भर्खरै :

राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता

राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता

भक्तपुर, ५ कार्तिक । सहिद राजकुमार स्मृति पुस्तकालयको आयोजनामा कार्तिक ४ गते वडास्तरीय टेबलटेनिस प्रतियोगिताको आयोजना ग¥यो ।
उक्त प्रतियोगिताको समापन कार्यक्रम नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख अतिथ्यमा भयो । प्रमुख अतिथि सुवालले देशविदेशका कुराहरू सबैलाई बुझाउनुपर्ने र स्वस्थकर खानेकुरा खानुपर्नेमा जोड दिनुभयो । विभिन्न किताबहरूको अध्ययन गरी चाडपर्वको उपयोग गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
तिहारको समयलाई रचनात्मक उपयोग गर्न सके नयाँ पुस्ताले विभिन्न कुराको ज्ञान प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । फ्रान्स, इटाली र जर्मनीमा जनताले अमेरिकी साम्राज्यवादको विरोधमा जुलुसहरू गरिरहेको उल्लेख गर्दै उहाँले विश्वका मजदुरहरू एक हुनुपर्ने र राजनीतिक रूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
नयाँ पुस्तालाई शारीरिक र बौद्धिक विकास र सामाजिक कार्यमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सन्तानलाई राम्रोसँग हुर्काउने, बढाउने र उत्कृष्ट खेलाडी तयार गर्न विभिन्न प्रतियोगिताहरू गर्दै जानुपर्नेमा पनि उहाँले प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि सुवालले महिलातर्फ प्रथम हुने कृष्णश्वरी सुवाल द्वितीय हुने मैया सुवाल बासुकला तथा तृतीय हुने क्रमशः मञ्जु लाखा जति र विष्णुकेसरी सुवाल, पुरुष सिङ्गलतर्फको खेलमा प्रथम हुने मोहन सुवाल, द्वितीय हुने दिनेशराज वैद्य र तृतीय हुने क्रमशः सुन्दर सुवाल र असलबहादुर सुवाललाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रतियोगितामा सहयोग गर्नुहुने विभिन्न खेलाडी र रेफ्रीहरूलाई प्रथम टेबलटेनिस प्रशिक्षक मोहनदास बासुकलाले प्रशंसापत्र वितरण गर्नुभयो ।
नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले प्रतियोगिताको उद्घाटन गर्नुभएको सो प्रतियोगितामा छात्रातर्फ प्रथम एलिसिया न्हुछे, द्वितीय कृयुसा सुवाल तथा तृतीय हुने खेलाडीहरू क्रमशः तृयष्णा थिके र हिसु वैद्यलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले जात्रा र पर्वलाई संयमित रूपमा मनाउनुपर्ने र खेललाई मैत्रीपूर्ण रूपमा खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा गौतमप्रसाद लासिवाले खेलको महत्वबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रम सहिद राजकुमार स्मृति पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *