सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काराकास, २४ चैत (रासस-सिन्ह्वा) – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उहाँले मेक्सिको, बोलिभिया, उजुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका लागि सहजीकरण गरिदिन र शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको हो । “हाम्रा सहयोगी र समर्थकहरुलाई हाम्रो देशको राजनीतिक संकट अन्त्यका लागि सहयोगी भूमिका खेल्न हामी आग्रह गर्दछौँ,” उहाँले भन्नुभयो । उहाँले भेनेजुएलाको हितका लागि विपक्षीसँग वार्ता, लचकता र सम्झौता गर्न आफू तयार रहेको पनि बताउनुभयो । “आउनु होस्, वार्ताको टेबुलमा बसौँ, एकअर्काप्रतिको आक्रमण बन्द गरौँ,” मदुरोले भन्नुभयो । उहाँले राजनीतिक परिवक्वता देखाउन र राष्ट्रिय चासोको ख्याल गर्न पनि विपक्षीहरुलाई आग्रह गर्नुभयो । भेनेजुएलाको सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानी कारकासमा गत शनिबार छुट्टा छुट्टै कार्यक्रम गरेका थिए । विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहनु भएका हुवाँ गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट चर्किएको छ ।
Leave a Reply