भर्खरै :

मजदुर वर्गको राज्य पेरिस कम्युन

का.रोहित
१८४८ जून महिनामा पेरिसका मजदुर वर्गको विद्रोहलाई पुँजीपति वर्गले निर्दयतापूर्वक दबाइदियो । १० डिसेम्बर १८४८ को दिन पुँजीपति वर्गले राष्ट्रपतिको चुनाव ग¥यो । पुँजीपति वर्गले नेपोलियनको भतिजो लुई नेपोलियनलाई धनजनले मद्दत ग¥यो । किसानहरूमा बूढो नेपोलियनको वीरताको खूब प्रचार गरेर नयाँ नेपोलियनको पक्षमा मत लिने छल ग¥यो । चुनावमा लुई नेपोलियन जित्यो र राष्ट्रपति बन्यो । त्यसलाई नेपोलियनले तेस्रो भन्ने चलन छ ।
२ डिसेम्बर १८५१ मा नेपोलियन तेस्रोले राष्ट्रिय प्रतिनिधिसभा भ· ग¥यो । २ डिसेम्बर १८५२ मा पुँजीपति वर्गले राष्ट्रपति नेपोलियन तेस्रोलाई सम्राट घोषणा ग¥यो । मजदुर वर्ग र स–साना पुँजीपति वर्गले मात्रै त्यसको विरोध गरे । तर, सेनाको समर्थन उसलाई थियो । बैङ्क व्यवस्थाबाट अनेक सुविधाहरू पाएर पुँजीपति वर्गले त्यसबाट उद्योग र व्यापारमा विकास गर्ने मौका पायो । व्यापार र उद्योगको विकासले बजारको निम्ति अरू देश कब्जा गर्ने नीतिहरू बनाउन थालियो । त्यसकारण १८५४ र १८५६ को बीचमा उसले रूसमाथि हमला ग¥यो । अफ्रिका र हिन्दचीनमा उपनिवेशवादी शासन कायम ग¥यो । मेक्सिकोमा आफ्नो दलाल सरकार कायम गर्न खोज्यो । टर्कीमाथि कब्जा गर्न र रूसलाई हराउन बेलायतसँग मिल्यो । त्यो लडाइँ सा¥है खर्चालु लडार्इं सावित भयो । त्यो खर्च पूरा गर्न उसले किसानहरूमाथि कर लगाउन थाल्यो । उसले ठूल–ठूला जमिनदार र पुँजीपति वर्गको एक गुटको स्वार्थ पूरा गथ्र्यो । १८६० मा बेलायती सामान पनि फ्रान्समा भित्रिन दिन एक सम्झौता ग¥यो । त्यसले फ्रान्सेली पुँजीपति वर्गलाई नोक्सान गथ्र्यो । यसकारण पुँजीपति वर्गको एक हिस्सा उसँग रिसायो ।
किसानहरू करको बोझले उसँग रिसाउँदै थिए । तिनीहरू ऋणमा डुब्दै थिए र असन्तोष बढ्दै गयो । मालसामानको भाउ बढ्दै गयो । जनतासँग पैसा थिएन । मालसामान बिकेन, कल–कारखाना राम्रो चल्न छोड्यो । मजदुर वर्ग बेकार भए । गरिबी झनझन चर्कदै गयो । मजदुरहरूलाई कारखानामा दिनको १२ देखि १६ घण्टासम्म काम गराउँथ्यो । १८६७ मा लिरे भन्ने कोइलाखानीमा मजदुरहरूले हडताल गरे । ज्याला बढाउन र ८ घण्टाको कामको माग मजदुरहरूले गरे । त्यस्तै लेक सोडामा स्चोडरका मजदुरहरूले हडताल गरे । हडताल दबाउन सेनाको प्रयोग ग¥यो । त्यसबाट क्रद्ध भई ठाउँ–ठाउँमा मजदुरहरूको सघर्ष बढ्दै गयो । थिचोमिचो र दमनको विरोधमा ठाउँ–ठाउँमा जनसभा, प्रदर्शन र हडतालहरू हुन थाल्यो । गणतन्त्रवादीहरूले शासक गुटको विरोधमा प्रचार र स·ठन गर्दै गए । १८७० जनवरी महिनामा २ लाख जनताले सरकारको विरोधमा जुलुस गरे । ‘गणतन्त्र अमर होस् ¤’ र ‘बोनापार्ट मुर्दावाद ¤’ भनेर जनताले नारा लगाए ।
मजदुर आन्दोलनलाई दबाउन र जनताको असन्तोषलाई मोड्न पुँजीपति वर्गले नयाँ छल ग¥यो । फ्रान्सले जर्मनीमाथि धावा बोल्यो । जर्मनी त्यसबेला स–साना टुक्रामा विभाजित थियो । त्यो एक भएमा बलियो हुन्थ्यो । बलियो भए त्यसमाथि फ्रान्सले थिचोमिचो गर्न सक्दैनथ्यो । जर्मनी एक हुन खोज्दै थियो । फ्रान्सेली पुँजीपति वर्ग त्यो चाहँदैनथ्यो । जर्मनी पनि फ्रान्सेली पुँजीपति वर्गले गर्ने आक्रमणसँग जुझ्न तयारी गरिरहेको थियो । जर्मनीका राज्यहरूमा प्रशिया सबभन्दा बलियो राज्य थियो । त्यसबेला प्रशियाका प्रधानमन्त्री विस्मार्क थियो । रूस, बेलायत, इटाली आदि देशहरू पनि फ्रान्सको पक्षमा थिएन । विस्मार्कले पूरै लडाईको तयारी गरेको थियो । फ्रान्स चाहिँ स्पेनलाई आफ्नो प्रभाव क्षेत्र मान्थे । विस्मार्कले स्पेनको गद्दीमा आफ्नो पक्षको मानिसलाई राख्न लगायो । त्यो कार्य फ्रान्सको निम्ति एक हाँक थियो ।
१७ जुलाई १८७० मा फ्रान्सले प्रशियाको विरोधमा लडाइँको घोषणा ग¥यो । तर, प्रशिया पूरै तयारी साथ बसेको थियो । फ्रान्सको सेनाभन्दा उसको सेना दोब्बर थियो । तर, युद्धको निम्ति फ्रान्सको पूरा तयारी थिएन । आवश्यक नक्साहरू पनि थिएनन् । २ सेप्टेम्बर १८७० को दिन सेडान भन्ने ठाउँमा १ लाख सेनासहित नेपोलियन तेस्रोले आत्मसमर्पण ग¥यो ।
सेडानको हारको समाचार पेरिसमा पुग्यो । जनता नेपोलियन तेस्रोको विरोधमा विद्रोह गर्न थाले । ४ सेप्टेम्बरको दिन जनता व्यवस्थापिका सभाभवनमा घुसे । सम्राट नेपोलियन तेस्रो गद्दीबाट निकालिएको घोषणा गरे र गणतन्त्रको घोषणा गरे । मातृभूमि बचाउने माग गरे । लियो गामबेला भन्ने एक पुँजीवादी राजनीतिज्ञको नेतृत्वमा एक अस्थायी पुँजीवादी सरकार बन्यो । त्यसको नाम ‘राष्ट्रिय प्रतिनिधिसभामा राजतन्त्रवादीहरू बहुमतमा थिए । तिनीहरू प्रशियासँग सम्झौता गर्न चाहन्थे । तर, जर्मनीका पुँजीपति वर्गले आफ्नो हतमाथि पारिसकेपछि फ्रान्सेली इलाकाहरूमा धावा बोल्दै रक्षात्मक युद्धलाई अब लुटपाट र डकैती युद्धमा फेरिदियो । जर्मनी अब फ्रान्सको अलसास र लोरेन प्रान्त कब्जा गर्न चाहन्थ्यो । फ्रान्सेली गणतन्त्र अब रक्षात्मक युद्ध लड्न थाल्यो ।
