भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
ललितपुर, ६ वैशाख । गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गा¥हो पर्न थालेको छ । पहिले सेवक (गुठी भाषामा रकमे भनिन्छ) सँग पर्याप्त समय भए पनि अहिले उनीहरू व्यस्त हुँदा काममा लगाउन गा¥हो पर्न थालेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।
ललितपुरका विभिन्न समुदायको सहभागितामा जात्रा हुने गरेको छ । मछिन्द्रनाथको जात्राको तयारीदेखि भोटो देखाउँदासम्म उनीहरूका लागि फरक÷फरक जिम्मेवारी तोकिएको हुन्छ । मछिन्द्रनाथको जात्रामा सहभागी हुने सेवकका लागि गुठीले जग्गा र खान्कीको समेत व्यवस्था गर्ने गर्दछ ।
बाबुबाजे काम गर्नै नसक्ने वा मृत्यु हुँदा त्यो कामको जिम्मेवारी छोरा, नाति वा आफन्तमा जाने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।
रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको तयारीमा कार्यालय वर्षभर नै लाग्ने गरेको पौडेलले बताउनुभयो । जात्राको काम गर्ने समय भएपछि कुन समुदायलाई तोकिएको जिम्मेवारीको काम हो उसलाई फकाएर लगाउने गरिएको छ । मछिन्द्रनाथको जात्रामा सहभागी हुने सेवकका लागि विभिन्न आचारसहिंता तोकिएको उहाँले बताउनुभयो ।
कतिपय सेवकले जात्रा सुरू हुनुभन्दा पहिले वा जात्रा सुरू भएपछि खानपानदेखि धेरै कुरामा शुद्धता अपनाउनुपर्ने पौडेलले बताउनुभयो ।
पानेजु १५÷१५ दिनका लागि मन्दिरमा बस्ने गरेका छन् । मन्दिरमा बस्नुभन्दा १५ दिन पहिलेदेखि नै खानेकुरा शुद्ध खानुपर्ने हुन्छ । मन्दिरमा बस्दा बाहिर जान नपाइने हुँदा जागिरेका लागि समस्या भएको उहाँको भनाइ छ ।
बर्सेनि जात्राको जम्मा खर्च पाँचदेखि १० प्रतिशतको हाराहारीमा बढिरहेको शाखाले जनाएको छ । भारतबाट आयात हुने डोरी र बेतसँगै रकमेको ज्याला पनि बढिरहेको शाखाका प्रमुख पौडेलले बताउनुभयो । गत वर्ष ञँवाल र बाराहीको ज्याला १० प्रतिशतले वृद्धि भएको थियो ।
मछिन्द्रनाथको जात्रा अघिदेखि जात्राको अवधिभर विभिन्न काम गर्नेलाई शाखाले खान्की र पारिश्रमिक दिँदै आएको छ । यहाँको कतिपय रकमेका लागि छुट्याइएको जग्गा पहिले रैकर हुँदा गुठीले उनीहरूलाई खान्की दिने गरेको छ ।
जग्गा हुने रकमेमध्ये केहीले आफैँ मोहीसँग कुत बुझ्ने गरेका छन् भने कतिले गुठीमार्फत लिन्छन् । जात्रा सञ्चालनका लागि पहिले ललितपुर उपमहानगरपालिकाले रू. ५०÷५० हजार सहयोग गर्ने गरेकोमा अहिले रू. एक लाख दिने गरेको छ ।
–रासस
Leave a Reply