक भएकोमा पनि लेखकले थप पुष्ट्याईँ दिन आवश्यक ठानेका छैनन् ।
– पुस्तक पढ्दै जाँदा केही ठाउँमा अघिल्लो वाक्य र त्यसपछिको वाक्य÷प्रसङ्गबीच दुरी वा खाडल भएको पाठकले महसुस गर्नसक्छन् । जस्तै पृष्ठ ११५ को छैटौं पङ्क्ति र त्यसपछिको वाक्यमा प्रसङ्ग अन्तर हुन गएको देखिन्छ । पृष्ठ ११६ मा दोस्रो अनुच्छेदको अन्तिम वाक्य र त्यसअघिको वाक्यबीच प्रसङ्ग अन्तर हुन गएको छ । पृष्ठ १५ को पहिलो अनुच्छेदको दोस्रो अन्तिम वाक्य र त्यसअघिको वाक्यबीचको प्रसङ्ग अन्तर भएको पाठकले महसुस गर्नसक्छन् । पृष्ठ ११६ को अन्तिम अनुच्छेदको पहिलो वाक्यमा ‘शारीरिक श्रम गर्ने जनशक्तिको भए पनि’ लेखिएकोमा केही शब्द छुट्न गएको देखिन्छ ।
– पृष्ठ ५२ को पहिलो अनुच्छेदमा लेखकले ‘जेलका चिठीहरू’ कृतिको प्रसङ्गबिना कुनै भूमिका प्रवेश गराएका छन् । यसले ‘जेलका चिठीहरू’ बारे थाहा नपाएका पाठक अल्मलिन सक्छन् । एकै वाक्यको भए पनि परिचय दिन आवश्यक छ । ‘रोहितको आकृति’ पुस्तकको भने परिचय दिइएको छ ।
– पृष्ठ ७३ को दोस्रो अनुच्छेदमा २०४६ सालको फागुन ८ मा भक्तपुरमा भएको पञ्चायतविरोधी जुलुसमा चार जना सपुतले सहादत प्राप्त गरिसकेपछि जेलमा रहेका रोहितलगायतका कार्यकर्तालाई भेट्न नदिइएको र ‘अत्तोपत्तो थाहा दिइएन’ भनी लेखिएको छ । तर, त्यत्तिबेला उनीहरूलाई कहीँ लगिएको थियो वा जेलभित्रै भएर पनि भेट्न दिइएको थिएन भन्नेबारे केही भनिएको छैन । पाठक यसमा उत्सुक हुनसक्छन् ।
– पृष्ठ १२७ मा ‘जेलका चिठीहरू’ लाई ‘आकस्मिक रूपमा तयार भएको एउटा पत्रसाहित्यिक कृति’ भनिएको छ । तर, यहाँ जुन आशयले आकस्मिक शब्दको प्रयोग भएको छ, त्यो उपयुक्त होइन कि ! ‘जेलका चिठीहरू’ मा समावेश चिठी प्रकाशित गर्ने उद्देश्यले लेखिएका होइनन् भन्नेमा सहमत हुन सकिन्छ । तर, कृति नै आकस्मिक रूपमा जन्मेको भन्नु उचित होइन ।
– पृष्ठ १३१ मा ‘जेलका चिठीहरू’ लाई का. रोहितको आत्मसंस्मरण पुस्तक भनियो । निःसन्देह यसमा संस्मरणका केही तत्व भएर पनि यो कृतिलाई आत्मसंस्मरण भन्न समीचीन नहोला ।
– पुस्तकको खण्ड २ ‘नेपाली पत्रसाहित्यको परम्परा’ मा नेपाली भाषामा पुस्तकाकारमा प्रकाशित वा विभिन्न पत्रपत्रिकामा प्रकाशित पत्र साहित्यबारे चर्चा गरिएको छ । नेपाली भाषामा पत्र साहित्य शैलीमा लेखिएको उपन्यास ‘सीमा वारिपारि’ लाई लेखकले छुटाएको देखिन्छ । पत्रैपत्रमार्फत लेखिएको यो उपन्यासको शैली नेपाली भाषामा नौलो मानिएको छ । त्यस्तै लेखक आफै संलग्न रही प्रकाशित भएका ‘नौलो आयाम’ का विभिन्न अङ्कमा प्रकाशित राकथाका पत्रहरूको चर्चा यसमा नहुनु अनौठो विषय हो ।
– श्रमिक साप्ताहिक र मजदुर दैनिकमा विगत केही वर्षदेखि झण्डै नियमितजस्तै प्रकाशित हुने गरेको हजुरबुबाको चिठीबारे पनि यसमा केही छलफल हुनु उचित थियो ।
– दिवङ्गत लेखक कृष्णदास श्रेष्ठको कृति ‘नेपालको कम्युनिष्ट आन्दोलनबारे एक बेनामी चिठी’ को प्रसङ्ग पुस्तकमा आउनुपर्ने थियो ।
– पुस्तकमाथि टिप्पणी गर्दा ‘जेलका चिठीहरू’ माथि टिप्पणी हुन जानेमा म सचेत छु । पुस्तकमा लेखक सुन्दर वासीले लेखेका केही वाक्य भने निकै सुन्दर र लालित्यपूर्ण लाग्यो । केही उदाहरणः
क) श्रीमती शोभाले पनि पटुकीमा पोको पारी राखेको आफ्नो पेवालाई जस्ताको तस्तै सार्वजनिक स्वामित्वमा हस्तान्तरण गरेकी छिन् । (पृष्ठ ९०)
ख) रामायण र महाभारत महाकाव्यहरू सत्यकथा हो कि दन्त्यकथा हो भन्ने विषयमा भारतका कैयौं विद्वानहरूले आफ्ना कपाल चाँदीजस्तै चम्काइसकेका छन् । (पृष्ठ १२०)
ग) यी उत्साहित पार्ने रोहितका शब्दहरूको सहारामा जरुर पनि पञ्चायती अमानवीय दमनबाट निस्सासिएका शोभाहरूको मुक्तिको उज्यालो संसार चियाएका होलान् । (पृष्ठ ११७)
घ) पञ्चायती जेलको कठोर बन्धनबाट पत्रहरू बाहिर पठाउनु कंसको बा¥ह ढोका भएको जेलबाट कृष्णलाई वृन्दावन पु¥याउनुभन्दा सहज थिएन । (पृष्ठ ७५)
ङ) कति पत्रहरूमा उल्लेख भएका विषयहरू त्यत्तिबेला नबुझे पनि सत्यको लागि डटेर लड्ने ऊर्जा प्रवाह हुन्थ्यो । ती पत्रहरूमा शोभाका लागि कुनै शब्द थिएनन्, मात्र प्रेम थियो । ती पत्रहरूमा कुनै भाषा थिएन, मात्र कसैलाई पनि बोल्न र भेट्न नहुने पञ्चायती षड्यन्त्रको अन्धकार चिर्ने चिराग थियो । (पृष्ठ ७३)
– लेखकले आफूले चर्चा गर्दै गरेको कृतिमा व्यक्त विचारको व्याख्यामात्र गरेका छैनन्, बरु उनी आलोचनात्मक रूपमा प्रस्तुत भएका छन् । होमनाथ सुवेदीको आप्रवासीका पत्र कृतिमा अमेरिकालाई एकातिर भूस्वर्ग देख्ने अनि अर्कोतिर अभिव्यक्त गर्न प्रतिबन्ध लेख्नुलाई उनले छ्यासेका छन् । ‘जेलका चिठीहरू’ का पाँचौं पत्रमा केही भाषिक विचलन देखेका छन् ।
– लेखक स्वयं नेपाल मजदुर किसान पार्टीको कार्यकर्ता हुँदा अध्ययन गरिएका कृतिबारे उनको बुझाइ र त्यसको व्याख्या अझ गुनिलो छ । पार्टी गतिविधिबाट टाढा बसेका अध्येताले कृतिको विश्लेषण गर्दा आउने आसत्न्दा प्राविधिकता ज्यादा हुने, विषयवस्तुको सतही बुझाइ र गलत बुझाइबाट यो पुस्तक टाढा छ । बरु लेखकले जेलका चिठीहरूसँग जोडिए । आउने धेरै प्रसङ्गमा यसअघि बाहिर नसुनिएका वा थाहा नभएका जानकारी पनि बाहिर निकालेका छन् ।
पृष्ठ १०५ को पहिलो अनुच्छेदमा लेखिएको जानकारी यसको उदाहरण हुनसक्छ– “एकचोटि नेपाल–भारत सीमाको स्तम्भ खम्बा झिकेको झगडामा रोहितका बुबाले एक दुईजना सिपाहीँहरूको साथ गएर विवाद सल्टाएर आएको बरोबर चर्चा हुन्थ्यो ।” –पृष्ठ ८९ को गाउँ फर्क अभियानको क्रममा राजा महेन्द्रसँग सामूहिक भेटको प्रसङ्ग र प्रापक शोभा प्रधानबारे यसमा धेरै यसअघि नजानिएका जानकारी समावेश छन् ।
– परीक्षा प्रयोजनको लागि तयार गरिएको शोधका आफ्नै सीमितता हुने गर्छ । तर, त्यसलाई पुस्तकको रूपमा प्रकाशित गर्दा केही परिमार्जन हुनु आवश्यक हुन्छ । यो पुस्तकमा पनि केही अनुच्छेदलाई लेखकले माया मारेर निकालेका भए यसको अध्ययनमा पाठकले स्वाद मान्ने थिए । पृष्ठ १४ का पहिलो अनुच्छेद यस्तो माया मारिनुपर्ने अनुच्छेद हो भन्ने लाग्छ ।
Leave a Reply