भर्खरै :

अमेरिकाले लुटेराले जस्तै व्यवहार गर्दैछ

भिक्टर मिखिन
साउथ प्रन्ट नामक एजेन्सीअनुसार संरा अमेरिकाले आईएसआईएसले कब्जा गरेको दाएर एज–जोर जिल्लाबाट ५० टन सुन ओसारेको छ । कुर्देली समाचार स्रोतले सिरियाबाट सुन चोरी भएको र त्यो सुन आइन अल–अरबस्थित अमेरिकी सैन्य आधार शिविरमा जम्मा गरिएको रिपोर्ट दिएको छ । साथै, अमेरिकी सेनाले अल–दशिशा क्षेत्रबाट आईएसआईएसका सुनले भरिएका बक्साहरू दक्षिणमा पर्ने अल–हासाक्ह जिल्लामा ओसारेको सिरियाली अरब समाचार एजेन्सी (SANA) ले जनाएको छ ।
बेलायती संस्था ‘सिरियामा मानवअधिकार पर्यवेक्षक’ (एसओएचआर) को अर्को रिपोर्ट आएको छ । रिपोर्टअनुसार युफ्रेटस इलाकाका आईएसआईएसका सदस्यहरूसँग करिब ४० टन सुन छ र आतङ्कवादीहरूले अमेरिकासमर्थित सेनाले घेरेको उक्त इलाकाबाट सुरक्षित रुपमा आउजाउ गर्न त्यो सुन प्रयोग गरिरहेका छन् । नियमअनुसार आतङ्कवादीहरूलाई निर्बाध रुपमा आफ्नो इलाकाबाट हिँडडुल गर्न दिएर अमेरिकी सैन्य अधिकारीले पैसा असुल्छन् र त्यो पैसा आफ्नो आधार शिविरमा बुझाउँछन् । एसओएचआर के पनि दाबी गर्छ भने अमेरिका नेतृत्वको सैन्य गठबन्धनले “नियोजित रुपमै” आईएसआईएसको कब्जामा रहेका इलाकामा हमला गर्दैन । हमला नगरे वापत उनीहरूले अपराधी र आतङ्कवादीहरूबाट पैसा पाउँछन् । आहानै छ, “पैसा गनाउन्न” । यसरी अमेरिकी डाँकु र घुस्याहाहरूको गिरोह झन्झन् धनी बन्यो ।
अमेरिकीहरूले हालसालै मात्र आतङ्कवादीहरूबाट सुन लिएर अमेरिकी ढुकुटी भर्न थालेका हुन् भनी कसैले सोच्छ भने दुःखपूर्वक भन्नुपर्छ उनीहरू गलत छन् । अमेरिकामा जोसुकै राष्ट्रपति आए पनि अरुबाट धनसम्पत्ति वा असर्फी चोर्नुलाई यी नेताहरू “भद्र काम” ठान्छन् । यस दाबीलाई पुष्टि गर्ने प्रशस्तै प्रमाण छन् । उदाहरणको लागि, हामी पाठकलाई फिलिपिनी तानाशाह फर्डिनाण्ड मार्कोसको सम्झना गराउन चाहन्छौँ । ऊसँग अकूत सम्पत्ति थियो । “जनताको सुखको” लागि लड्दा फर्डिनाण्ड मार्कोस र उसको परिवारले आफ्ना आकाङ्क्षाहरू बिर्सेनन् । उत्पादनमूलक र सेवामूलक क्षेत्रका थुप्रै व्यापार व्यवसायमा उनीहरूका नातागोता र आसेपासेहरूको हातमा थियो । सन् १९८५ मा सान जोसस्थित स्थानीय पत्रिका मर्करी समाचारले “राष्ट्रपति दम्पति” ले यति धेरै धन बटुल्न प्रयोग गरेका तरिकाको चर्चा गर्दै लगातार सनसनीपूर्ण लेख प्रकाशित ग¥यो । खासगरी संरा अमेरिकासँग सम्बन्धित मामिलाहरूमा जोड दिएर ती लेख छापिएका थिए । फर्डिनाण्ड मार्कोसका जम्मै आयस्रोत पत्ता लगाउन पत्रिका असमर्थ रह्यो । तैपनि हालसम्म उसको स्वामित्वमा त्यस्तै १० अरब डलर रहेको अनुमान गरिएको छ ।
राष्ट्रपतिबाट अपदस्थ भएपछि फर्डिनाण्ड मार्कोसको स्वीस बैङ्कले उसको परिवारको खाता वाशिङ्टनको अनुरोधमा फ्रिज ग¥यो । उक्त सम्पत्ति झिकाउन नयाँ फिलिपिनी सरकारले दायर गरेको मुद्दालाई बैङ्कले कानुनी आधारको अभावमा मान्यता दिन अस्वीकार ग¥यो । यसरी बैङ्कले जम्मा गरिएको रुपैयाँफिलिपिन्सको हो भनी मान्न अस्वीकार ग¥यो । सन् १९८७ अगस्तसम्ममा असल शासनसम्बन्धी राष्ट्रपति आयोग (SANA) ले सरकारले बेहोरेको वित्तीय नोक्सानीवापत ९० अरब डलर बराबरको क्षतिपूर्ति पाउन पूर्वराष्ट्रपति, उसकी जहान र उसका ३०० जना आसेपासेविरुद्ध ३५ वटा मुद्दा दायर ग¥यो । पछि यो रकम संरा अमेरिका स्थानान्तरण गरिएको खुलासा भयो ।
मार्कोससँग रहेको भनिएको सुनको घटनाक्रम रोचक छ । यो खजाना जापानी सेनाले दोस्रो विश्वयुद्धताका एसियाली राष्ट्रहरूबाट चोरेको मानिन्छ र पछि जापानी जनरल तोमोयुकी यामाशिताले फिलिपिनी टापुहरूमा कतै गाडेको मानिन्छ । फर्डिनाण्ड मार्कोसले त्यो खजाना पत्ता लगाएपछि १९७५ मा त्यो खजाना उसको हुन आएको देखिन्छ ।
ठीक त्यस्तै दुर्भाग्य मध्यपूर्वको अमेरिकाको रणनीतिक साझेदार एवं इरानी शासक रेजा शाह पहलवीको रह्यो । ऊसँग तेल उद्योग र बहुमूल्य कलाकृतिबाट जम्मा गरिएको अकूत सम्पत्ति थियो । यो सम्पत्ति साफाविद राजवंशको पालादेखि कजार राजवंशसम्म जम्मा गरिएको थियो । रेजा शाह पहलवी खप्पिस पाइलट थियो । इरानी क्रान्तिको बेला उसले आफ्नो सम्पत्ति जति हवाइजहाजमा भरेर राजपरिवारसंँगै तेहरानबाट भाग्यो । जेहोस्, संरा अमेरिकाले शाहलाई स्वागत नगरे पनि उसको सम्पत्ति र बहुमूल्य खजानालाई स्वागत ग¥यो । उसको मृत्युपछि उसलाई कायरोमा समाधिस्थ गरियो । फेरि यस्तो भुक्काको कसलाई के खाँचो ? संरा अमेरिकामा कति इरानी सम्पत्ति छ भन्ने कुरा अझै पनि अज्ञात छ । यो सम्पत्ति पक्कै पनि फ्रिज गरिएको हुनुपर्छ । वास्तवमा, यो सम्पत्ति “असल प्रयोजन” मा लगाइएको छ र यसले अमेरिकी नाफाखोरहरूको गिरोहलाई अथाह नाफा कमाइदिएको छ ।
एकफेर यी अमेरिकी चोरहरूको ढुकुटी रित्तिन थाल्यो । उनीहरूले त्यसलाई फेरि दुई धनाढ्य शासकहरू सद्दाम हुसेन र मुअम्मर गद्दाफीको खजानाले भर्ने निधो गरे । अमेरिकीहरूले इराकको अथाह सम्पत्ति परचक्रीहरूको हातमा सुम्पन चाहेनन् । त्यसैले इराकलाई आफैँले कब्जा गरे र त्यहाँको सबै धनसम्पत्ति लुटे । इराकबाट डलरका डलर अकूत सम्पत्ति चोरेपछि उनीहरूले बगदादस्थित विशिष्ट सङ्ग्रहालय पनि लुटे । त्यस सङ्ग्रहालयमा ६ हजार देखि ७ हजार वर्ष पुराना बहुमूल्य सामग्रीहरू थिए । चोर बजारमा यस्ता कलाकृतिहरूको मूल्य कति हुन्छ के तपाइँलाई अनुमान छ ? अहिलेसम्म इराकका अद्वितीय वस्तु र खजाना विश्वका विभिन्न राष्ट्रमा बिकिरहेका छन् । भन्नु नपर्ला, सद्दाम हुसेनका निजी धनमालको पनि यस्तै हविगत भएको हुनुपर्छ । तिनलाई त्यसबेला अमेरिकी लुटेराहरूले चोरे । आज उसका धनमाल विश्वका विभिन्न भागमा किन्न सकिन्छ ।
त्यसपछि लिबियामा सैन्य अभियान सुरु भयो । त्यहाँ वाशिङ्टनका युरोपेली भरौटेहरूले नाफा कुम्ल्याए । लिबियालीहरूले अझै पनि आफ्नो देशको खरबौँ डलरको सम्पत्ति वा अरब जमाहिरिया, मुअम्मर गद्दाफीजस्ता नेताका निजी धनमाल कहाँ गए भन्ने पत्तो पाउन सकेका छैनन् । यथार्थमा, यी सबै सम्पत्ति खुसुक्क अमेरिकी नाफाखोरहरूको ढुकुटीमा जम्मा भएको छ । कब्जा गरिएका राष्ट्रहरूलाई लुट्न र चोरिएका सामग्रीलाई तिनको भूभागबाट ओसारपसार गर्न प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय कानुनको के अर्थ ? प्रतिक्रियामा, वाशिङ्टनका “भलाद्मी” माइक पोम्पेओ र जोन बोल्टन फिस्स हाँसेर विधिको शासन, मानवअधिकार र अन्तर्राष्ट्रिय अदालतमा आफ्नो देशको मुद्दा उठाउन पाउने अधिकारको बारेमा गफ गरिरहे ।
एउटा रुसी उखान छ । “घोडाको डोबमा गँगटो हिँड्छ ।” अर्थात् जसोजसो बाहुन बाजे उसैउसै स्वाहा । यसको गतिलो उदाहरण हालै देखियो । बैङ्क अफ इङ्गल्याण्डले भेनेजुयलाको ४२ करोड युरो (वा ५५ करोड डलर) बराबरको सुन फिर्ता दिन इन्कार ग¥यो । ठट्यौलो मुस्कानसहित बेलायती अधिकारीहरूले जोड दिए, “कालो धन सेतो बनाउने कार्य रोक्न कडा कदम चालिनुपर्ने ।” यी कदममा भेनेजुयाली सरकारले आफ्नो सुनलाई कसरी उपयोग गर्ने हो स्पष्टीकरण दिनुपर्ने कुरा पनि समावेश छ । ‘द टाइम्स’ पत्रिकाअनुसार द बैङ्क अफ इङ्गल्याण्डले “भेनेजुयाली सरकारले उक्त सुनलाई कसरी उपयोग गर्ने मनसाय राखेको छ स्पष्टीकरण” लिन चाहेको छ ।
फेरि एकचोटि एङ्ग्लो सेक्सोन “भलाद्मी”हरू (बेलायती राजनीतिज्ञहरू) अपत्यारिला बनेका छन् । इतिहासले देखाएको छ, यस्तो प्रवृत्ति स्वभावैले बेलायती हो । द बैङ्क अफ इङ्गल्याण्डले लाजै नमानी अर्को मुलुक भेनेजुयलालाई छक्यायो र उसको १.२ अर्ब डलर बराबरको सुन चो¥यो । बैङ्कले औपचारिक रुपमा आफूलाई चोर देखाएको छ ‘सबै कुरा इतिहासमाजस्तै देखापरेको छ । कुनै बेला रानी एलिजाबेथ प्रथमले पुरस्कृत गरेको फ्रान्सिस ड्रेकले ठूल्ठूला स्पेनी पानीजहाज लुटेर इङ्गल्याण्डमा धनसम्पत्ति भित्राएको थियो । समय फेरियो । तर, लण्डनको जीवनदृष्टि उस्तै रह्यो ः “हामी अरूको चोर्छौँ र भाग्यले साथ दियो भने चोरिरहनेछौँ ।”
पाठकहरूलाई हामीले बताउनैपर्छ, भेनेजुयला एक स्वतन्त्र मुलुक हो । संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय संघ–संस्थाको एक प्रतिबद्ध सदस्य हो । भेनेजुयला अमेरिका वा ग्रेट ब्रिटेनले कब्जा जमाएको मुलुक होइन । जे होस्, संरा अमेरिका र उसका सहयोगीहरूले भेनेजुयलालाई आफ्नो रैती राज्यलाई जस्तै व्यवहार गरिरहेका छन् । मानौं, त्यहाँको धनसम्पत्ति छिट्टै अमेरिकी नाफाखोरहरूको ढुकुटीमा भरिनेछ ।
सुरुमा भेनेजुयलालाई सुनको आधारमा लेनदेन गर्नबाट रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाउन आदेश दिए । ह्वाइट हाउसको सञ्चार सचिव कार्यालयले जारी गरेको सूचनाअनुसार “आफ्ना भ्रष्ट मनसाय पूरा गर्न भेनेजुयलाको सम्पत्ति” लुट्ने र “आर्थिक अनियमितताबाट भेनेजुयलाको पूर्वाधार र प्राकृतिक वातावरण” खस्काउने कार्यबाट भेनेजुयलाको सरकारलाई रोक्न ट्रम्प प्रशासन कटिबद्ध छ । परिणामस्वरुप, वाशिङ्गटनले “भेनेजुयाली अर्थतन्त्रको सुन क्षेत्रमा कारोबार गर्न” अमेरिकीहरूलाई मनाही गरेको छ ।
यी दुर्भाग्यपूर्ण अनुभव केही हदसम्म अहिलेका नेताहरूलाई शिक्षाप्रद छन् । यी अनुभवले देखाउँछन्, विदेशी चोरहरूले सुनाउने सबैको लागि प्रजातन्त्र, बोल्ने र आन्दोलन गर्ने अधिकार र अनेकथरी मानवअधिकारका कथाहरूमा विश्वास गर्नुहुन्न । अरु राष्ट्र र जनतालाई लुटपाट गर्ने मौका पाउनेबित्तिकै वाशिङ्टनका शासकहरू यी शब्द बिर्सन्छन् । संरा अमेरिका र बेलायतबाहेक के अन्य प्रतिष्ठित मुलुकमा कसैले आनाकानी नगरी आफ्नो धनसम्पत्ति जम्मा गर्न सक्दैन ? उदाहरणका लागि, भेनेजुयलाले आफ्नो मुख्य सरकारी तेल उत्पादक कर्पोरेशन (एम्ख्क्ब्) को विदेशी कार्यालय लिस्बनबाट मस्को सार्ने निर्णय गरेको धेरै भएको छैन । अमेरिकी नाकाबन्दीको मुख्य मार यो कर्पोरेशनले नै खेप्नुपरेको छ । आजको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा, अमेरिका र उसका आउरेबाउरेहरूले बहुलठ्ठीपूर्ण गतिविधिमार्फत् कुव्यवस्था मच्चाइरहेको बेला धेरैभन्दा धेरै मुलुक र जनताले रुसमाथि, उसका शान्तिप्रेमी नीति एवं उसको इमानदार र सत्यनिष्ठ छविमाथि विश्वास गर्न थालेका छन् ।
स्रोत ः न्यू इस्टर्न आउटलुक
नेपाली अनुवादः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *