भर्खरै :

ब्रह्मायणी जात्रा व्यवस्थित रुपमा सञ्चालन हुने

भक्तपुर, ३ चैत । प्रत्येक वर्ष बिस्केट जात्राको क्रममा अन्य वडामा झैँ भनपा वडा नं. ९ मा हुने ब्रह्मायणी जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सुसञ्चालन गर्न ब्रह्मायणी जात्राका गुठीयारहरूले समयमै जात्रा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, गुठियार तथा युवाहरूको आइतबार बसेको भेलाले ब्रह्मायणी जात्रालाई समयमै व्यवस्थित गर्ने निर्णय गरेको हो ।
ब्रह्मायणी जात्रा सञ्चालनको क्रममा खर्च बढ्दै गएको हुँदा समयअनुकूल थप खर्चको रकमको व्यवस्था गर्न गुठी संस्थानले पहल गर्ने र स्थानीय वडावासीले पनि जात्रालाई सहयोग गर्ने सो भेलाले गरेको छ ।
अर्काे वर्षमा हुने ब्रह्मायणी जात्रालाई थप व्यवस्थित गर्न सम्बन्धित सरोकारवाला पक्ष र स्थानीय जनताबीच छलफल गर्दै जाने निर्णय पनि सो भेलाले गरेको छ ।
ब्रह्मायणी जात्रा सञ्चालनको लागि जग्गाको व्यवस्था गरिएको छ । गुठी संस्थानका कार्यालय प्रमुख सुवेदीका अनुसार तैनाथी जग्गामा मोही लाग्दैन या त्यस्तो जग्गामा मोही नामसारी र अंशवण्डा लाग्दैन । आफूले जोत्दै आएको जग्गाको आम्दानीले नै जात्रा सञ्चालन गर्छ, जात्रा छोडेमा या सञ्चालन नगरेमा जग्गा पनि छोड्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *