सरकारको उपलब्धिहीन र निराशाजनक ६ महिना
- कार्तिक ४, २०८३
भक्तपुर, ३ कार्तिक । भक्तपुर वडा नं २ सांस्कृतिक पुचःको आयोजनामा मङ्गलबार विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली भयो ।
वडा नं २ को ठुलो ब्यासीबाट सुरु भएको सांस्कृतिक ¥याली बालाखु गणेश मन्दिर, दरबार स्क्वायर, खौमा, इताछेँ, इन्द्रायणी टुरिस्टबस पार्क,सानो ब्यासी हुँदै सहिद राजकुमार स्मृति पुस्तकालय प्राङ्गणमा समापन भएको थियो ।
उक्त ¥यालीमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुर्खौंदेखि चल्दै आएको परम्परागत कला र संस्कृति बचाई यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनाअनुसार भक्तपुर एउटा कला र संस्कृतिको सुन्दर सहर बन्ने परिकल्पनाबारे उल्लेख छ ।
भक्तपुरको शैक्षिक नतिजा देशकै निम्ति उदाहरणीय भएको विचार व्यक्त गर्दै उहाँले यस्तो नतिजा आउनु जनताको परिश्रमको प्रतिफल भएको विचार राख्नुभयो । उहाँले साना तथा नयाँ पुस्तालाई निःस्वार्थ रूपमा देश र समाजको सेवा गर्न सिकाउनुपर्नेे आवश्यकता औँल्याउनुभयो ।
उहाँले गत वर्ष भदौमा सिंहदरबार जलाउनेहरू देशघाती, विध्वंशकारी र अपराधी भएको स्पष्ट पार्नुभयो । देशमा महँगी बढेको र देश झन्झन् अधोगतितिर गइरहेको अवस्थाबाट जनता सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
इताछेँमा भएको सभामा साबिक १५ वडाका वडाध्यक्ष रवीन्द्र खर्बुजाले देशमा करिब ५ करोड १८ लाख बराबरको १९ लाख तास भित्रिएर नेपाली पैसा बिदेसिएको बताउनुभयो । उहाँले दसैँ र तिहारमा तास नखेल्ने प्रतिबद्धता गर्नुपर्ने बरु नेपालको पर्यटन विकासमा टेवा पु¥याउनुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो । उहाँले आज पनि ५ सत्न्दा बढी क्यान्सर पीडितहरू वृद्धि भइरहेको विषयमा चिन्तित हुनुपर्नेे, अस्वस्थ भोजन त्याग्नुपर्ने, शारीरिक व्यायामलाई कायम गरी सुर्तीजन्य मादक पदार्थ सेवन नगर्ने प्रतिबद्धता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले बजार भाउ बढिरहेको र न्यून वर्गका जनताको पक्षमा सरकारले केही नगरेका कारण यो सरकार जनताको नभएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य निःशुल्क गर्छु भनी सरकारमा गएका नेताहरूले बाचा पूरा नगरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार पनि पुँजीवादी सरकार भएको बताउनुभयो ।
ख्वप साकोस, भिन्तुना साकोस र लोकेश्वर साकोसका साथै वडाका विभिन्न सांस्कृतिक समूहहरूले सांस्कृतिक प्रस्तुतिहरू गरेको उक्त कार्यक्रममा समाजसेवी गणेशप्रसाद सुवाल, पुचःका सदस्य कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रम वडा नं २ सांस्कृतिक पुचःका अध्यक्ष रत्नकाजी नातरीको सभापतित्वमा भएको थियो ।
Leave a Reply