भर्खरै :

लगानी सम्मेलनः विदेशीको भरमा समृद्धि हासिल गर्ने रहर

-सृजना सैंजू
यतिखेर काठमाडौंतिर चर्चा लगानी सम्मेलनको चलिरहेको छ । सरकार विदेशी लगानीको बुई चढेर समृद्धिको फल टिप्ने बाल–रहर गर्दैछ । आर्थिक समृद्धिको लागि वैदेशिक लगानी अनिवार्य या अन्तिम उपाय हुन सक्दैन । सही राजनीतिक दृष्टिकोण र वैचारिक नेतृत्वको बलियो जगमा जनताकेन्द्रित योजनाको आधारमा उपलब्ध स्रोत तथा साधनको पूर्ण परिचालन गरी आर्थिक उन्नयनको गन्तव्यतर्फ पुग्न सम्भव हुनेछ ।
धमिराले रुख नै खाए भैंm भ्रष्टाचार, अनियमितता र कमिशनतन्त्रले देश बर्बाद पारिरहेको यो घडीमा विदेशी लगानी वालुवामा पानी नहोला भन्न सकिन्न । मेलम्ची खानेपानी आयोजना झण्डै तीन दशकमा पनि पूरा नभएको उदाहरण हाम्रोसामु छ । त्यससँग सम्बन्धित कमिशनका ठूला ठूला खेलबारे समाचारहरु आइरहेका छन् । यस प्रकारका फेरि अन्य दूर्घटना बेहोर्न नेपाली जनता तयार छैनन् । जानकारहरु भन्छन्– लगानी सम्मेलनमा भारतीय एकाधिकार पुँजीको विशेष भूमिका या स्वार्थ छ । भारतनिर्भर हाम्रो अर्थतन्त्रमा उसले हस्तक्षेप गर्न खोजेको हो भन्ने समयले पुष्टि गर्नेछ ।
इतिहासका पृष्ठ पल्टाऔं ! भृकुटी कागज कारखाना चीन सरकारको सहयोगमा स्थापना भएको थियो । एसिया कै राम्रो कागज उत्पादन सुरु भएको थियो । त्यस कारखानाको लागत, भवन आदिको मूल्य झण्डै ६ अर्वको थियो । विडम्वना, सो कारखाना बेचियो । आज देश कागजमा भारतनिर्भर छ । बाँसवारी छाला जुत्ता कारखाना, हेटौडा कपडा कारखाना, वीरगञ्ज कृषि औजार कारखानाको दूर्भाग्यपूर्ण कथा पनि धेरै थोरै उस्तै छ । छिमेकीले दिएका कलकारखाना बिगार्ने या बेच्ने, ती पुनः संचालनमा कुनै पहल नगर्ने अनि फेरि विश्वसामु लगानीको लागि गुहार माग्ने ! यस्ता आर्थिक ठगी कर्मले कहिलेसम्म निरन्तरता पाउँछ ? यस्तो परनिर्भरता कहिलेसम्म चल्छ ? सरकारलाई खबर्दारी गर्न चाहन्छौं, वैदेशिक ऋणभारबाट नेपाली जनता अझ बढी नथिचियून्, लगानी सम्मेलनको नाममा भारतलाई नेपालका जलस्रोत, प्राकृतिक सम्पदा तथा भूमी नसुम्पियोस् र समृद्धिको नाउँमा नेपाली जनतालाई घरबारविहीन नबनाइयोस् । नेपाललाई नयाँ आर्थिक उपनिवेश नबनाइयोस् । लगानी सम्मेलन नेपालको बाँकी जलस्रोत माथिल्लो कर्णालीजस्तै भारतलाई सुम्पने प्रपञ्च बाहेक केही होइन भन्दा फरक नपर्ला ।

इतिहासका पृष्ठ पल्टाऔं ! भृकुटी कागज कारखाना चीन सरकारको सहयोगमा स्थापना भएको थियो । एसिया कै राम्रो कागज उत्पादन सुरु भएको थियो । त्यस कारखानाको लागत, भवन आदिको मूल्य झण्डै ६ अर्वको थियो । विडम्वना, सो कारखाना बेचियो । आज देश कागजमा भारतनिर्भर छ । बाँसवारी छाला जुत्ता कारखाना, हेटौडा कपडा कारखाना, वीरगञ्ज कृषि औजार कारखानाको दूर्भाग्यपूर्ण कथा पनि धेरै थोरै उस्तै छ । छिमेकीले दिएका कलकारखाना बिगार्ने या बेच्ने, ती पुनः संचालनमा कुनै पहल नगर्ने अनि फेरि विश्वसामु लगानीको लागि गुहार माग्ने ! यस्ता आर्थिक ठगी कर्मले कहिलेसम्म निरन्तरता पाउँछ ?

लगानी कै कुराकानी गर्दा चीन र अमेरिका दुबैले एक अर्काको देशमा लगानी गरेको विश्वलाई जानकारी छ । आज चीन र अमेरिकाबीच ब्यापार युद्ध चलिरहेको छ । अमेरिकाले चीनविरुद्ध ब्यापार युद्ध सुरु गर्दा चीनले प्रतिकार ग¥यो । चिनियाँ लगानी र चिनियाँ सामानको आयातबिना अमेरिका उभिन नसक्ने अवस्थामा पुगेको छ । संरा अमेरिकाको निम्ति आपैmले सुरु गरेको ब्यापार युद्ध प्रत्युत्पादक सिद्ध हुँदैछ । यी घटनाबारे नेपाल सरकार अवगत छ कि छैन ? शिक्षा लिन्छ कि लिँदैन ? हात्तीले खाने दाना र कमिलाले खाने योजना नयाँ ठगीको प्रकरण हो ।
दहेज वा दाइजोको नाममा हरेक महिना र वर्षमा छोरी बुहारीहरुको हत्या र हिंसा भइरहेकै छ । सुनिता यादवको हत्या पछिल्लो दृष्टान्तमात्रै हो । यसबारे सरकारले कडा कानून बनाएर त्यस्ता हत्यालाई रोक्ने काम गर्नु अत्यन्त आवश्यक छ । आ–आफ्नो प्रदेश, जिल्ला, नगर र गाउँका राजनैतिक दल र राजनैतिक नेता र कार्यकर्ताहरुले यस्ता जघन्य अपराधहरु रोक्न तथा सामाजिक विकृति रोक्न अभियान थाल्नु र संघर्ष गर्नु आवश्यक छ ।
अन्तमा, वारा र पर्साका विपत्तिमा परेका पीडित जनताको अविलम्ब उद्धार, उपचार र पुनःस्थापना तथा निष्पक्ष राहत वितरणमा तदारुकताको लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
(नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैंजूले चैत १९ गतेको प्रदेश सभा बैठकमा राख्नुभएको मन्तव्यको सारसंक्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *