भर्खरै :

तःमुंज्या बहुज्ञान आर्जन गर्ने जनताको लोकप्रिय दबु

तःमुंज्या बहुज्ञान आर्जन गर्ने जनताको लोकप्रिय दबु

भक्तपुर, ५ कार्तिक । विश्व सर्वहारावर्गका नेता लेनिनले भनेका थिए, “हाम्रो कला र साहित्यले लाखौँ लाख श्रमजीवी जनताको सेवा गर्नुपर्छ ।” यसरी श्रमजीवी जनताको सेवा गर्ने एउटा दबु बनेको छ, नेपालभाषा साहित्य तःमुंज्या । नेपालभाषा साहित्य तःमुंज्या जनतामाझ स्थापित र परिचित दबु हो । तःमुंज्या विभिन्न जिल्लाका जनताको जनबोलीमा मात्र होइन देशका विभिन्न राजनीतिज्ञ, नेता, संविधानविद्, जलस्रोतविद्, शिक्षाविद्, संस्कृतिविद्, भाषाविद्, इन्जिनियर, चिकित्सक, कवि, कथाकार, कलाकारहरूमाझ पनि त्यतिकै परिचित र लोकप्रिय दबु भइसकेको छ ।
तःमुंज्यामा दर्जनौँ साहित्यकारहरूले कविता, कथा र निबन्ध वाचन गर्छन् । दर्जनौँ गायक, कलाकार वाद्यवादकहरूले भाग लिन्छन् । त्यसरी नै दर्जनौँ विज्ञहरूले आ–आफ्नो अनुभवमात्र होइन देश विदेशका समसामयिक विषयबारे जानकारी दिन्छन् । देशको संविधान, कानुन, जलस्रोत, संस्कृति, शिक्षा व्यवस्था, सरकारको कमी कमजोरी, सीमा अतिक्रमण, नेपाली भूमि डुबानमा पर्ने गरी बनाइएको तटबन्ध तथा बाँध, भारतीय एकाधिकार पुँजी आदिबारे तःमुंज्याबाट थाहा हुने अवसर मिल्छ । नेपाली समाजमा चलिरहेको संस्कृति, संस्कृतिभित्र रहेको विज्ञानसम्मत कुरा विभिन्न वक्ता र साहित्यकारहरूको साहित्यमार्फत जनता सुसूचित हुन्छन् । युवाहरूको विदेश पलायन, लहैलहैमा विदेशमा लागेर पाइने दुःख, वेदनाका कुराहरू पनि तःमुंज्याबाट थाहा हुन्छ ।
यसरी तःमुंज्याले जनतालाई धेरै ज्ञान प्रदान गरिरहेको छ । अतः नेपालभाषा साहित्य तःमुंज्या बहुज्ञान दिने एक लोकप्रिय या जनताको विश्वासिलो दबु बनेको छ । तःमुंज्या श्रमजीवी जनताको सेवा गर्ने दबु हो । जसरी लडाइँमा होमिएका सिपाहीँहरू लडाइँको मैदानबाट अलगिँदैन त्यसरी नै श्रमजीवीवर्गको हितमा साहित्य लेख्ने साहित्यकार र बोल्ने राजनीतिज्ञहरू वर्गीय समाजबाट अलग्ग रहन सक्दैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, “साहित्य उच्च वर्गको सोँखको विषय हुनसक्दैन ।” तःमुंज्या साँच्चै बृहत् साहित्य सम्मेलन बनेको छ । यसरी यावत कुरा थाहा पाउने भएरै तःमुंज्यामा सहभागी सङ्ख्या पनि बृहत् नै हुन्छ । अहिले त विभिन्न जिल्लाका मानिसहरू पनि तःमुंज्या हेर्न नगई नहुने ठान्छन् र सहभागी हुन्छन् । यसरी तःमुंज्या जनताको लोकप्रिय र बहुज्ञान आर्जन गर्ने थलो बनेको छ ।
नेपालभाषा साहित्य तःमुंज्या लोकप्रिय कार्यक्रम हो । तःमुंज्यामा मन छुने खालका साहित्यहरू वाचन हुन्छ । समाजका सम्पूर्ण अनुभव र चरित्रलाई आत्मसात गरेको दबु हो तःमुंज्या । भक्तपुर खेलकुद, स्वास्थ्य र शिक्षामा मात्र होइन साहित्य, कला, संस्कृति र सङ्गीतको क्षेत्रमा पनि अगाडि छ । यसको श्रेय नेपालभाषा साहित्य तःमुंज्यालाई जान्छ । राजनीतिक परिवर्तनको लागि वर्गसङ्घर्ष मात्र होइन भाषा, साहित्य र जनजातिको पक्षमा पनि सङ्घर्ष गर्नु जरुरी छ ।
नेपालभाषा साहित्य तःमुंज्याको सुन्दर दबुमा बसेर सुन्दर साहित्य र सुन्दर कुराको अनुभूत हुन्छ । तःमुंज्याको साहित्यिक र सांस्कृतिक दबुले दिनलाई सुन्दर बनाइरहेको छ र देशभरि सन्देश छरिरहेको छ । लेखकहरू इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने सच्चा कम्युनिस्टहरूको योगदानको कुरा लेखिरहन्छन्, लेखिरहने छन् ।
पानी र खानाविना मानिस बाँच्न सकिंदैन । तर, जलस्रोतको धनी देशमै पानीको हाहाकार छ । अरब मुलुकमा डिजेल र पेट्रोलको भण्डार छ तर त्यहाँ पानी नभएर पर्याप्त खाद्य उत्पादन हुँदैन । स्वच्छ पानी खानमात्र होइन सिंचाइ गरेर खाद्य उत्पादन गर्न खाँचो छ । पानीको विकल्प छैन । देश खाद्यान्नमा आत्मनिर्भर छैन । व्यापार घाटा छ । कृषिप्रधान मुलुकमा दाल, भात र तरकारी पनि आयात गर्नुपर्छ । सरकारले पानीको महत्व बुझेन । नेपालीले स्वच्छ पानी मात्र सेवन गर्न पाए औषधिमा भइरहेको आधा खर्च जोगिन्छ । अतः पिउने स्वच्छ पानी र खाद्यमा नेपाली सुरÔित हुनुपर्छ । भारतले नेपाललाई उपनिवेश नबनाएको दाबी गर्छ तर नेपालको जलस्रोत भारतलाई सुम्पिरहेको छ । सुखायाममा नेपालले सञ्चित गरेको पानी भारतीय भूमि हरियाली बनाउन नेपालको पानी भारतलाई दिइरहेको छ ।
अन्तर्राष्ट्रिय नियमविपरीत भारतीय पÔले बनाएको तटबन्ध र बाँधका कारण नेपालको भूमि डुवानमा परेको छ । यसले खाद्यान्न उत्पादनमा ठुलो Ôति पु¥याएको छ । ठुलो धनजनको Ôति गरेको छ । जीवन कष्टकर बनाएको छ । तैपनि, सरकार बिउँझेको छैन । नेपालको पानी र बिजुली नेपालकेन्द्रित गर्नुपर्छ । नेपाललाई छोडेर भारतलाई बिजुली बेच्नु सही कदम होइन । नेपाल भारतको तावेदार बन्नु गलत हो । नेपालको लागि चाहिने बिजुली र पानी भारतलाई दिनु मूर्खताको पराकाष्ठा हो । राजनीति गर्नु खेलठट्टा गर्नु होइन । राजनीतिमा त्याग र तपस्याको जरुरी छ । नेपालभाषा साहित्य तःमुंज्याले साहित्यिक आन्दोलनमा इतिहास कोरेको छ । तःमुंज्याले भाषा, साहित्य र संस्कृतिको उत्थानमा अभियान छेडेको छ । यो भक्तपुरको लागि मात्र होइन नेपालकै निम्ति गौरव गर्न लागेको विषय हो । तःमुंज्या बहुमत जनताको मन जित्ने आकर्षक दबु बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *