क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
का.रोहित
कम्युनले गरेका कार्यहरू
कम्युनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासन व्यवस्था लागू ग¥यो । पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्कभन्दा बढी नहुने नयाँ तलब दर लागू ग¥यो । कम्युनका सदस्य अर्थात् प्रतिनिधिसभाका सदस्यहरू र मन्त्रीहरूको तलब पनि साधारण ज्यामीको सरह गरिदियो । त्यो रकम बेलायतको एक स्कूल, पाठशालाहरू या शिक्षण संस्थाहरू धार्मिक चर्चको पञ्जामा थियो । त्यसले विज्ञान र विवेकलाई थिचिराखेको थियो । ८ अप्रिलको दिन शिक्षण संस्थाहरूलाई चर्चबाट अलग गर्ने ऐन पास गरिदियो । चर्चलाई राज्यबाट अलग गरिदियो । धर्म मानिसको व्यक्तिगत विश्वासको रूपमा तल झारी दियो । धार्मिक कामको निम्ति सरकारले दिने गरेको रकम बन्द गरिदियो । जन्म–मृत्यु र विवाह दर्ता पनि कम्युन आफैले गर्ने निधो ग¥यो । स्कूलमा धार्मिक ऐनहरू पढाउन बन्द गरिदियो । धेरै चर्च र मठहरू जनताको सभाभवन बनाइदियो । कम्युनले स्कूलबाट सबै धार्मिक तस्वीर र चिन्हहरू, उपदेश र प्रार्थना आदि सबै चित्रहरू झिकिदियो । जनतामा निःशुल्क र अनिवार्य शिक्षा लागू ग¥यो । नयाँ–नयाँ स्कूलहरू खोलिए, जन–विरोधी पादरीहरूलाई गिरफ्तार गरिए । युगौदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडाली दियो । विज्ञानलाई चर्चको सिक्रीबाट छुटकारा दियो ।
बदनाम भएका पुराना पुलिस र सेनालाई भङ्ग गरेर वार्ड वार्डको आधारमा जनतामा स्वयंसेवक संस्थाको स्थापना ग¥यो । त्यसका अफिसरहरू आफूमध्येबाट चुनिए । पुरानो अनिवार्य सैनिक भर्ती प्रथा खारेज गरेर हतियार बोक्न सक्ने सबै लोग्ने र स्वास्नी मानिस राष्ट्रिय गार्डमा सामेल हुनसक्ने नियम बनाइयो । यो नियम सेनामा लागू गरिनू प्रजातान्त्रिक पद्धतिको एक उदाहरण थियो ।
सार्वजनिक क्षेत्रमा केन्द्रीय सरकारका अधिकारहरू स्थापना ग¥यो । नगरपालिका र अड्डा–अदालतका सबै काम कम्युनले आफ्नो हातमा लियो । न्यायपालिकाका सदस्यहरू जनताबाट चुन्ने व्यवस्था ग¥यो । न्यायको त्यस व्यवस्थाले भ्रष्टाचार, चोरी, डकैतीको जगजगी भएको पेरिस राती पनि ताला लगाउन नपर्ने पेरिसमा फेरियो ।
पेरिसबाट भागेका मालिकहरूको कारखाना मजदुरहरूलाई नै जिम्मा दिइयो । मालिकहरू बाँकी भएका कारखानाहरूमा ज्याला कम्युनले नै तोकी दियो । कारखानेदारहरूले मजदुरहरूलाई सजाय गर्न नपाउने आदेश दियो । बन्धक राखिएका पसलहरू गरिब जनतालाई नै फर्काइ दियो । अक्टुबर १८७० देखि १८७१ अप्रैल सम्मको घरको बहाल माफी गरिदियो र दिइएको रकमलाई पेश्की मानियो । माध्यम वर्गको ऋण ३ वर्षभित्र विना व्याजले किस्ताबन्दीको रूपमा तिर्ने बन्दोबस्त गरिदियो । त्यस्तो बन्दोवस्तले पसले, कालीगण्ड, व्यापारी र मध्यमवर्ग कम्युनको पक्षमा गए ।
बन्धक लिने संस्थालाई शोषणको संस्था भनेर बन्द गरिदियो । अँध्यारो, ओसिलो छिँडी र पानी चुहिने छानामुनि बसेका मजदुरहरूलाई पेरिसबाट भागेका धनी र पुँजीपति वर्गको घरमा डेरा सारी दियो । कामको समयमा मजदुरहरूको स–साना नानीहरू राख्ने शिशुशाला र बालोद्यानको बन्दोबस्त गरिदियो ।
मजदुर र महिलाहरूको नयाँ–नयाँ वर्गीय र राजनैतिक सङ्गठनहरू खुल्न थाल्यो । कामदार जनताले ठूलो उत्साहपूर्वक सहयोग र समर्थन गर्न लागे । कम्युनले १ लाख प्रति पर्चाहरू छापेर किसानहरूलाई एक हुन आह्वान ग¥यो । पर्चामा लेखिएको थियो– ‘पेरिस कम्युन जग्गालाई जोताहा किसानहरूकै गर्न चाहन्छ । काम गर्ने ज्यावलहरू सबै जनताको निम्ति मजदुरहरूको गर्न चाहन्छु,’ तल ‘पेरिसका कम्युनहरू’ भनेर लेखिएको थियो । त्यसबेला पुँजीपतिहरू र क्याथोलिक चर्चका धर्माधिकारीहरू गाउँ–गाउँमा गएर किसानहरूलाई मजदुर विरोधी प्रचारहरू गरिरहेका थिए । मजदुरहरूले ती पर्चाहरू बेलुनमा बाँधेर गाउँ–गाउँमा छर्न लगाए ।
कम्युनमा विदेशी मजदुर पनि निर्वाचित हुनसक्ने ऐन पास ग¥यो । कम्युनले विदेशी क्रान्तिकारीहरूलाई पनि कम्युनको मुख्य–मुख्य पदमा बसेर सेवा गर्ने मौका दियो । त्यो मौका विदेशी क्रान्तिकारीहरूलाई महान उद्देश्यको निम्ति गरेको बलिदानको सम्मानमा प्रदान गरेको थियो । कम्युन एक अन्तर्राष्ट्रिय सरकार हो । कम्युनको झण्डामा लेख्यो– ‘कम्युनको झण्डा संसारको प्रजातन्त्रको प्रतीक हो ।’
१८ मार्च १८७१ को क्रान्तिको रात प्रशियाको प्रधानमन्त्री विस्मार्कलाई निद्रा लागेन । पेरिसको क्रान्ति जर्मनीको सीमासम्म पुग्ला भनेर ऊ सा¥है डराइरहेको थियो । ऊ आफै छिटो सम्झौता गर्ने पक्षमा थियो । त्यसकारण थियरलाई शान्ति सम्झौताको शर्तहरू निश्चित गर्न दूतहरू पठाउने आदेशको सन्देश पठायो । थियरले दुई जना दूतहरू प्रशियाको राजधानी फैङ्कफर्ट पठायो । दूतहरूमध्ये एकजना जुलेस फाब्रे थियो । ऊ थियरको परराष्ट्रमन्त्री थियो । अर्को अगष्ट पौयर क्यूर्टिएर (ब्गनगकतब एयगथभच–त्तगभचतष्भच – १८२०) थियो । ऊ थियरको अर्थमन्त्री थियो । क्यूर्टिएर स्वयं एक कारखानेदार र राजतन्त्रवादी थियो ।
