पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
– सिम्रिक
गाईजात्रा नेपालको एक प्रसिद्ध मौलिक सांस्कृतिक पर्व हो । यसमा मान्छे बितेका परिवारले दिवङ्गत व्यक्तिको सम्झनामा गाईको प्रतीक बाँसको ताहा साँ, डोको त्यस्तै गाई, बच्चा बच्चीलाई महादेव पार्वती, माटो ढुङ्गाको गाई, साँढे आदि बनाएर सिँगारी सहर घुमाउने गरिन्छ । भक्तपुरको गाईजात्रामा संस्कृति र परम्पराअनुसार सांस्कृतिक पोसाक, गरगहनाहरू लगाएर बाजाको तालमा ‘घिताङघिसी त्वं’ भन्दै लठी जुधाएर नाच्ने गरिन्छ । कुनै कुनै परिवारले गाईजात्रामा भैरव, देवी, जङ्गली, हनुमान, लाखे, बाँदर आदि नाच पनि घुमाउने गरिन्छ । जीवनको संस्कार, पद्धतिसँग सम्बन्धित व्रतबन्ध, विवाह, जँको (भीमरथारोहन) आदि पनि ल्याउने गरिन्छ । हाम्रो प्रकृति, संस्कृति र संस्कारअनुसार हुने हुँदा बाजाको सुर–तालमा पोसाक गरगहना लगाएर नाच्ने हुँदा बच्चा बच्चीदेखि युवा युवती, बुढाबुढी सबैले मन पराउँछन् । आज भोलि सञ्चार माध्यमबाट विश्वका जनताले पनि हेरेर रमाउँछन् । त्यसैले गाईजात्रालाई अझ राम्रोसँग सभ्य तरिकाले प्रदर्शन गर्नु आवश्यक छ । यो देशको संस्कृति हो ।
आज भोलि गाईजात्रामा विकृति पनि बढ्दै छ । यसलाई बेलैमा रोक्नु आवश्यक छ । गाईजात्राको टोलीमा सहभागी हुने युवा युवतीहरू जाँड रक्सी, बियरमा लठिने, उनीहरूलाई न सुरको मतलब छ न त तालको नै मतलब छ । न त पोसाकको नै मतलब छ ।
यो गाईजात्रा जनतालाई मनोरञ्जन दिनुको साथै राजनीतिक चेतना दिने जात्रा पनि हो । यो अवसरलाई उपयोग गरेर जनता, विभिन्न सङ्घ, संस्थाले देशमा मौलाइरहेको विकृति विसङ्गति, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा भइरहेको थिचोमिचो, आक्रमण, अन्याय, अत्याचारको विरोधमा व्यङ्ग्य गरेर जनतालाई राजनीतिक चेतना दिने, सचेत पार्ने काम गर्दै आएको छ । यस्तो काम भक्तपुरको गाईजात्रामा हुँदै आएको छ । यसलाई काठमाडौँ, ललितपुर, कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती, पोखरा, धरान, विराटनगर आदि विभिन्न ठाउँमा अनुशरण गरेर जनताले प्रदर्शन गर्दै छन् ।
गत वर्ष फासीवादी इजरायलले ८०÷९० हजार प्यालेस्टिनी जनताको जातीय नरसंहार गरेको थियो । युक्रेनको काँधमा बन्दुक अड्याएर अमेरिकालगायत पश्चिमा देशहरूले रुसमाथि आक्रमण गरिरहेका छन् । भेनेजुयाली राष्ट्रपति मोदुरो दम्पतीको डकैती शैलीमा अपहरण गरेर अमेरिकामा बन्दी बनाएको, क्युवालगायतका ल्याटिन अमेरिका, अफ्रिकी देशहरूमा नाकाबन्दी, धम्की, आक्रमणको विरोधमा व्यङ्ग्य र विरोध गरेर जनतालाई चेतना दिने काम गर्दै आएको सबैले देखेकै कुरा हुन् ।
अमेरिकी साम्राज्यवादले यहाँका डलरमा बिकेका कठपुतली, दलाल देशघाती दल, नेता, कर्मचारीहरूलाई हातमा लिएर देशघाती एमसीसी लादिसकेको छ । यसमा माओवादी एमालेलगायतका देशका नेताहरूले देशघाती एमसीसी सम्झौता पास गरे ।
गत भदौ २३ र २४ गते बारबरा फाउन्डेसन, नेपाली युथ फाउन्डेसनजस्ता एनजीओ, आइएनजीओमार्फत पालित पोषित देशघातीहरूले देशमा उपद्रो गरे । त्यो उपद्रोमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय आदिमा तोडफोड र आगजनी गरेर ध्वस्त भयो । यो देशभक्त नेपाली युवा, विद्यार्थीहरूले गर्नै सक्दैनन् । यसको पछाडि अमेरिका र भारतको हात भएको कुरा बाहिर आएको छ । देशभरका प्रहरी कार्यालय र चौकीमा आक्रमण गर्ने, आगजनी गर्ने र हतियार लुट्ने काम भयो । नेपाली सेना सचेत र सतर्क हुनु आवश्यक छ । यो नेपाली जनताको देशको भरपर्दाे, विश्वासिलो सुरक्षा निकाय हो ।
पुलिस चौकीमा लुटिएको हतियार काठमाडौँ उपत्यका वरपरको गुम्बामा पुग्यो भन्ने हल्ला बाहिर आयो । ती गुम्बाहरूमा कहाँबाट कति कति पैसा आउँछ, के–कस्तो सामान आउँछ सरकार बेखबर छ । कतै भोलि अमेरिका र दलाई लामाको निर्देशनमा ती गुम्बाका भिक्षुहरू नेपाल र नेपालीको विरोधमा मुछ्ने त होइनन् ? त्यसबेला नेपालको अवस्था वा स्थिति के होला भन्ने अनुमान लगाउनु अस्वाभाविक होइन ।
भारतले सुस्तालगायत ७०–८० ठाउँमा नेपाली भूमि मिचेको छ । नेपाली भूमि डुवानमा पर्ने गरी भारततिर बाँध तथा तटबन्ध भारतले बनाएको छ । त्यसमा नेपाली जनताको विरोध भयो । उनीहरूले यहाँका दल र दलका विभीषणहरूलाई हातमा लिएर शान्ति, स्थिरता र विकास हुन दिएका छैनन्, स्वतन्त्र हुन दिएका छैनन् । उनीहरूले यहाँका दल र दलका नेताहरूलाई थचार्ने, बजार्ने, एक आपसमा फुटाउने, जुटाउने र भिडाउने काम गर्दै आएका छन् । देशमा नेताहरूलाई स्वतन्त्र भएर कहिले पनि उठ्न दिएको छैन ।
जननिर्वाचित सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति रामचन्द्र पौडेललाई तर्साएर सेनाले बलजफ्ती राजीनामा गराउनु, नेपाली जनताको भावना, मत बोकेको देशको संविधानलाई अपहरण गर्नु हो । त्यसमा दुईतिहाइ भएको देशकै दसौँ, बीसौँ लाख सङ्गठित नेता, कार्यकर्ता, समर्थकहरू भएको नेपाली काङ्ग्रेस, एमाले झुक्नु, प्रतिरोध गर्न नसक्नु आत्मसमर्पण हो ।
अमेरिकाले खाडीको तेल भण्डारमा एकछत्र कायम गर्न हिजो इराकका सद्दाम हुसेनलाई सिध्याएजस्तो इरानमाथि पनि आक्रमण ग¥यो । इरान, इराक होइन भन्ने कुरा इरानले अमेरिकालाई पाठ सिकाउँदै छ । इरानले इराकबाट पक्कै पनि पाठ सिकेर उनीहरू अमेरिकी आक्रमणविरुद्ध प्रत्याक्रमणमा उत्रेका छन् । यसमा अमेरिका पछि हट्न बाध्य हुँदै छ । यहाँ पनि इरान र इरानी जनता अमेरिकाको लागि अर्काे भियतनाम हुँदै छन् । इरानमाथिको यो अमेरिकी आक्रमणको पनि गाईजात्रामा विरोध गर्ला ।
देशमा भएको सहकारी ठगी, पासपोर्ट काण्ड, भ्रष्टाचार, लुट, मिटरब्याजबाट, पीडित मलको अभाव, वैदेशिक रोजगारी, ठगी, रोजगार र पढाइको नाममा देश विकास, निर्माणको लागि चाहिने युवा जनशक्तिलाई विदेशमा आधुनिक दास बन्न बाध्य पारेको आदिको विरोध गाईजात्रामा गर्नु आवश्यक छ । त्यस्तै, विकसित र पुँजीवादी देशको नक्कल गरेर घोषणा गरेको आइतबारे बिदाले देशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो समस्या ल्याएको छ । अझै पनि नेपालका बहुमत जनता उनीहरूको विरुद्धमा छन् । बिदाले गर्दा बहुमत जनताका छोराछोरीहरू पढ्न र सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । यसले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई बिगार्ने निश्चित छ । यो गरिब जनताका छोराछोरीहरूलाई सस्तो ज्यामी, गोरु र गधा बनाउने चाल नै हो । यी गरिब जनताका छोराछोरीहरू पढे, लेखेर भोलि शासक बन्ला भन्ने पीर उनीहरूलाई पर्नु वर्ग चरित्र नै भयो । यसलाई पनि गाईजात्रामार्फत उदाङ्ग्याउनु आवश्यक छ ।
यसरी भक्तपुरले गाईजात्रामार्फत देश र विदेशमा भएका अन्याय, अत्याचारको विरोध गरेर जनतालाई सचेत पार्दै आएको तथा गाईजात्रालाई संस्कार र संस्कृतिअनुसार अझ सभ्य र भव्य गर्न प्रयत्न गर्दै आएको घामजतिकै छर्लङ्ग छ ।
Leave a Reply