इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
त्रिपोली, ७ अप्रिल । लिवियाको पूर्वी क्षेत्रमा रहेका सेनाले पश्चिमी लिवियामा रहेको संयुक्त राष्ट्र सङ्घको समर्थन प्राप्त सरकारका हवाई आधार र लडाकू विमानमाथि हमला गर्ने चेतावनी दिएको छ । पूर्वी लिवियाका सेनाले पूरै देशमा आफ्नो नियन्त्रण कायम गर्न खोजिरहेको छ ।
“हवाई सेनाको प्रमुख कारबाही कक्षले पश्चिमा क्षेत्रलाई उडान निषेधित सैनिक क्षेत्र घोषणा गरेको छ । त्यहाँ कुनै पनि पक्षसम्बद्ध लडाकू विमान वा ड्रोन उडाउन निषेध गरिएको छ ।”, सेनाका प्रवक्ता अहमेद अल–मिसमारीले आफ्नो वक्तव्यमा भने ।
“कुनै पनि विमानको उडानलाई हमलाको रूपमा लिइनेछ र हवाई अड्डाबाट कुनै पनि विमानले उडान भरे तत्कालै हमला गरिनेछ ।”, अल–मिसमारीले भने ।
सेनाको एक स्रोतअनुसार केही घण्टाअघि मात्र सरकारी लडाकू विमानले दक्षिणी त्रिपोलीमा रहेका सैनिकहरूमाथि हमला गरेका थिए ।
खालिफा हफतरले नेतृत्व गरेको सैनिक कारबाहीले बिहीबार पश्चिमी लिवियामाथि नियन्त्रण कायम गरेको थियो । उनीहरूले विशेषतः संरा सङ्घको समर्थन प्राप्त सरकार रहेको राजधानी त्रिपोलीका आधारमाथि कब्जा जमाउन खोजिरहेका छन् ।
सेना प्रवक्ताले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार राजधानी सहरतिरको सैनिक कारबाहीले उल्लेखनीय सफलता हासिल गरेको छ । उनले दक्षिणी त्रिपोली सेनाको पूर्ण नियन्त्रणमा आइसकेको छ ।
संरा सङ्घका महासचिव एन्टोनिओ गुट्रेजले त्रिपोलीमा बढ्दो सैनिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै शुक्रबारमात्र आफ्नो लिविया भ्रमण अन्त्य गरेका थिए ।
“त्रिपोली वरपर सम्भावित रक्तपातपूर्ण द्वन्द्व रोकिने अझै पनि कुनै बाटो हुनसक्नेमा म आशावादी छु ।”, महासचिवले गुटरेजले पूर्वी सहर बेनघाजी जानुअघि भने ।
सन् २०११ मा पूर्वशासक मुअम्मर गद्दाफीको हत्यापछि लिवियामा अराजकता र राजनीतिक अस्थिरता फैलिएको छ ।
Leave a Reply