बिस्मार्कले तिनीहरूलाई साम्राज्यको पुनः स्थापना वा शान्ति सम्झौताका शर्तहरूमध्ये एक रोज्न भन्यो । शर्तमा हर्जाना तिर्ने समय घटाउने र फ्रान्सको स्थिति सन्तोषजनक नभएसम्म पेरिसको किल्लामा प्रशियाको सेना राखी छाड्ने कुरो पनि थियो । पेरिस कम्युनलाई खतम गर्न बन्दी बनाइएको बोनापार्टको सेनालाई पनि छोड्ने कुरो ग¥यो । त्यसलाई मद्दत गर्न प्रशियाको सम्राट विल्हेमको सेनापति दिने आश्वासन दियो । हर्जानमा पहिलो रकम पेरिस ‘शान्त भएपछि लिने’ कुरा ग¥यो ।
उसका शान्ति सम्झौताका शर्तहरू भर्सेलिजको सरकारले नमानेको खण्डमा साम्राज्यको पुनः स्थापनालाई मान्नुपर्ने थियो । साम्राज्यको पुनः स्थापनाको अर्थ त्यो सम्झौतालाई स्वीकार गर्ने सरकार स्थापना गर्नु नै थियो । थियरले आफ्नो सत्ता पनि छोड्नुपर्र्ने थियो । त्यसकारण उसका दूतहरूले पुनः स्थापना भन्दा शान्ति सम्झौताका शर्तहरूलाई स्वीकार ग¥यो । वास्तवमा त्यो एक लज्जाजनक घुँडा टेकुवा सम्झौता थियो ।
१० मई १८७१ को दिन थियर सरकारले त्यस सम्झौतामा हस्ताक्षर ग¥यो । अलसास र लोरेन प्रान्त जर्मनीको हातमा सुम्पिदियो । ५ अर्ब फ्राँक रकम सुनमा तिर्न मञ्जुर ग¥यो । १८ मईको दिन भर्सेलिजको राष्ट्रिय सभाले त्यसलाई स्वीकृति दियो ।
प्रशियाले लडाइँमा बन्दी बनाएका १ लाख फ्रान्सेली सेनालाई पेरिस कम्युन दबाउन फिर्ता दियो । शान्ति सम्झौतामा हारेको पक्षले सेना बढाउन दिंदैनथ्यो । तर, विस्मार्कले कम्युनलाई दबाउन भर्सेलिजको सरकारलाई सेना बढाउन दियो । पेरिसको उत्तरमा प्रशियाको ठूलो सेना थियो । प्रशियाले भर्सेलिजका सेनालाई त्यहाँबाट पेरिसमाथि हमला गर्ने बाटो छोडिदियो । पेरिस कम्युनका सल्लाहकारहरूले उत्तरतिरबाट भर्सेलिजको सेनाले हमला गर्न आउँछ भनेर चिताएकै थिएनन् ।
२० मईको दिन भर्सेलिजका शत्रुले पेरिसमाथि धावा बोल्यो । २१ मईको दिन शत्रु नगरभित्र पस्यो तर मजदुरहरूले शत्रुहरूलाई चारैतिर रोकिराखे । पेरिस सहरको चारैतिर सडकहरूमा पर्खाल बनाएर मोर्चा बनाएका थिए । केटाकेटी र आइमाईहरूसमेत लडिरहेका थिए । कम्युनका समर्थक कम्युनार्डहरू हरेक टोल र हरेक घरमा एक एक इञ्च जग्गाको निम्ति ज्यान दिएर लडिरहे । १० हजारभन्दा बढी मजदुरहरू मोर्चामा लडिरहेका थिए । पेरिसका मजदुरहरूले सहरलाई एक हप्तासम्म रक्षा गरिरहे ।
सबभन्दा पहिलो गढ पेरिसको ‘पिरे लाचेस सेमेट्री’ भन्ने चिहान थियो । २१ मईको दिनसम्म त्यहाँ २०० मजदुरहरू लडिरहेका थिए । आखिरमा भर्सेलिजका पल्टनले त्यसको मुख्य ढोकालाई तोपले फो¥यो र पल्टन भित्र पस्यो । कम्युनार्डहरू अन्टिम गोली भएसम्म लड्दै गए । बाँकी भएका कम्युनार्डहरूलाई पर्खालको कुनामा गोली हानेर मा¥यो । अन्तिम बन्दुक भएसम्म पेरिसमा रातो झण्डा फहरिरहेको थियो ।
२८ मई १८७१ को दिन पेरिस कम्युनको अन्तिम मोर्चा पनि हा¥यो, प्रतिक्रान्तिको जीत भयो ।
२० मई देखि २८ मईसम्मको त्यस हप्तालाई रगत बगेको मईको हप्ता भनिन्छ । पेरिसमा भर्सेलिजको पल्टनको कब्जा हुनासाथै अत्याचारको नाङ्गो–नाच चल्यो । थियर सरकारले शङ्का लाग्ने सबै मानिसहरूलाई गोली हानेर मा¥यो । कम्युनका नेताहरूलाई बडो यातना दिएर मा¥यो । कम्युनार्डहरूलाई मद्दत गरेको शङ्कामा आईमाई र केटाकेटी पक्रिए र मारिए । ६५० केटाकेटी पक्रिएका थिए । ३० हजार कम्युनार्डहरूलाई मुद्दै नचलाइ मा¥यो । ४० हजारभन्दा बढी जेलमा थुनिए वा अपराधीको रूपमा उपनिवेशहरूमा काम गर्न पठाइए । त्यो एक प्रकारको कालापानीको सजाय थियो । तिनीहरू त्यहाँ धेरै काम गर्दा गर्दै मरे अथवा आर्थिक कठिनाइ र बिरामी भएर मरे ।
२७ मई को दिन हरेक वर्ष ‘पिरे लाचेस सेमेट्री’ मा मजदुरहरूले एक सम्झना सभा गर्ने गर्छन् । पेरिसका कम्युनार्डहरूको सम्झनामा त्यस ठाउँलाई ‘कम्युनार्डहरूको पर्खाल’ नाउँ राखे । त्यो दिन हरेक वर्ष सहिद भएका मजदुरहरूका विधवाहरू त्यहाँ जान्थे । आफ्ना छोरा–छोरीहरूलाई भन्थेँ– ‘यही ठाउँमा तिम्रो बालाई पुँजीपति वर्गले मारेको थियो । त्यसको बदला तिमीले लिनुपर्छ ।’ यो सम्झना दिवस आज पनि हरेक वर्ष त्यहाँ मनाउने गर्छन् । इतिहासमा कहिले नभएको जस्तो वीरतापूर्वक लडेर सहीद भएका मजदुर वर्गका महान अग्रदूतहरूलाई सलाम गर्छन् । सहिद हुने बेलामा ती वीरहरूले नारा लगाएका थिए– ‘पेरिस कम्युन जिन्दावाद ¤’
पेरिस कम्युनको असफलताका कारणहरू
पेरिस कम्युनका मजदुरहरूले इतिहासमा नदेखिएको बहादुरी देखाएर लडे । असीम वीरतापूर्वक कम्युनको झण्डालाई ३ महिनासम्म माथि उठाइराखे । तर, त्यसका केही राजनीतिक र रणनीतिक गल्तीहरूले गर्दा पेरिस कम्युनले ठूल–ठूला हारहरू भोग्नुप¥यो ।
कम्युनका रणनीतिक (लडाइँसम्बन्धी व्यावहारिक) भूलहरू
(१) १८ मार्चको दिन, पेरिस कम्युन घोषणा गरिसकेपछि विरोधी सेनालाई निःशस्त्र गरिएन । तिनीहरूलाई भर्सेलिजमा जान दिइयो । तिनीहरूलाई बन्दी बनाइएन । विरोधीहरूलाई पेरिसको किल्लाहरूमा भेला हुन दिइयो । तिनीहरूलाई आवत–जावत गर्न दिइयो । त्यस्ता छुटहरू दिंदा शत्रुहरूले पेरिसका सबै सैनिक गतिविधि र सैनिक कमजोरीहरू पत्ता लगाए । त्यहाँसम्म कि शत्रुले कम्युनको बारूद खानामा आगो लगाइदियो र हेडक्वाटर (प्रधान कार्यालय) मा नेताहरूमाथि आक्रमण गर्न सफल भयो ।
(२) फ्रान्सको बैङ्कलाई तुरून्त कब्जा गरिएन । बैङ्क कब्जा गरिएको भए फ्रान्सेली पुँजीपतिहरूको भर्सेलिज सरकारलाई सम्झौता गर्न दबाब पर्दथ्यो । फेरि बैङ्क पुँजीपति वर्गको स्नायु केन्द्र हो । एक बैङ्क दस हजार सेनाको बराबर थियो । बैङ्कको पैसा भर्सेलिज सरकारलाई दिइयो । त्यस पैसाले युद्धको तयारी ग¥यो । नयाँ नयाँ सेना भर्ना गरेर शत्रुलाई तरवार दिने भूल ग¥यो ।
(३) पेरिस भर्सेलिजको सेना र प्रशियाको सेनाबाट घेरिएको थियो । त्यस्तो निस्सासिंदो परिस्थितिबाट छिट्टै छुटकारा पाउनु आवश्यक थियो । त्यसको निन्ति भर्सेलिजमा तुरून्तै धावा बोल्नुपर्दथ्यो । त्यसबेला थियरले सेना जम्मा गर्न सकेको थिएन र जम्मा गर्ने फुर्सद पनि पाउने थिएन ।
(४) पुँजीपति वर्गलाई पेरिसबाट बाहिर जान दिइयो । ती लाखपति र करोडपतिहरूलाई बन्दी बनाइनुपर्दथ्यो । त्यसो गरेको खण्डमा धेरै काम आउँथ्यो । अथवा भर्सेलिजको सरकारलाई सम्झौता गर्न आउनुपर्दथ्यो । कम्युनले खालि पादरीहरूलाई मात्रै बन्दी बनायो । मजदुर नेताहरूलाई भर्सेलिज सरकारले बन्दी बनाएको थियो । यदि पुँजीपतिहरूलाई बन्दी बनाएको आदान–प्रदानको पनि सम्भावना थियो । अथवा पुँजीपतिहरू मर्ने डरले पेरिसमा गोलाबारी गर्न डराउँथे ।
(५) विरोधी मानिसहरूलाई आवत–जावत गर्न दिँदा तिनीहरूले सबै प्रकारको सूचनाको आदान–प्रदान गर्थे । त्यसले पेरिस कम्युनभित्र भ्रष्टाचार पैmलाउने, आपसमा फुटाउने र जुधाउने जस्ता षडयन्त्रहरू गर्ने मौका पाए ।
पेरिस कम्युनले गरेका केही राजनैतिक भूलहरू
(१) १८ मार्चको दिन पेरिस कम्युनको घोषणा गर्नासाथै भर्सेलिजमाथि धावा बोलेर राष्ट्रिय सभालाई भङ्ग गर्नु पर्दथ्यो । थियरको सरकारलाई गिरफ्तार गर्नु पर्दथ्यो, यसबारे पेरिसमा शरण लिएर बसेका पोलैण्डका क्रान्तिकारी जारोस्लाव डोम्ब्रोवस्किले भन्नुभएको थियो । उहाँ एक खानदानी कुलको हुनुहुन्थ्यो र कम्युनले उहाँलाई पेरिसको मिल्ल भन्ने इलाकाको सुरक्षा कमाण्डरमा नियुक्त गरेको थियो । उहाँले भर्सेलिजमा धावा गर्ने र गिरफ्तार गर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँले त्यसबेला भन्नुभएको थियो– ‘तपाईहरू पछिको कुरा देख्नुहुन्न । तपाईंहरू दुई पाइलाभन्दा बढी सोच्न सक्नुहुन्न । ढिलो वा चाँडो तपाईहरूले लडाइँ लड्नैपर्छ । तर, त्यसबेला धेरै अबेर भइसकेको हुन्छ । यदि तपाईहरूले अहिले भर्सेलिजमा हमला गर्नुभयो भने परिस्थिति तपाईंको हातमा हुनेछ । अथवा तपाईंको हातमाथि हुनेछ ।’ समयले देखाइ दियो डोम्ब्रोचस्किको भनाइ ठीक थियो ।
(२) २६ मार्चमा भएको चुनावमा विरोधी पार्टीहरूलाई पनि उठ्न दियो । त्यसले उनीहरूलाई आफ्नो शक्ति अनुमान गर्ने मौका दियो ।
(३) त्यसबेला फ्रान्सको जनसङ्ख्याको ठूलो भाग किसान, कालिगढ र पसलेहरू जस्तो स–साना पुँजीपति वर्गको थियो । सर्वहारा वर्गले मात्रै सत्तालाई कब्जा गरिराख्न सकिँदैनथ्यो । किसानहरूको सङ्गठन र सहयोग थिएन । पेरिस कम्युन गाउँमा पस्न सकेन । यसकारण प्रतिक्रियावादीहरू गाउँमा गएर मजदुर विरोधी प्रचार गर्ने मौका पाए ।
थियरले थुप्रै किसानहरूबाट सेना बनायो । यसले गर्दा पेरिस एक्लियो ।
(४) फ्रान्समा त्यसबेला कुनै एक क्रान्तिकारी मजदुर पार्टी थिएन । मजदुरहरू विभिन्न दलहरूमा विभाजित थिए । तिनीहरू एउटा क्रान्तिकारी सिद्धान्तमा एक थिएनन् । मजदुर वर्गको बहुमत भागले आफ्नो राजनीतिक कार्यहरू बुझेका थिएनन् । क्रान्तिकारी सिद्धान्त बोकेको बलियो मजदुर वर्गको एक राजनैतिक पार्टीबिना राज्यसत्ता कब्जा गर्ने क्रान्तिलाई नेतृत्व गर्न सक्दैनथ्यो ।
पेरिस कम्युनको शिक्षा
मजदुर वर्गको हरेक जीत र हारबाट नयाँ–नयाँ शिक्षाहरू मजदुरहरूले सिक्ने गर्छन् । रगत बगाएर सिकेको शिक्षा बिर्सन्न । बलिदान खेर जान्न । सर्वहारा वर्गको प्रजातन्त्र (कम्युन) पुँजीवादी प्रजातन्त्रभन्दा धेरै उँचो र पूर्ण प्रजातान्त्रिक व्यवस्था सावित भयो ।
पेरिस कम्युनले वर्गीय दमनको मुख्य शक्ति सेना र पुलिसको शक्तिलाई ध्वस्त पारेको थियो । पुरानो सेनाको ठाउँमा ‘राष्ट्रिय गार्ड’ को नयाँ सेना र मजदुरहरूको सशस्त्र शक्तिले रक्षाको काम सम्हालेको थियो । पेरिस कम्युन सर्वहारा वर्गको पहिलो राज्यसत्ता थियो । सर्वहारा क्रान्तिमा त्यसले ऐतिहासिक महत्व राख्छ । यसको हार– जीतले तलका शिक्षाहरू लिन सकिन्छ –
१. वर्ग शत्रुको सैनिक शक्तिलाई ध्वस्त गरेर सर्वहारा वर्गको नयाँ सैनिक शक्ति कायम गर्नुपर्छ ।
२. शोषक वर्गमाथि नरमी या उदारता देखाउनुहुन्न । तिनीहरूमाथि सर्वहारा वर्गको हुकुम चलाउनुपर्छ । सत्ताबाट फालिएको पुँजीपति वर्ग विदेशी पुँजीपति वर्गको मद्दतले पहिलेको भन्दा झन् बलियो भएर झम्टन आउँछ ।
३. पुरानो तयारी राज्य मेशिनरी (प्रशासन) ले सर्वहारा वर्गलाई काम दिँदैन । सर्वहारा वर्गको आफ्नै प्रशासन तुरून्तै लागू गर्नुपर्छ । नत्र पुराना कर्मचारीहरूले विरोध गर्ने, हडताल गर्ने धोका दिनेछन् अथवा तिनीहरूको बीचमा सर्वहारा वर्गको सङ्कठन हुनुपर्छ ।
४. समाजवादको विजयको निम्ति किसान र मजदुर वर्गको सहयोग अत्यावश्यक छ । एकता गर्न सकिने
बाँकी पृष्ठ ६ मा
मजदुर…
स–साना पुँजीपति वर्गलाई पनि एक गर्नुपर्छ । शत्रुलाई सकेसम्म एक्लो पार्नुपर्छ ।
५. पेरिस कम्युनको क्रान्तिको बेलामा कार्लमाक्र्स बेलायतमा हुनुहुन्थ्यो । पेरिसको खबर सुनेर उहाँले भन्नुभयो –‘शत्रु दैलोमा उभिएको छ । विद्रोह हारमा फेरिने छ ।’ तर क्रान्ति भयो । माक्र्सले आफ्नो सारा शक्ति लगाएर त्यसलाई समर्थन गर्नुभयो । संसारका सबै मजदुर वर्गलाई पेरिस कम्युनलाई समर्थन गर्न आह्वान गर्नुभयो । तर, त्यसबेला पेरिस कम्युनमा माक्र्सवादीहरू अल्पमतमा थिए । मजदुर वर्गको एक सिङ्को राजनैतिक पार्टी थिएन । भर्सेलिजमा आक्रमण गर्नुपर्ने कुरो महसुस गरेनन् । पेरिस कम्युनले सुरूमा लडाईं नगर्ने र शान्तिसित काम लिने खुकुलो वा उदारताको नीति लियो । त्यसकारण वर्ग शत्रुमाथि जाइ लाग्ने माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको राजनैतिक पार्टीको नेतृत्वमा मात्रै क्रान्ति सफलतापूर्वक अगाडि लैजान सकिने प्रस्ट भयो ।
६. मजदुर वर्गले आफ्नो अधिकार माग्दा र शासन सत्ता हातमा लिँदा पुँजीपति वर्ग बहुला कुकुरझैँ झम्टन आउने छ । तिनीहरूको त्यो पशुवत् स्वभाव फेरिन्न । त्यसकारण मजदुर वर्गले सत्ता हातमा लिनुभन्दा पहिले र लिइसकेपछि झन् सतर्क र होसियार हुनुपर्छ । कुनै प्रकारको ढिलाइ र नरमी देखाउनु हुन्न । कार्ल माक्र्सले भन्नुभयो–‘आफ्नो कम्युनसँगै मजदुर वर्गले पेरिसलाई सबै नयाँ समाजको गौरवपूर्ण अग्रदूतको रूपमा सम्झिने छ । यसका सहिदहरू मजदुर वर्गको विशाल हृदयमा रहिरहने छन् । यसलाई सत्यनाश गर्नेहरूलाई इतिहासले सधैंको निम्ति अपराधीलाई उभ्याउने कोठामा राखिसकेको छ । तिनीहरूका गुरू पुरोहितहरूको सबै प्रार्थनाबाट पनि तिनीहरूलाई मुक्त गर्न सकिने छैनन् ।’
‘कम्युन अमर होस् ।’
स्रोत ः विश्वका प्रसिद्ध मजदुर आन्दोलन
समाप्त
Leave a Reply