१७ सेप्टेम्बरको दिन जर्मन सेना पेरिस पुग्यो । मजदुरहरूले जनतालाई सशस्त्र गर्न सरकारसँग माग ग¥यो । सरकारले जनतालाई हतियार दिन कर लाग्यो । २२० नयाँ डिभिजन पेरिसको राष्ट्रिय गार्डमा थपियो । पहिलेको साठी बटालियन सेना बाँकी नै थियो । हरेक घरबाट एक सिपाही भए । शत्रुसँग धेरै ठाउँमा भिडन्त सुरू भयो । फ्रान्सेली जनताको वीरता र साहस उँचो थियो । तर, लडाईंको निम्ति पूरा तयारी गर्न नसकिएकोले लडाईंहरू हार्न थाले । मार्शल बाजेनले १ लाख ७० हजार सेनासहित आत्मसमर्पण गरिदियो । पेरिस शत्रुको घेरामा प¥यो । राजतन्त्रवादीहरू र पुँजीपति वर्ग तर्सिन थाले । तिनीहरू प्रशियाको अगाडि घुँडा टेक्ने पक्षमा गए । प्रशिया अलसास र लोरेन प्रान्त हात पार्न चाहन्थ्यो र ५ अर्ब फ्राँक लडाईंको हर्जाना चाहन्थ्यो । साथै एक निश्चित समयसम्म पेरिसमा आफ्नो सेना राख्न चाहन्थ्यो । सम्झौताको निम्ति प्रशियाको दबाब बढ्दै थियो । प्रशियाले पेरिसमा गोलावारी सुरू ग¥यो । खान नपाएर कामदार जनताका छोरा–छोरी मर्न लागे । जनताको आर्थिक स्थिति सा¥है खराब हुँदै गयो । तर, सम्पत्ति भएको वर्गचाहिँ मोजमज्जा गर्दै थियो । तिनीहरू प्रशियाको सबै शर्तहरू मानेर भएपनि घुँडा टेक्ने नीतिमा अडिग थियो । भित्र–भित्र मेलमिलाप गर्दै गयो ।
पुँजीपति वर्गको यस विश्वासघाती नीतिले मजदुरहरू सतर्क हुन थाले । पेरिसका बीसौँ जिल्लाहरूबाट मजदुर र कालिगढहरूको प्रतिनिधि एक बैठकमा भेला भए । त्यस प्रतिनिधिहरूको बैठकले एक तयारी समिति गठन ग¥यो । पुलिसको काम जनतालाई सुम्पने, सरकारी पदाधिकारीहरूको चुनाव गर्ने, भाषण, सभा, स·ठन र प्रेस स्वतन्त्रता दिने आदि कार्यक्रमका मुख्य विषयहरू थिए । ती प्रजातान्त्रिक विषयहरूलाई मागको रूपमा पेरिसको पर्खालहरूमा टाँसिदिए । व्यापारीहरूको सबै खाद्यान्न जफत गर्ने र जनतामा सस्तो मूल्यमा वितरण गर्ने माग जनताले गरे । जनताले त्यस राष्ट्रिय रक्षा सरकारलाई सरापे । ती मागजहरूमा सत्ता जनतालाई सुम्पने मागहरू लेखिएको थियो । पुँजीपति वर्ग विदेशी शत्रुभन्दा घरका क्रान्तिकारी मजदुर वर्गसँग डराउँथे । तिनीहरूले शत्रुको अगाडि घुँडा टेक्ने निश्चय गरे ।
३१ अक्टोबर १८७० को दिन मजदुर कालिगढहरूको विभिन्न गुटहरू मिलेर पेरिसको भिले होटल कब्जा गरे । राष्ट्रिय रक्षा सरकार भ· गरेको घोषणा गरियो । मजदुरहरूको तयारी समितिले एक केन्द्रीय समितिको रूपमा काम गर्न थाल्यो । मजदुर वर्गले त्यसलाई कम्यून अथवा क्रान्तिकारी सरकार घोषणा ग¥यो । मजदुरहरूले नारा लगाए–‘कम्यून अमर होस् ।’ त्यो एक विद्रोह थियो ।
त्यसकारण पुँजीपति वर्गको राष्ट्रिय रक्षा सरकारले त्यस विद्रोहलाई दबाउन सबै बन्दोबस्त गर्न थाल्यो । मजदुर वर्गले पनि २२ जनवरी १८७१ को दिन त्यस सरकारलाई राष्ट्रिय विश्वासघाती सरकार भनेर हतियारको बलमा उल्टाउने कोसिस गरे । तर, त्यो योजना असफल भयो । पुँजीवादी सरकार र सेनापति मजदुर वर्गदेखि सतर्क थिए । धेरै विद्रोहीहरू गिरफ्तार गरिए र जेलमा बन्द गरिदियो ।
२८ जनवरी १८७१ को दिन त्यस विश्वासघाती सरकारले जनतालाई थाहै नदिई प्रशियासँग घुँडा टेक्ने युद्ध बन्द गर्ने सन्धिमा हस्ताक्षर ग¥यो । सन्धिको लगत्तैपछि चुनाव गर्ने घोषणा ग¥यो । फ्रान्सको ३ भाग मध्य एक भाग शत्रुको कब्जामा थियो । ती ठार्उहरूको भुनावमा शत्रुहरूले हुनसम्म मद्दत गरेर प्रतिक्रियावादीहरूलाई जिताए । धर्ममाथि विश्वास गर्ने र पिछडिएको गाउँ–गाउँमा धर्माधिकारीहरूले जनतालाई धोखा दिएर राजतन्त्रवादीहरूलाई मत दिन लगाए । पेरिस शत्रुबाट घेरिएको थियो । त्यसकारण त्यहाँ मतदान भएन । ७०० प्रतिनिधिहरूमध्ये ४५० प्रतिनिधिहरू राजतन्त्रवादीहरू जिते । त्यस राष्ट्रियसभाले एक नयाँ सरकार गठन ग¥यो । त्यसको मुखिया एडोल्फ थियर थियो ।
थियर एक कुख्यात प्रतिक्रियावादी थियो । १८३० को आन्दोलनको बेला पेरिसका मजदुरहरूलाई गोली हन्न लगाउने क्रुर गुण्डो थियो । ऊ एक पुँजीवादी वकिल, झूठा इतिहासकार र राजनीतिज्ञ थियो । प्रतिनिधिसभाको सदस्य थियो र ऊ राष्ट्रपति बन्यो । पुँजीपति वर्ग पेरिसका क्रान्तिकारी वर्गसँग डराउँथ्यो । यसकारण राष्ट्रिय सभा वोर्डकस भन्ने सहरमा बस्यो । वोर्डकस फ्रान्सको दक्षिण पश्चिमतिर पर्छ । राजधानी पनि पेरिसबाट भर्सलिजमा सा¥यो । भर्सेलिज पेरिसभन्दा केही माइल दक्षिण पश्चिमतिर पर्दछ ।
थियरको सरकारले मजदुर वर्गलाई घुँडा टेकाउन मजदुरविरोधी नीति लियो । घेरामा परेको बेलामा राष्ट्रिय गार्डले तलब नपाउने र डेराको बहाल भत्ता नदिने निर्णय ग¥यो । त्यो निर्णय मजदुर वर्गलाई दबाब दिने र डेराबाट निकाल्न लगाउने षडयन्त्र थियो । प्रजातान्त्रिक अखबारहरू बन्द गरियो । क्रान्तिकारी नेताहरूलाई गिरफ्तार गर्न सुरू गरियो ।
त्यस प्रतिक्रियावादी नीतिले गर्दा मजदुरहरूमा देशभक्ति र क्रान्तिकारी भावना बढ्दै गयो । फेब्रुअरी १८७१ मा राष्ट्रिय गार्डको केन्द्रीय समितिको बैठक बस्यो र जनतालाई देश बचाउन आह्वान ग¥यो । राष्ट्रिय गार्डसँग तोप र गोलाबारूद थियो । त्यो मजदुरकै चन्दाबाट जुटाइएको थियो ।
१८ मार्च १८७१ को दिन ती तोपहरूमाथि कब्जा गर्न थियरले सरकारी पल्टन पठायो । समयमै मजदुरहरूले थाहा पाए । खतराको घण्टी बज्यो । सबै मजदुरहरू तोप राखेको ठाउँमा पुगे । मजदुरहरूले फेरि तोप आफ्नो हातमा लिए । सरकारी अफिसरले सिपाहीहरूलाई मजदुरहरूमाथि गोली चलाउन आदेश दियो । सिपाहीहरूले अफिसरहरूको आदेश मान्न अस्वीकार गरे । उल्टै अफिसरहरूमाथि गोली हाने । तोपहरू राष्ट्रिय गार्डकै हातमा रह्यो ।
सशस्त्र राष्ट्रिय गार्ड र मजदुरहरू पेरिसको केन्द्रतिर लम्के । सरकारी व्यारेकमाथि कब्जा गरियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले पेरिस कब्जा गर्ने आदेश दियो । विद्रोहीहरूले सरकारी छाउनी, स्टेशनहरू, सरकारी भवनहरू र सहरको मुख्य–मुख्य ठाउँ कब्जा गरे ।
थियर र उसका मन्त्रीहरू पेरिस छोडेर भागे । सरकारी पल्टन पनि भर्सेलिजमा भाग्यो । राष्ट्रिय गार्ड र मजदुर वर्गले भिले होटल र युद्ध मन्त्रलायमा रातो झण्डा फहराइ दिए । १८ मार्च १८७१ को दिन पेरिसका मजदुर वर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समिति पेरिसको सरकार बन्यो । पुँजीपति वर्गलाई पेरिसका मजुदर वर्गले सत्ताबाट गलहत्याएर निकालिदियो ।
मजदुर वर्गको नयाँ सरकार पेरिस कम्यून
२६ मार्च १८७१ को दिन पेरिस कम्यूनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट जम्मा ८५ प्रतिनिधिहरूको चुनिए । त्यसमध्ये आधा मजदुरहरू थिए । २१ जवान पुँजीपति वर्गका थिए । अरू बाँकी चाहिँ कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार आदि थिए । सबै प्रतिनिधिहरूको हिसाब गर्दा अत्यन्त बहुमत प्रतिनिधिहरू मजदुर वर्गका थिए । पेरिस कम्यूनको नेतृृत्व मजदुर वर्गको हातमा थियो २८ मार्च १८७१ को दिन प्रतिनिधिहरूले पेरिसमा नयाँ सरकारको घोषणा गरे । त्यस सरकारको नाम ‘ पेरिस कम्यून’ राखियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले कम्यूनलाई आफ्नो शक्ति सुम्पेको घोषणा ग¥यो । बैण्ड बाजा बजाएर जनताले खुसी मनाए र नारा लगाए – ‘कम्यून अमर होस् ।’
‘पेरिस कम्यून’ जनताको राज्यको सबभन्दा माथिल्लो अ· थियो । पेरिस कम्यून ऐन–कानुन बनाउने एक विधायिका सभा र कार्यान्वयन गर्ने कार्यपालिका दुवै थियो । सेना, जन–सुरक्षा, विदेश सम्बन्ध, न्याय, जन–सेवा, शिक्षा, खाद्य, श्रम, श्रम विनिमय, अर्थसम्बन्धी कार्यहरू विभिन्न कार्य समितिहरूमार्फत काम चालू गरे । जनतालाई चित्त बुझेन भने आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउने अधिकार दिइयो । तर, केही निजामती कर्मचारहीहरू पुँजीपति वर्गको राजधानी भर्सेलिज भागे । बाँकी भएकाहरूले नयाँ सरकारको मातहतमा काम गर्न अस्वीकार गरिदिए । २१ जवान पुँजीवादी प्रतिनिधहरूले कम्युनलाई त्यागी दिए अथवा कम्युनलाई बहिष्कार गरे । ३५ हजार कम्युनहरूबाट ७ लाख नगर सदस्यहरू चुनिएका थिए । त्यसमध्ये विरोधीहरू ८ हजारमात्र थिए ।
स्रोत ः विश्वका प्रसिद्ध मजदुर आन्दोलन
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *